११ श्रावण २०८१, शनिबार

क्रिकेट विजेता खेलाडीलाई ६ लाख नगत दिने मन्त्री परिषद्को निर्णय

काठमाडौं ।मन्त्रिपरिषदको बैठकबाट एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई प्रतिखेलाडी रू. ६ लाख र अफिसियललाई जनही रू. ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरिएको छ।

बुधबार बसेकाे मन्त्री परिषद्को बैठकले  कीर्तिपुरस्थित क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय गुणस्तरमा विकास गर्न आवश्यक बजेट बिनियोजन गर्ने निर्णय गरिएको हाे ।