११ श्रावण २०८१, शनिबार

जाजरकोटका कम्युनिस्ट नेता स्व.रत्नप्रसाद शर्मा काे स्मृति सभा सम्पन्न

जाजरकोट ।जाजरकोट छेडागाड नगरपालिका वडा नम्बर ६ मा शुक्रबार रत्न प्रसाद न्यौपाने फाउन्डेसनको आयोजनामा दोस्रो स्मृति सभा सम्पन्न भएको छ ।

कार्यक्रममा नेकपा एमाले केन्द्रिय कमिटी सदस्य एवम निर्वाचन बिभाग उपप्रमुख निरज आचार्यको प्रमुख आतिथ्यता रहेको थियो भने केन्द्रिय कमिटी सदस्य डम्बर बहादुर सिंहको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रमका अन्य अतिथिमा पार्टी प्रदेश कमिटी उपाध्यक्ष, प्रदेश सदस्यहरु, पार्टी जिल्ला अध्यक्ष, उपसचिव, भातृ संगठनका केन्द्रिय सदस्यहरु रहेका थिए ।

कार्यक्रममा स्थानीयको पनि बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा रत्न स्मारिका पुस्तक पनि बिमोचन गरिए थियो कार्यक्रमको सभाध्यक्षता प्रतिष्ठानका अध्यक्ष राधिका शर्माले गरेकी थिइन भने संचालन प्रतिष्ठानका सदस्य रत्न आर.सी.ले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्यमा युवा नेता के पि शर्माले गरेका थिए ।

छेडागाड नगरपालिका वडा नं ६ का वडाध्यक्ष भक्त बहादुर थापाले कार्यक्रममा सहभागी सबैलाई चियापानको ब्यबस्था गरेका थिए । कार्यक्रममा स्वर्गीय न्यौपानेका आमा बुबालाई प्रमुख अतिथि र विशेष अथितिले दोसल्ला र ढाका टोपी लगाई सम्मान गरेका थिए ।