२३ भाद्र २०८१, आईतवार

अन्तर बिद्यालय स्तरिय हाजिर जवाफ प्रतियाेगिता सम्पन्न

जाजरकोट ।भेरि नगरपालिका वडा न १ अन्तर्गत बागेश्वरी आधारभुत बिद्यालय पिपेमा आधारभूत बिद्यार्थी हरुकाे लागि अन्तर बिद्यालय हाजिर जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भयकाे छ ।

अष्ट्रेलियन एआईडि कारिदासकाे आर्थिक सहयाेग, युवा जागरण बिकास केन्द्र नेपाल (यार्सन)काे आयाेजनामा र भेरी नगरपालिका वडा न.१ तथा भेरी नमुना शान्ति बाल क्लब पिपेको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भयकाे हाे ।

शुक्रबारे कार्यक्रममा प्रथम र दितिय,बागेश्वरी आधारभुत बिद्यालयका पिपेका छात्रा र छात्रले हासिल गरेका छन भने र तृतीय भेरि त्रिवेणी मा.बि रिम्नाका छात्र-छात्राहरुले हासिल गरेका छन ।उक्त कार्यक्रममा वडा न १ का अध्यक्ष दिपक राना , यार्सन का संयोजक सहदेव बस्नेत , नेपाल पत्रकार महासंघ जाजरकोट शाखाका अध्यक्ष बालकुमार शर्मा,  यार्सनका फिल्ड अधिकृत धर्मराज नेपाली ,बिद्यालयका प्रअ भिम बहादुर बस्नेत , लगायत बिद्यालयका शिक्षक शिक्षिकहरुकाे उपस्थिति रहेकाे थियाे ।

प्रथम दितिय र तृतीय स्थान हासिल गर्ने बिद्यार्थीहरुलाई पुरष्कृत सहित सम्मान गरियकाे थियाे । उक्त कार्यक्रम बाट आधारभुत तहका बिद्यार्थीहरुकाे क्षमता वृद्धि र पढाइ प्रतिकाे रुचि वढ्ने बिश्वास लिईयकाे छ ।