११ श्रावण २०८१, शनिबार

भेरि त्रिवेणी मा.बि.ले मनायो ३८ औं वार्षिकोत्सब तथा अभिभावक दिवश

जाजरकोट ।भेरी त्रिवेणी माद्यामिक विद्यालयले आफ्नो ३८ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । जिल्लाको भेरी नगरपालिका १ रिम्नामा रहेको उक्त विद्यालयले “भेरी त्रिवेणीकाे अठोट,बालबालिकाको चौतर्फी सिकाइमा हाम्रो जोड” भन्ने मुल नाराका साथ वार्षिक उत्सव मनाएको हो ।

२०४२ साल जेष्ठ २१ गते स्थापना भएको यश विद्यालय सन्चालनमा आएको ३८ औं वसन्त पार गरेको उपलब्धिमा आइतबार भव्य कार्यक्रमका साथ विद्यालयले वार्षिक उत्सब मनाएको हो ।नगरपालिकाका नगर प्रमुख चद्र प्रकाश घर्ती,उप प्रमुख सीता जैसी,जिल्ला शिक्षा समन्वय इकाइ जाजरकोटका जिल्ला शिक्षा अधिकारी रमेश मल्ल,जिल्ला शिक्षा बिकास  समन्वय ईकाइ प्रा.शा. तिलक भण्डारी अभिभावक , शिक्षक लगायतको उपस्थितिमा उत्सव कार्यक्रम भव्यताका साथ मनाइएको हाे । बिभिन्न साँस्कृतिक कार्यक्रमहरु र बिद्यालयका अनुशासित, खेलमा उत्कृष्टता हासिल गर्ने र सबै भन्दा बढि हाजिर हुने बिद्यार्थिहरुलाई पुरस्कार वितरण  गरिएको थियो । कार्यक्रममा विद्यालयलाई नमुना बनाउनको लागि आफू लागि परेको र अभिभावक शिक्षक लगायत सरोकारवाला सबै यस तर्फ अग्रसर हुन नगर प्रमुख घर्तिले अनुरोध गरेका थिए । एउटा व्यक्तिले चाहेर मात्र विद्यालय सुधार नहुने भएकाले सबै लाग्न प्रमुख घर्तिले आग्रह गरेका थिए। विद्यालयको शैक्षिक तथा भौतिक सुधारमा नगर प्रमुख सधै सकारात्मक रहेको प्रतिबद्धता पनि प्रमुख घर्तिले व्यक्त गरेका थिए । कार्यक्रममा प्रधानाध्यापक प्रेम पुनले  विद्यालयको प्रतिवेदन पढेर सुनाएका थिए र अध्यक्षता बि.ब्य.स अध्यक्ष कृष्णराज बि.क.ले गरेका थिय भने संचालन शिक्षक रुद्र राज वलिले गरेका थिय ।

विद्यालयको पृष्ठभुमि :
संस्थापक विद्यालय व्यवस्थापन समिती अध्यक्ष जय बहदुर रानाको पहलमा २०४२ साल प्राथमिक तहसम्म सन्चालनमा ल्याइएको थियो। त्यसबेला प्रधानाध्यापक बलाराम के सि रहेका थिए। विद्यालयको थप पहल कदमी नहुदा लामो समयसम्म प्रावी तहसम्म मात्र सन्चालन आयो।६२/६३ को जनआन्दोलन पछि नेता गगन बहादुर खड्काको पहलमा विद्यालय निम्न माद्यामिक तहमा परिणत भयो । त्यसपछी २०६६ सालमा विद्यालय र स्थानीयको अथक पहल पछि माद्यामिक तहमा परिणत भयो । हाल कक्षा १० सम्म सन्चालनमा रहेको यश विद्यालयम ४१८ जना विद्यार्थीहरु अध्ययन गरिरहेका छन।जसमा २१७ छात्रा रहेका छन भने २०१ जना छात्र छन। त्यस्तै १०२ जना दलित समुदायका बालबालिकाहरुले अध्ययन गरिहेका छन । भेरी नगरपालिका १ का अधिकांश गाउँ नलगाड नगरपालिका जाजरकोट र रुकुम पश्चिमका आठबिसकोट नगरपालिका र सानोभेरी गाउपालिकाका विद्यार्थीहरु यस विद्यालयमा पढ्दै आइरहेका छन। विद्यालयमा पक्की भवन छन ।खेल्नको लागि ठूलो खेलमैदान ,शौचालयको सुबिधा,खानेपानीको सुबिधा रहेको छ। ठूलो भेरी र सानो भेरिको संगम स्थल रिम्नामा रहेको यस विद्यालय एक नमुना विद्यालयको रुपमा चिनिन्छ।

विद्यालयले यस विद्यालयलाई आवासीय विद्यालयको रुपमा स्थापना गर्ने र पढ्दै कमाउदै कार्यक्रमलाई पनि प्रभावकारी रुपमा सन्चालन गर्ने उदेश्य बोकेको छ। त्यस्तै नमुना विद्यालयको रुपमा चिनाउन बालमैत्री विद्यालयको अवधारणा ल्याउने र दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्य बोकेको छ। गुणस्तरीय शिक्षा संगसंगै मानसिक स्वाश्य कार्यक्रम पनि यस विद्यायमा सन्चालन गर्ने यस विद्यालयको आगामी उदेश्य रहेको छ।