
संस्मरण:
संसदिय ब्यबस्थाको कालो बादल आकाशमा मडारी रहेको थियो यसले श्रमिक जनताको प्यारो धर्ती सपनाको फुलबारीमा कहिले असमानता र विभेद अभाव र संकट बेरोजगारीको चट्याङ असिना बर्सा बर्साइ रहन्थ्यो त कहिले अज्ञानता र पराधिनताको । हो त्यहि कालो बादललाइ पन्छाउदै धर्तीमा लालकिरण छर्न असमानता र बिभेदबाट मुक्त हुन अभाव संकट र पराधिनताबाट मुक्त हुन बिर्दोह गर्दै क्रान्तीको रातो झन्डा बोकेर कहिले हिमालका हिम श्रृङखला त कहिले तराईका नौकुसे झाडी र त कहिले सहरका गल्ली चोक र सडकहरुमा कुदिरहेको थियो नेपाल कम्युनिस्ट पार्टी । जस्को उदेश्य थियो जर्जर अवस्थाबाट गुर्जिरहेको नेपाललाई स्वाधीन र स्वाभिमान बनाउने संसदिय ब्यबस्थालाइ बदलेर बैज्ञानिक समाजवाद स्थापना गर्ने ।
ठिक त्यहि समयमा मुक्तिको बिगुल फुक्दै सुतिरहेका गाउँ बस्ती जगाउदै हिडिरहेको थियो युवाजनस्वयम सेवक नेपाल मा कार्यरत तिर्थ घिमिरे कमरेड राजु पुर्बि नेपालको भोजपुरमा पार्टी सङगठन को काममा खटिरहेकै समयमा संसदिय ब्यबस्थाका बैरीहरुले कमरेड राजु लाइ २०७६ जेष्ठ ७ गते हत्या गरेका थिय । कमरेड राजुको उन्मुक्त सपना र अजय संकल्प लाइ पुरा गर्ने र जन हत्यारा के पि सरकारका विरुद्ध संघर्ष गर्ने प्रक्रियामा जेष्ठ १० गते पार्टीको केन्द्रिय कार्यक्रम अनुसार त्यस्को प्रतिरोध र बिरोध स्वरुप देशै भरी पर्दशनहरु भय हामीले पनि काठमाडौंको रत्नपार्कमा घाइते बाघ गर्जे जसरी आक्रोशित जुझारु पर्दशन गरेका थियौं यो प्रदर्शनमा चर्का चर्का नाराहरु लगाउने मध्येमा म पनि एउटा थिए । पर्दशन पछि कोण शभा कार्यक्रम भयो कोणसभा कार्यक्रममा अखिल( क्रान्तीकारी) का केन्द्रिय सचिवालय सदस्य कमरेड बिरेन्द्र लुहार ले आफ्नो मन्तव्य राख्नु भयो स्वभाबिक रुपमा उहाँको मन्तव्यमा आक्रोश बिद्रोह प्रतिरोध र प्रतिशोधको भाब झल्किन्थ्यो ।
सायद त्यहि भयर पनि होला कमरेड बिरेन्द्र लाइ मन्तव्य सक्ने बित्तिकै गिरफ्तार गरेको चर्का चर्का नारागरु लगाएकै हुनाले म ( रमेश ) लाइ पनि कार्यक्रम स्थल बाटै गिरफ्तार गरेको नारीहरुको तर्फबाट कार्यक्रमलाइ ब्यबस्थित बनाउन राम्रो चहलपहल गरेकै कारण कमरेड तारा संज्याल लाइ गिरफ्तार गरेको त्री चन्द्र क्याम्पसमा राम्रो काम कार्य अगाडी बढाइ विद्यार्थीहरुको मन जित्न सफल भयका कारण बुद्दहाङ्ग राइ लाइ गिरफ्तार गरेको । हामि चारै जनालाइ ( बिरेन्द्र , रमेश , तार ,बुद्द ) कार्यक्रम स्थलबाटै गिरफ्तार गरी दरबारमार्ग प्रहरी बृतको हिरासत मा लगेर राखियो ।।
अपरान्ह को चार बजेको थियो अलि अलि न्यास्रो अलि अलि आन्दोलित मन लाइ थमथमाउदै हिरासतको त्यो अध्यारो कोठामा प्रवेश गर्याै । जब हामि हिरासतमा प्रवेश गर्याै जेष्ठ १ गतेको विद्यार्थी दिबश कार्यक्रम बाट गिरफ्तार हुनु भयका कमरेडहरु मदन चन्द , प्रेम शाही , नरेश्वर बुमि लाई गिरफ्तार गरी त्यही राखेको रहेछ। सुरुमा नै मैले लाल सलाम है कमरेडहरु भने अरु कमरेडहरुले पनि भन्नु भयो जब हामिले लाल सलाम भन्यौं हिरासतको माओल बद्लियो सबैले हाम्रो अनुहारमा हेरे मानौँ उनिहरुले अनुमान गरीहाले कि यिनिहरु बिप्लब माओवादी रैछन ।।
सुनेको थिए हिरासतमा आउने नयाँ मान्छे लाइ अलि पृथक ब्यबहर गर्छन रे पुराना त्याहाका बन्दीहरूले । सायद हामि बहुमत टिम भयर होला कसैले हस्तक्षेप गर्न नसकेको ।
त्यो रात खच्याक खुचुक्क सुतीरहेका मान्छेहरुको भिडमा हामि पनि कच्याक कुचुक्क परेर सुत्यौ ।।
११ गते हिरासतका बन्दी साथिहरु सङ्ग परीचय सङ्गै राजनैतिक छलफल गर्दै बित्यो १२ गते दिन भर जसो त्यसरीनै बित्यो। झिस मिसे गोधुलि तिर एक जना प्रहरी साथि आयर भन्नु भयो आज तपाईंहरुको पार्टीले ठुला ठुला बम बिस्पोट गरेको छ बाहिर । हामिलाइ भित्र लाग्यो प्रतीरोध स्वरुप पार्टीले जे गर्यो ठिक गर्यो तर परिस्थिति अर्कै भयको रहेछ बाहिर । .
१३ गते बिहान म अलि छिटो उठेर फ्रेस भइ एक छिन के बसेको थिए पत्रीका बिक्री गर्ने मान्छे आइ पुग्यो मैले नयाँ पत्रीका मागे अर्काले कान्तिपुर र अर्कोले अर्को नेपालका सबै चर्चित राष्ट्रिय दैनिकहरु भित्र प्रबेश भय सबै पत्रीकाको हेडलाईन थियो काठमाडौंको विभिन्न स्थानमा बम बिस्फोट बिस्फाेमा परी बिप्लब ने.क पा का कार्यकर्ताको मृत्यु । जब मैले हेडलाईन पढेर हेडलाईनको तलपट्टी प्रीय कमरेडहरु महान ,प्रज्वल ,दिपेन्द्र ,निरन्तर को तस्वीर राखिएको थियो त्यो तस्बिर लाई हेरे अनि हतास-हतास गर्दै हतोत्साहित भएर सुतीरहेका कमरेडहरु बिरेन्द्र लुहार ,मद्न चन्द , लागाएत लाई उठाए त्यसपछि हामि निकै रोयौ सम्झि सम्झि निकै रोयौ अन्तिममा हिरासतको बन्दी जिबनबाट लाल सलामका मुठ्ठीहरुले श्रद्धाञ्जली अर्पण गर्यौ ।।
#सम्झनामा कमरेड महान ।
उपत्यकाको कोर सिटी भन्दा अलि माथि फुलचोकि डाडाको काखमा सधै हाँसिरहने त्यो गोदावरी ,त्यो प्यारो भारदेउ ,ले .ले र नल्लु तिरको बस्तीमा सङ्गै हात समायर हिडेको थिए हाम्रो प्यारो जनमुक्ति सेनाको कमान्डर गोकुल राना कमरेड महान सङ्ग कमरेड महान को कार्यशैली क्षमता र कमान्डिङ्ग देखेर खुबै उत्साह आउथ्यो पार्टीको निति अनुसार हामिले एनरोइड फोन भिरेका थियनौ कहिलेकाही उपयुुक्त समय मिलाएर सुचना हेर्न एनरोइड फोन चलाउथ्यौ मैले कमरेड महान लाइ भनेको थिए यदी तपाईंले फेशबुक चलाउनु भयो भने मलाई फ्रेन्ड रिक्वस्ट पठाउनु होला है भनेर उहाँले पनि निकै जोशिलो र मिठो स्वरमा हुन्छ कमरेड भन्नु भएको थियो म विद्यार्थी फाटमा काम गर्थे त्यसैले म उहाँहरुबाट छुटे । जसरी एउटा सारङ्गीको तारबाट छुटेको भाबुक धुनले मान्छेलाइ सोचमग्न बनाउछ त्यसरी नै कमरेड महान सङ्गको बिछोडले अहिले भाबबिहल बनाएको छ ।
उहाँ बाट छुटेको केहि महिना के दिन पछि अर्थात २०७६जेष्ठ १२ गते पार्टीको संघर्षको कार्यक्रम लाइ दृढतापुर्बक कार्यान्वयन गर्ने प्रक्रियामा तपाईंहरुको शाहादत भयको खबर १३ गते दरबारमार्ग हिरासत बाट पत्रपत्रीका मा देखे पढे अनि म निकै भाबबिह्र्ल भय र हिरासतको बन्दि जिबनबाट मन मनै श्रद्धाञ्जली ब्यक्त गरे । १० दिनको हिरासत बसाई पछि छुटे अनि फेशबुक खोले तपाईंले हाइ (hi ) भनेर पठाएको मेसेज देखे झन रोय ।। कमरेड जनमुक्ति सेनाको कमान्डर सम्पुर्ण मुक्तिकामि जनताको लाल योद्धा बनेर हामीबाट टाढिनु भयो कमरेड महान ।। तर पनि उहाँ सङ्ग बिताएका सुन्दर पलहरु नजिक छन ताजै छन अझै पनि टाढिन सकेका छैनन ।
#सम्झनामा कमरेड प्रज्वल
ए मेरो प्रीय सखा
जिबन संग्रामको यस दौरानमा
एकै यात्राका सहयात्री हामि
अहिले हाम्रो साथ तिमि नरहे पनि
मुक्तिका लागी बिस्वभर लडिरहेका
योद्धाहरुको बिरतापुर्ण कथाहरुमा
एउटा कथा तिम्रो पनि थपिने छ ।।
( इच्छुक )
क्रान्तिकारी विद्यार्थी आन्दोलनको इतिहासमा यस्ता धेरै विद्यार्थीहरुको इतिहास हाम्रो सामु बिद्यमान छ । जस्ले आफ्नो ब्याक्तीगत जिबनको प्रबाह नगरी जिबनको आहुति दिएका छन ।। त्यही आहुती दिने मध्येको अर्को नाम हो प्रज्वल आकर्षक जिउडाल चक्लेटी अनुहार शुशिल व्यबहार भएको दिप जसरी प्रज्वलित भएको विद्यार्थी आन्दोलनको एउटा भर्भराउदो दियो हो प्रज्वल ।बर्ग दुश्मनको विरुद्ध एक हातमा कलम र अर्को हातमा किताबकापि र बमबारुदको झोला बोकेर दलाल पुजीवादी सत्ताका विरुद्ध दृढतापुर्वक लड्दै हिडिरहेको शैक्षिक क्रान्तिको अग्रदुत पनि हो। संसदिय ब्यबस्थाका विरुद्ध गगनभेदी नाराहरु लगाउदा लगाउदै छुटेको थिय कमरेड प्रज्वल सङ्ग २०७६ जेष्ठ १० गते रत्नपार्क बाट त्यहीँ दिन हामि गिरफ्तार भयौं १२ गते पार्टीको संघर्षको कार्यक्रम लाइ दृढतापुर्बक लागु गर्ने प्रक्रियामा तपाईंहरुले सहादत प्राप्त गर्नु भयको खबर १३ गते बिहान मात्र समाचार मा देखे पढे र निकै रोय ।
पहिले अलि पहिले समय आन्दोलनकै थियो प्रसङ्ग आन्दोलनको क्रान्तीको थियोे ठिक यसै बेला कमरेड प्रज्वल सङ्ग भेट भएको थियो। आन्दोलनकै प्रक्रियामा भेटेको आन्दोलनकै प्रक्रियामा छुटेको एउटा मान्छे अब कहिल्यै उसलाई देख्न सक्ने छैनौं । बरु उस्का धुमिल यादहरु स्मृतिमा आइरहने छन । उ सङ्ग हिडेका थुप्रै रोचक यादहरु क्यानभासहरुमा सलबलाइरहने छन ।। ति रोचक यादहरु मध्ये १० गतेको जुलुसमा मेरो कानको नजिकै आयर जनहत्यारा के पि ओलि सरकार मुर्दाबाद भन्नुस् भनेको अहिले जस्तै लाग्छ । नेपाल बन्दको समयमा कलन्कि तिर भारतीयहरुको गाडीलाइ कार्बाही गरेको चुनाव खारेजीको समयमा न्युरोड बाट प्राबिधिक सामान बोकेर हिड्दा हिड्दै कीर्तिपुर पुगेको ।

लेखक : रमेश सुनार
प्रीय कमरेडहरु महान , प्रज्वल , दिपेन्द्र , निरन्तर , रामकुमार को मृत्यले सिङ्गो देश सिङ्गो पार्टीलाइ दुखित बनाएको छ । यो दु:खान्त भित्र एउटा आदर्श एउटा बिद्रोह र बैज्ञानिक समाजबाद प्राप्त गर्ने सुन्दर सपना पनि छ त्यो सुन्दर सपनालाइ साकार पारी छाड्ने प्रतिबद्दता व्यक्त गर्दछु । जन्म र मृत्यु स्वभाबिक प्रक्रिया हो । यो एउटा प्राकृतिक नियमपनि हो परन्तु कोही मरेर पनि बाचीरहेका हुन्चन त कोहि बाचेर पनि मरीरहेका हुन्छन् कसैको मृत्यु सगरमाथा हिमाल झैँ गहुङ्गो हुन्छ त कसैको मृत्यु सिमलको भुवा झैँ हलुँगो हुन्छ । सगरमाथामा हिमाल झै गहुङ्गो मृत्युबरण गर्ने नै मरेर पनि सदासर्बदा बाचिरहन्छन । यस्तै मरेर पनि बाचिरहने योद्धाहरु हुनुहुन्छ कमरेडहरु महान ,प्रज्वल , दिपेन्द्र ,निरन्तर , रामकुमार ।।