११ श्रावण २०८१, शनिबार

स्वास्थ्यकर्मीलाई दु:खी बनाएर, बनाउने स्वस्थपुर्ण र सुखी नेपाल कस्तो होला?

लेखक : निर्मल कुमार रेग्मी

समायोजनको सकस :समायोजन ऐन २०७५ बमोजिम स्वास्थ्यका चौथो तह देखी माथीका करिब २६,७१७ कर्मचारीहरूको २०७६ असोजको तेस्रो साताको सुरूवातमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन गर्यो । समायोजन भद्रगोल हुन पुग्यो । सफ्टवयरको प्रयोग गरी समायोजन बैज्ञानिक बनाउने भनेपनि समायोजन अबैज्ञानिक र जबरजस्ती  शैलीमा भयो भन्ने कुरा अहिले सम्मको अस्तब्यस्तता बाट पनी जगजाहेर नै छ। सरकारले स्वास्थ्य सेवा पृथक र महत्वपुर्ण सेवा हो भन्ने मान्यता राखी यसलाइ अली बिशेस महत्व दियर स्वास्थकर्मी हरू संग प्रयाप्त छलफल गरी,बहस गरी, स्वास्थ्यकर्मीका तमाम समस्या समाधान गर्दै,स्वास्थ्य कर्मीहरूको लागी छुट्टै बैज्ञानिक सफ्टवयरको निर्माण गरी समायोजन गरेको भए सायद कर्मचारीहरू पनि खुसी,उत्साहित र उत्प्रेरित भयर समायोजन भएको ठाउमा जान्थे होला तर यउटा अविभावकबाट नै मुढेबलमा जबर्जस्ती घोग्रेठ्याक लगाउने काम गरीयो ।यो स्वास्थ्यका कर्मचारी प्रतिको घोर अन्याय र अपमानजनक कार्य थियो। यसरी स्वास्थ्यकर्मीहरुलाइ बलजफ्तीपुर्बक समायोजन गरीयो । समायोजन गरीसकेपछी पनि अनेक समस्या हरू स्थानिय तहबाट स्वास्थ्यकर्मीहरुले झेल्नु पर्यो ति समस्या हरूको बारेमा मैल अघिल्लो लेखमा पनि धेरै कुराहरू लेखी सकेको छु। यो लेखमा स्वास्थ्य कर्मीहरूले गरेका तमाम कार्यहरूको बारेमा जानकारी दिदैछु,जसबाट स्वास्थ्यलाइ हेर्ने महामहीम हरूको दृष्ट्रिकोणमा अलीकती भएपनि परिबर्तन आउने अपेक्षा राखेको छु।

२.कोभिड संक्रमण को अबस्था र नियन्त्रणमा स्वास्थ्यकर्मीको भुमीका :

स्वास्थ्य को समायोजन ले ब्यवस्थित रूप लिन नपाउदै भनौ वा स्वास्थ्यका कर्मचारीहरूको सही र प्रभाबकारी ब्यबस्थापन हुन नपाउदै मुलुक कोभिड १९ को महामारीको भुमरी मा प्रबेश गर्यो । नेपालमा बि.स.२०७६ माघ ९ मा पहिलो पटक नेपाल सरकारले कोभिड १९ सङ्क्रमीत ब्यक्तिको पहिचान भएको पुष्टि गरेको थियो । यसै गरी बि.स.२०७६ चैत्र ११ गते कोभीड १९ को रोकथामका लागी नेपाल सरकारले देशभर लकडाउन गरेको थियो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हाल सम्म पीसीआर र एन्टिजेन गरी करिब ७६,३७,९७७ नमुनाको कोभिड १९ परिक्षण गरियको छ भने सो परिक्षण मध्य करिव ११,५७,२९७ नमुना सक्रमण पुष्टि भएको छ । जस मध्य निको हुने दर ९८.८ प्रतिशत रहेको छ भने मृत्यु हुने दर १.२ प्रतिशत रहेको छ । नेपालमा पनी २०८० जेठ सम्म करीब १२ हजार मानिसहरूको मृत्यु भै सकेको छ । यो समयमा स्वास्थ्यका पनि कयौ कर्मचारीहरू पनि सेवा प्रबाह गर्दा गर्दै कोभिड १९ संङ्क्रमीत भएर ज्यान गुमाउन पुगे ।बि.बि.सी.ले महामारीमा खटिएका नेपालका स्वास्थ्यकर्मी आफै कति सुरक्षीत छन भन्ने बिषयमा समाचार २०२१ जुन ५ मा प्रकाशीत गरेको थियो जसमा ८,७४२ स्वास्थ्यकर्मी संङक्रमीत भएका र ३३ जनाले ज्यान गुमाएको समाचार प्रकाशित गरेको थियो जसमध्ये ज्यान गुमाउने कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा कार्यरत बरिष्ठ चिकित्सक डा.हरी सापकोटा पनि हुनुहुन्छ ।त्यसपछि पनि कयौ थप स्वास्थकर्मीहरु सङक्रमीत भै सक्नु भएको छ । यि माथिका तमाम स्वास्थ्य जटिलताहरुलाई,ब्यबस्थापकिय कार्यहरुलाई सहि समयमा,सहि कार्यद्वारा,सहि ब्यबस्थापन गरी,सहि नतिजा दिने र ब्यक्तिको ज्यान जोगाउने कार्य गर्न का लागी स्वास्थ्यकर्मी हरूको भुमीका कति महत्वपुर्ण थियो होला ? कोभिड महामारी नियन्त्रण र रोकथाम गर्नको लागी र अझैपनि भबिष्यमा आउन सक्ने महामारी हरूलाइ नियन्त्रण गर्नको लागी के स्वास्थ्यकर्मी बिना सम्भब छ होला र ? स्वास्थ्यकर्मीहरूले कोभिड १९ रोकथामका लागी,उपचारका लागी,स्वास्थ्य शिक्षालाई प्रभाबकारी बनाउनका लागी होस वा कोभीड बिरूद्धको खोप कार्यक्रमलाइ प्रभाबकारी बनाउने कार्य मा होस दिलो ज्यान लगाएर,मृत्युको प्रबाह नगरी खटिएको कुरा सर्बबिदितै छ ।बिश्वब्यापी रूपमा समय समयमा आउने यस्ता महामारीका साथै जनताको स्वास्थ्यमा प्रतिकुल प्रभाब पार्ने तत्वहरूका बिरूद्धमा प्रत्येक वडाहरूमा बसेर तल्लो तहका गरिब,मजदुर,महिला,अपाङ्ग,श्रमीकहरू लगाएत सम्पुर्ण नागरिकहरू संग संगसंगै रहेर प्रतिकारात्मक,प्रबर्धनात्मक,उपचारात्मक लगाएतका अन्य सेवाहरू पुर्याउन रातदिन जनताको सेवामा स्वास्थ्यकर्मीहरू खटिएका छन ।

३ स्वास्थ्यकर्मीको भुमीका :
स्वास्थ्यकर्मीहरू दुर दराजमा बसेर जनताको घाउहरूमा मल्हमपट्टी लगाइरहेका छन ।जनताको पीरमर्का बुझ्दै सेवा गरीरहेका छन । स्वास्थ्यका सुचक हरूलाइ कसरी सुधार गर्न सकिन्छ भनेर लागी परेका छन । घन्टौ हिडेर,जटिल भु- बनावट र अप्ठ्याराहरू पार गर्दै आफ्ना बिबिध समस्याहरूलाइ थाति राख्दै प्रत्येक महिना खोप क्लिनीक र गाउघर क्लिनिक सञ्चालन गरिरहेका छन। बालबालीकाहरूको पोषण स्थितीमा सुधार ल्याउन प्रत्येक महिना बालबालीकाहरूको तौल अनुगमण र बिष्लेषण गरिरहेका छन,प्रत्येक भेटहरूमा स्वास्थ्य शिक्षा,सुचना,संचार र परामर्स प्रदान गरिरहेका छन,स्वास्थ्य संस्थाहरूमा पुर्ब प्रसुती जाचहरू,घरमा नै गएर उत्तर प्रसुती जाचहरू गरिरहेका छन,संस्था र गाउघर क्लिनिक बाट सामान्य उपचार सेवा,परिवार नियोजन सेवा,सुरक्षीत मातृत्व सेवा,नवशिसु स्याहार सेवा,किशोरकिशोरीहरूलाइ परामर्स तथा आबस्यकता अनुसारका उपलब्ध सेवा प्रदान गरीरहेका छन। भाडापखाला,आकस्मीक श्वासप्रश्वास रोगहरूको लेखाजोखा,उपचार,स्वास्थ्य शिक्षा,जटिल भएकाहरूलाई रिफर,औलो तथा कालाजार रोगको रक्त नमुना संकलन,क्लिनिकल उपचार गर्ने,कुष्ठरोगीहरूको पहिचान,परामर्श,निदान र उपचारका लागी रेफर गर्ने,डिफल्टर केसहरू लाइ पत्ता लगाइ पुन: उपचारमा ल्याउन पहल गर्ने,क्षयरोगीहरू पत्ता लगाउने,तिनिहरूको खकार नमुना संकलन,क्षयरोग निदान भएका क्षयरोगीहरू लाई निर्देशिका अनुसार उपचार र परामर्श प्रदान गर्ने,यौन सम्पर्कजन्य रोग तथा एच. आइ.भि. र एड्स बाट हुने हानि नोक्सानी तथा रोकथाम बारे परामर्स सेवा,यौन सम्पर्कजन्य अन्य रोगहरूको उपचार,महामारी रोग फैलीएमा तुरून्त माथिल्लो निकायमा जानकारी गराउने,बाताबरणीय सरसफाइ गर्न स्थानियहरू संग सहकार्य गर्ने,स्वास्थ्य समीतीको गठन र बैठकको नियमीतता,महिला स्वास्थ्य स्वयम सेबिकाहरूको प्रभाबकारी रूपमा स्थानिय जनताको स्वास्थ्यमा सुधार ल्याउनको लागी परिचालन गर्ने,स्वास्थ्य संस्थाहरूमा आबस्यक सामाग्रीहरूको आपुर्ती को ब्यबस्था मिलाउनु का साथै उचित भण्डारणको ब्यबस्था गर्ने,स्वास्थ्य संस्थाहरूको सामान्य प्रसासन सञ्चालन गर्ने,मासिक रूपमा कामको प्रतिबेदन,जिन्सी सामाग्रीहरूको प्रतिबेदन तयार गरी माथिल्लो निकायमा पठाउने,बिभिन्न समयमा राष्ट्रिय रूपमा सञ्चालन हुने कार्यक्रमहरू पाच बर्ष मुनिका बालबालीकाहरूलाई प्रत्येक ६ महिनामा भिटामीन ए,जुकाको ‌औषधी खुवाउन महिला स्वास्थ्य स्वयंम सेबिकाहरूलाइ सहजिकरण गर्ने,बिभिन्न तालीम गोष्ठी,सेमीनार हरू सञ्चालन गर्ने,बिध्यालय स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्ने,बिध्यालयहरूले बिध्यार्थीहरुलाइ प्रत्येक ६ महिनामा जुकाको औषधी खुवाउने,किशोरीहरूलाई हप्तामा एक पटक १३ हप्ता सम्म आइरन ट्याब्लेट खुवाउने कार्यमा सहजीकरण गर्ने लगायतका अन्य लेख्न छुटेका तमाम कार्यहरू स्वास्थ्यकर्मीहरूले गरिरहेका छन ।

४ स्वास्थ्यको महत्व :
मै हु भन्ने खर्ब पतिको पनि स्वास्थ्य खराब भयो भने त्यो खर्बको सम्पत्ती सकिन केही दिन पनि लाग्दैन तर मानिस स्वस्थ भयो भने सामान्य आयस्रोत ले पनि राम्रै संग जिन्दगी चलाउन सकिन्छ । स्वास्थ्य हरेक बर्ग,क्षेत्र,तह र तप्काका सम्पुर्ण मानिसहरू को लागी आबस्यक छ । जन्मनु अगाडी पनी स्वास्थ्य नै छ,जन्मनु र प्राण त्याग गर्नु बिचको समयमा पनि स्वास्थ्य नै छ र कतिपय अबस्थामा जिबन त्याग गरेपछी पनि स्वास्थ्य नै चाहीन्छ तर राज्यको नजरमा यो प्रमुख प्राथमीकताको बिषय पर्न सकेको छैन।
५ स्वास्थ्यकर्मी काम पाउने दाम नपाउने समस्या :
अभै पनी स्वास्थ्य र स्वास्थ्यकर्मीका तमाम समस्या समाधान नभएको अबस्था छ । अभै पनी कतिपय दुर दराजमा स्वास्थ्य संस्थामा प्रयाप्त मात्रामा स्वास्थ्य संस्थाका,गाउघर क्लिनिकहरूका,खोपकेन्द्रहरूका भबनहरु निर्माण हुन सकेका छैनन,प्रयाप्त मात्रामा ति ठाउहरूमा भौतिक सामाग्रीहरूको ब्यबस्था गर्न सकिएको अबस्था छैन,प्रयाप्त मात्रामा दक्षजनशक्तिको ब्यबस्था गर्न सकेको अबस्था छैन।कतीपय ठाउहरुमा आधारभुत स्वास्थ्य सेवा केन्द्रका भबन बनेका छन् तर स्वास्थ्य सेवा उपलब्ध हुन सकेको छैन । समायोजन मिलान,कर्मचारीको ब्यबस्थापन भद्रगोल अबस्थामा छ यी तमाम समस्याहरूका बाबजुत पनी देशको जुनसुकै भुगोलमा बसेर भएपनि स्वास्थ्य का कर्मचारीहरूले उपलब्ध सिमित साधन,स्रोतहरुको परिचालन गरेरै भएपनी उत्कृष्ट कार्य गरिरहेका छन । यसरी कार्य गरिरहदा पनि कालीकोट रास्कोटका स्वास्थ्य कर्मीहरूलाइ आ.ब.२०७९/८०को श्राबण देखी अहिले सम्मको तलबको ब्यबस्था गरियको छैन र स्वास्थ्यकर्मीहरू अनसन बस्नु पर्ने अबस्था को सृजना भएको छ। बिरेन्दनगर न.पा.का स्वास्थ्यका कर्मचारीहरूले बिगत ६ महिना देखीको तलब भत्ता पाएका छैनन्,कार्तीक महिना देखी तलब नपाएको भन्दै धनगढी महानगरपालीका का स्वास्थ्यका कर्मचारी २०७९ चैत्रमा अन्दोलीत नै भएका थिय ।बाकेको डुन्डुवा गा.पा.मा मंसीर सम्म बजेट पास नहुदा कुनै पनी कर्मचारी ले तलबभत्ता नपाएको समाचार प्रकाशित भएको थियो। यसैगरी धनुषाको नगराइन न.पा.ले पौष सम्म बजेट पास नगर्दा स्वास्थ्यका कर्मचारीहरू सम्पुर्ण काम बन्द गरेर आन्दोलनमा उत्रीएको समाचार प्रकाशित भएको थियो। यस्ता समाचार प्रतिनिधिमुलक रूपमा राखीयको हो । यी समस्या एकाध स्थानीय तह बाहेक देश भरिका धेरै जसो स्थानीय तहमा यस्ता कुनै न कुनै समस्याहरू रहेका छन ।जन प्रतिनिधीहरु बिचको बिबादले, जनप्रतिनिधीहरुको असक्षमता ले,जनप्रतिनिधीहरुको स्वास्थ्य र स्वास्थ्यकर्मीलाई हेर्ने दृष्ट्रिकोणको कारणले गर्दा यस्ता बिबिध समस्याहरु देखा परिरहेका छन् ।

६ स्वास्थ्यकर्मीको अपेक्षा :
यसै गरी बिबिध समस्याहरूका बाबजुत पनी स्वास्थ्यकर्मीहरू निरन्तर रूपमा जनताको सेवामा खटिरहेका छन। राज्यले पैदा गरेका समस्याहरूको समाधान पनि जनताले स्वास्थ्यकर्मी बाट खोजीरहेका छन् ति समस्याहरु को उत्तर स्वास्थ्यकर्मीहरुले दिनुपरिरहेको छ ।
चाहीएको ओषधी आएन अथवा भएन स्वास्थ्यकर्मीले गाली खानु परिरहेको छ,आबस्यक सेवा सुबिधा भएन स्वास्थ्यकर्मीले झन्भट ब्यहोर्नु परेको छ। प्रयाप्त स्वास्थ्य सामाग्री छैन स्वास्थ्य कर्मीले भनाई सहनु परेको छ,भबन भएको ठाउमा स्वास्थ्यकर्मीको ब्यबस्था भएको छैन स्वास्थ्यका कर्मचारीले जवाफ दिनु परेको छ । स्वास्थ्यकर्मी सरकारको सेवक हो । सेवकलाई कसरी परिचालन गर्ने र सेबकबाट कसरी धेरै भन्दा धेरै फाईदा लिने ,कस्ता साधनस्रोत हरु को ब्यबस्था गरिदिय प्रभाबकारी रुपमा काम हुन्छ भन्ने कुरामा राज्यले त्यसको योजना बनाउनु पर्दछ । यो सग सगै के पनि भुल्नु हुदैन भने सेबकको पनि परिवार छ, सेबकको पनी छोराछोरी छन, तिनलाई पाल्नु पर्ला शिक्षा दिक्षा दिनु पर्ला, स्वास्थ्य उपचार गराउनु पर्ला,सेबकको पनी स्वास्थ्य छ कहिले काही बिरामी होला, सेबकले पनि ओत लाग्ने घर बनाउनु पर्ला,आमाबाबु पाल्नु पर्ला,‌औषधी उपचार गराउनु पर्ला भनेर सेबकले पाउने सेवा सुबिधाहरुको बारेमा पनि गम्भीर भएर बिचार पुर्याउन पर्छ, ध्यान दिन पर्छ। काम पनि धेरै लिने र सेवा सुबिधाहरु समयमानै प्रयाप्त मात्रामा दिने रणनिती राज्यले लिनुपर्छ ।

साच्चै भन्नुपर्दा स्वास्थ्यकर्मी मुस्कान सहितको हुनुपर्छ तर माथीका तमाम समस्याहरू बिच एउटा ब्यक्ती कसरी मुस्कुराउन सक्छ ।स्वास्थ्यकर्मीलाई मानिसिक रोगको सिकार हुने बाताबरण बनाएर तपाईहरुले मुस्कान सहितको सेवा दिनु भनेर मात्र कहा मुस्कुराउन सकिदो रहेछ र ? स्वास्थ्यकर्मीहरूलाइ पनि मुसुक्क मुस्कुरान मन लाग्छ,प्रफुल्लीत हुदै खुसी साट्न मन लाग्छ,अझै आफ्नो क्षमताले भ्याय सम्म रचनात्मक भै उत्कृस्ट काम गर्न मन लाग्छ । तर समस्याको बोझले थिचीदीएपछी मुस्कुराउन सकिदो रहेनछ । मुस्कुराउन त समस्याहरू समाधान भएको हुनु पर्दो रहेछ । सही कर्मचारी सहि ठाउमा ब्यबस्थापन भएको हुनु पर्दोरहेछ ।कर्मचारी हरु बिच बिभेद नभयको अबस्था हुनुपर्दो रहेछ,काम गर्ने कर्मचारी उत्प्ररित भएको हुनुपर्दोरहेछ,कर्मचारी निश्चित ऐन,नियम,कानुन,कार्यबिधी अनुसार परिचालन भएको हुनुपर्दो रहेछ । गलत काम गर्ने हरू दण्डीत भएको हुनु पर्दो रहेछ,ईमान्दारी पुर्बक कामगर्ने कर्मचारी पुरुस्कृत भएको हुनुपर्दो रहेछ। उचित तलबको ब्यबस्था भएको हुनुपर्दोरहेछ,सेवाको सुरक्षाको ग्यारेन्टी भएको हुनू पर्दोरहेछ । मनभरी समस्याहरूको पोको बोकेर,अभाबै अभाबमा,पिडाले थिचीएर,दुनियाको गाली खाएर,कार्यस्थलमा नै अपमानित र दुर्ब्यबहार भएर एउटा स्वास्थ्यकर्मि कसरी मुस्कुराउन सक्छ । यस्तो अवस्थामा कोहि मुस्कुराउन सक्नुहुन्छ भने त्यो ब्यग्लै कुरा भो ।

७ निष्कर्ष :

स्वास्थ्य क्षेत्र सम्बेदनशिल क्षेत्र हो । सबैले सम्बेदनशील भएर नै सोँच्नु
पर्छ । क्यान्सर पनि पहिलो स्टेजमा पत्ता लगाइ उपचार गर्ने हो भने क्यान्सर बाट पनि ब्यक्तिलाइ छुटकारा दिलाउन सक्ने सम्भाबना हुन्छ तर जति ढिला हुदै जान्छ त्यति नै जोखीम पनि बढ्दै जाने हुन्छ। त्यसैले स्वास्थ्यका तमाम समस्या समयमै समाधान गरी राम्रो काम गर्नेहरूलाइ पुरूस्कृत गरीनु पर्दछ,गलत काम गर्नेहरूलाइ दण्डीत गरीनु पर्दछ,स्वास्थ्य कर्मीहरूलाइ पनि मुस्कुराउने बाताबरण तयार गरी स्वस्थ क्षेत्रलाइ पबित्र,सुन्दर र हराभरा बनाउन राज्यका हरेक तहले प्रभाबकारी भुमीका खेल्नु पर्दछ । अनि मात्र मुस्कान सहितको सेवा र सबैका लागी स्वास्थ्यले ले सार्थकता पाउला र स्वास्थ्य क्षेत्र उत्कृष्ट भै स्वस्थपुर्ण समाज निर्माण गर्न र खुसी र सुखी नेपाल निर्माण गर्न महत्वपुर्ण भुमीका खेल्ला नत्र गफले मात्र मुलुक बन्दैन । स्वास्थ्य क्षेत्रको समृद्दी पनी हुदैन,जनता खुसी र सुखी पनी हुदैन ।

।।। धन्यबाद।।।।

लेखक : रेग्मी स्वास्थ्य कर्मि हुन ।