११ श्रावण २०८१, शनिबार

इच्छुकलाई हत्या गरेकै ठाउमा काेण सभा सम्पन्न

काठमाडौं ।प्रगतिवादी साहित्यकार तथा पत्रकार कृष्ण सेन ‘इच्छुक’ को सम्झनामा आज देशभर विविध कार्यक्रम गरि उनको सम्झाना गरिएको छ ।

आजभन्दा २२ वर्षअघि तत्कालिन शाही सरकारले उनलाई माओवादी जनयुद्धलाई सहयोग गरेको आरोपमा गिरफ्तार गरि हत्या गरेको थियो । यसैबीच मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी निकट जनवर्गीय संगठनहरुको आयोजनामा गरिएको कार्यक्रममा सहभागीहरुले सेनलाई स्मरण गरे । सेनको सम्झनामा आयोजित कार्यक्रम शान्तिबाटीकाबाट सुरु भएको प्रभातफेरी र्याली बागबजार, पुतलीसडहुँदै महेन्द्र पुलिस क्लब अगाडि गएर कोणसभामा परिणत भएको थियो । महेन्द्र प्रहरी क्लबमा नै सेनलाई कुटिकुटी हत्या गरिएको समाचार जनआस्था साप्ताहिकले प्रकाशन गरेको थियो । त्यसकारण महेन्द्र प्रहरी क्लब अगाडि नै कोणसभाको आयोजना गरिएको हो ।ईच्छुकका हत्यारालाई कार्वाही गर , प्रेस स्वतन्त्रता कायम गर जस्ता नारा जुलुस सहित सबै कवि कलाकार र पत्रकार हरु कार्यक्रम स्थलमा पुगि कार्यक्रम सम्पन्न भयकाे गरेका थिय।

प्रत्येक वर्ष नै उनको सम्झानामा यसैगरी कार्यक्रमहरु गरिँदै आइएको छ । सभामा शहिद पत्रकार सेनको सम्झनामा बोल्दै क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता दिनेश शर्माले गणतन्त्र व्यवस्थामा पनि शहिदका सपनामाथि कुठाराघात गरिएको भन्दै जनताको अर्को विद्रोहले नै संसदीय व्यवस्थाका झारपातहरु मिल्काउने दाबी गरे । अर्का वक्ता तथा लेखक रोशन जनकपुरीले सेनका हत्यारालाई कारवाही गर्नुको साटो पुरस्कृत गरिएको भन्दै रोष प्रकट गरे । उनले सेनको आदर्श मर्न नसक्ने र सो आदर्शलाई आफूहरुले बोकेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । कोणसभामा साहित्यकार तथा लेखक खेम थपलिया, पत्रकार नारायण पंगेनी, साहित्यकार अशोक सुवेदी, जगदिशचन्द्र भण्डारी, इन्दिरा अधिकारी, मित्रलाल पंगेनी, ढुण्डिराज अधिकारी, अनिल श्रेष्ठ, रसुवाली कवि, बसन्त बोगटी, मोदनाथ मरहट्ठा, गौरी देवकोटा, हिरामणि दुखी लगायतले कृष्ण सेनका बारेमा मन्तव्यसहित आफ्ना रचना वाचन गरेका थिए । कार्यक्रमको सञ्चालन पत्रकार कमल बुढाले गरेका थिए ।