११ श्रावण २०८१, शनिबार

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जाजरकोट बैंठक सम्पन्न

जाजरकोट । माेहन वैद्य (किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला संगठन समिति जाजरकोटकाे प्रथम बैंठक सम्पन्न भयकाे छ ।

सबै खाले संशोधनवाद,तिव्र महत्वआँकाक्षि अवसरवाद र फुटवादलाई ध्वस्त पाराै , एकताको पक्षमा उभिदै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काे कार्यदिशा वैज्ञानिक समाजवादको बाटाेमा दृढतापुर्वक अगाडि बढाै ,विकृति दलाल ब्यवस्थाका विरुद्ध धाँवा वाेलाै, भ्रष्टाचार मुक्त समाज निर्माण गराै भन्ने मुल उद्धेश्यका साथ पहिलो बैठक सम्पन्न भयकाे पार्टी संयोजक हिमालले जानकारी गरायका छन।

२०८० बैशाख १८ गते धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत र वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी  पार्टी बिच एकता भई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नाम राखियकाे थियाे । र साे पार्टीको अध्यक्ष माेहन वैद्य किरण र प्रवक्ता धर्मेन्द्र बास्ताेला (कन्चन) लाई चयन गरेकाे थियाे।

पार्टि एकता पछिकाे याे पहिलाे बैंठक भयकाे संयाेजक हिमालले तुफान न्युज डटकमलाई जानकारी दिए।बैंठकले तत्काल भ्रष्टाचार बिरुद्धकाे भण्डाफोर अभियान सुरू गर्ने घाेषणा गरेको छ । वैंठकमा पुर्व जनमुक्ति सेनाका कमाण्डर तत्कालीन एकीकृत जनक्रान्तिकाे वेला हातहतियार खरखजानाकाे आराेपमा प्रहरीद्वारा गिरफ्तार गरि कालिकाेट जिल्ला कारागारमा २९ महिना जेल जीवन बिताई जेल मुक्त भयका भेरि नगर पालिका २ डिंगा गाउका पदम पुन ( प्रकाश)लाई दाेसल्लाले सम्मान गरियकाे थियाे ।

बैंठक संचालन संयोजक हिमालले गरेका थिय ,भने पार्टी केन्द्रकाे निर्णय र बर्तमान राजनैतिक अवस्था र आगामी कार्यक्रम बारे जिल्ला ईन्चार्ज प्रेम प्रकाश वलि (धमिल) ले प्रशिक्षण दियका थिय ।वैंठकमा जिल्ला स्थित सबै पालिकाका संयाेजक र पार्टि जिल्ला कमिटि सदस्य हरुकाे सहभागिता रहेकाे थियाे ।