११ श्रावण २०८१, शनिबार

भ्रामक समाचार प्रति गम्भीर ध्यानाकर्षण : छेडागाड नगरपालिका

जाजरकोट । छेडागाड नगरपालिकाले गरेका कार्यक्रम र भुक्तानीको विषयमा केही दिन यता पत्रपत्रिका तथा अनलाइन मिडियाबाट प्रकाशित सामाचार प्रति गम्भिर ध्यानाकर्षण भएको बताएको छ । नगरपालिका कार्यालयले एक विज्ञप्ति जारी गर्दै विभिन्न कार्यक्रमहरु र त्यसमा भुक्तानीको विषयमा केही पत्रपत्रिका तथा अनलाइन मिडियाबाट प्रकाशित सामाचार र सामाजिक संजालमा नकारात्मक टिप्पणीहरु सार्वजनिक गरिएकोमा यस कार्यालयको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।

आ.व. २०७९/८० को लागि भएको नगरसभा, त्यतिवेलाका विभिन्न विषयगत समितिहरु, वार्षिक समीक्षा गोष्ठी, सार्वजनिक सुनुवाई कार्यक्रम, विभिन्न निकायहरुको अनुगमन खर्च, नवनिर्वाचित पदाधिकारीहरुको स्वागत तथा पुरानो जनप्रतिनिधीहरुको विदाई, भूमी आयोगको पटक पटकका बैठकहरु, त्यतिवेलाका केही कार्यपालिकाका बैठकहरु, प्रहरी चौकी उदघाटन, कर्मचारीहरुको नियमित बैठक, कार्यालयको सामान्य खाजा खर्च लगायतका कृयाकलापहरुमा भएको खर्चको भुक्तानीको विषयलाई लिएर विगत केही दिन यता यस नगरपालिकाले खाजा तथा खाना खर्चमा ४२ लाख भुक्तानी गरेको र १२ लाख रुपैया भुक्तानी गर्न बाँकी रहेको भनि केही पत्रपत्रिका तथा अनलाइन मिडियाबाट प्रकाशित सामाचार र सामाजिक संजालमा नकारात्मक टिप्पणीहरु सार्वजनिक गरिएकोमा यस कार्यालयको गम्भिर ध्यानाकर्षण भएको जारी विञप्तिमा भनिएको छ ।

अतिरञ्जित र भ्रामक खालका सूचनाहरु संचार मिडियाहरुलाई उपलब्ध गराई कर्मचारीहको मनोबल गिराउने, संस्थाको गोपनियता र नैतिकतामाथी प्रश्न तेर्साउने खालका कार्यहरुप्रति सबै जनप्रतिनिधी, कर्मचारीहरु तथा सम्पूर्ण छेडागाडवासीहरु सचेत रहनुपर्ने देखिन्छ जारी विज्ञप्तिमा उल्लेख छ ।

यो विषयका सम्बन्धमा संवैधानिक निकायमा उजुरी समेत परिसकेको हुनाले त्यसको उचित छानविन सोही निकायबाट हुने बताइएको छ । निजामती सेवा ऐन र नियमावलीको प्रावधान बमोजिम आर्थिक अनुशासन, पारदर्शिता र नागरिक उत्तरदायित्वप्रति छेडागाड नगरपालिका हरेक कार्यक्रम र कृयाकलापहरुमा सचेत रहेको उल्लेख गर्दै सचेत नागरिकहरुबाट तटस्थ रुपमा गरिने आलोचनात्मक सुझावहरु प्रति छेडागाड नगरकार्यपालिकाको कार्यालय सदैव आभारी रहने छ भने अतिरञ्जित बनाउने खालका टिप्पणीहरु प्रति सचेत समेत रहने कुरा बताइएको छ ।

सिमित श्रोत साधन र कमजोर आन्तरिक श्रोतको विचबाट छेडागाड नगरपालिकाले आफ्नो कार्य जिम्मेवारी निर्वाह गरी जनताको अपेक्षाहरुलाई पुरा गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताइएको छ । विषम परिस्थितिमा कर्मचारीतन्त्रले अलि बढी जिम्मेवार र लगनशिल भएर कार्य गर्नुपर्ने देखिन्छ, जनताको नजिक भएर काम गर्ने भएको हुनाले केही पक्ष र व्यक्तिहरुबाट जनगुनासो आउनु स्वाभाविक रुपमा लिनुपर्छ विज्ञप्तिमा भनिएको छ ।

कार्यक्रम र भुक्तानीको विषयमा सम्पूर्ण नागरिकहरुलाई स्पष्ट पार्नुपर्ने दायित्व बोध गरि तपसिल बमोजिम स्पष्ट पारिएको व्यहोरा सम्बन्धित सबैको लागि अनुरोध छ भनेर कार्यक्रम र खर्च विवरण विज्ञप्तिमा यसरी प्रस्तुत गरिएको छ ।

तपसिल :

चालु आर्थिक वर्ष २०७९।८० मा भुक्तानी भएको रकम

१. मिति २०७९।१०।२४ गतेको अर्धवार्षिक समीक्षा बैठक, मिति २०७९।०८।२९, मिति २०७९।०९।२० र मिति २०७९।१०।२३ को कार्यपालिकाको बैठकमा भएको खर्च वापतको रकम रु. १८३३३०/- मिति २०७९।१०।२६ गतेका दिन भौचर नम्बर ४३० बाट दिपा होटललाई भुक्तानी भएको ।

२. मिति २०७९।०३।०९ र मिति २०७९।०५।०९ को नगरकार्यपालिकाको बैठक, मिति २०७९।०७।०२ को विपद व्यवस्थापन समितिको बैठक, मिति २०७९।०३।०८ का २ वटा विषयगत समितिको बैठक र मिति २०७९।०५।०८ को वार्षिक समीक्षा गोष्ठीमा भएको खर्च वापतको रकम रु. ५५७०००/- मिति २०७९।०८।२९ गतेका दिन भौचर नम्बर २२८ बाट न्यौपाने होटललाई भुक्तानी भएको ।

३. मिति २०७९/०५/०९ र मिति २०७९/०५/१०, मिति २०७९।०५।२६ र मिति २०७९।०५।२७ गतेको नगरकार्यपालिकाको बैठक, र मिति २०७९।०५।०८ को अर्धवार्षिक समीक्षा बैठकमा भएको खर्च वापतको रकम रु. ३३३७१०/- मिति २०७१।०९।०१ गतेका दिन भौचर नम्बर २४५ बाट दिपा होटललाई भुक्तानी भएको ।

४. मिति २०७९।११।१३ को कार्यपालिकाको बैठक, मिति २०७१।१०।२६ को सार्वजनिक सुनुवाई कार्यक्रम, मिति २०७९।०९।१९ को भू उपयोग परिषदको बैठक, मिति २०७९।०४।२३, मिति २०७१।१०।१५, । मिति२०३९।१०।२९ र मिति २०७९।११।१५ गतेको कर्मचारी बैठकमा भएको खर्च वापतको रकम रु. १३२०००/- मिति २०७९।११।१९ गतेका दिन भौचर नम्बर ५२९ बाट दिपा होटललाई भुक्तानी भएको र रु. १४६८४६/- भौचर नम्बर ५२९ बाट मिति २०७९ । ११ । १९ गतेकै दिन न्यौपाने होटललाई भुक्तानी भएको । ( जम्मा रु. २७८८४६/-)

५. मिति २०७९।०७।०२ को विपद व्यवस्थापन समितिको बैठकमा भएको खर्च वापतको रकम रु. ३००००/- मिति २०७९।०८।१९ गतेका दिन भौचर नम्बर १७३ बाट दिपा होटललाई भुक्तानी भएको ।

६. विभिन्न मितिमा गरिएका कर्मचारी पदपुर्ती गर्दाको बखत खाजा खाना खर्च वापतको रकम रु. ५११८५/- मिति २०७९।१२।३० गतेका दिन भौचर नम्बर ७३६ बाट दिपा होटललाई भुक्तानी भएको ।

चालु आ. व. मा भुक्तानी भएको कूल जम्मा रकम रु. १४,३४,०७१/- एकहत्तर रुपैया मात्र)

गत आर्थिक वर्ष २०७८।७९ मा भुक्तानी भएको रकम

अक्षेरुपी चौध लाख चौतिस हजार

१. मिति २०७८।१०।२८ को नगरकार्यपालिकाको बैठक, मिति २०७८।०५।२९ गतेको नगर शिक्षा समितिको बैठक, मिति २०७९।०२।०८ गतेको पुरानो जनप्रतिनिधीलाई विदाई तथा नयाँ जनप्रतिनिधीहरुलाई स्वागत कार्यक्रम मिति २०७९।०२।१६ को कार्यपालिकाको बैठक, मिति २०७९।०२।२१ गतेको मनाघाट प्रहरी चौकी उद्घाटन कार्यक्रम मिति २०७८।०५।०५ गतेको आ व २०७७।७८ को वार्षिक समीक्षा बैठकमा भएको खर्च वापतको रकम रु. ७५५२५८/- मिति २०७९।०३।२४ गतेका दिन भौचर नम्बर २०३ बाट न्यौपाने होटललाई भुक्तानी भएको ।

२. मिति २०७९।०३।०९ गतेको बाह्रौं नगरसभामा भएको खर्च वापतको रकम रु. १७९०८३/- मिति २०७९।०३।१८ गतेका दिन भौचर नम्बर २०३ बाट न्यौपाने होटललाई र रु. ७२६९३/- मिति २०७९।०३।१८ गतेका दिन भौचर नम्बर २०३ बाट दिपा होटललाई भुक्तानी भएको । ( जम्मा २५१७७६/- भुक्तानी भएको)

गत आर्थिक वर्ष २०७८।७९ मा भुक्तानी भएको रकम रु. १०,०७,०३४/- (अक्षेरुपी दश लाख सात हजार चौतिस रुपैया मात्र)

(अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षमा भएको कूल खर्च रु. २४,४१,१०५/- (अक्षेरुपी चौविस लाख एकचालिस हजार एक सय पाँच मात्र)

विज्ञप्ति :