११ श्रावण २०८१, शनिबार

प्लेयर अफ द म्याच बने, जाजरकोटका युनिस बिक्रम सिंह

जाजरकोट ।जाजरकोट छेडागाड नगरपालिका वडा न.१२ का युनिस बिक्रम सिंह प्लेयर अफ द म्याच बनेका छन ।महेन्द्र नारायण निधि टि २० क्रिकेट प्रतियोगिताको सुदुरपश्चिममा बलिङमा सिंहले जादुमय प्रदर्शन गरेका थिय।

स्पिनर सिंहले ४ ओभरमा १ मेडन सहित १७ रन खर्चेर ४ महत्त्वपूर्ण विकेट लिए।इनिङको दाेश्राे ओभरमा पहिलाे आफ्नो ओभर लियर आयका सिंहले पहिलाे बलमै खडक बाेहरालाई LBW धरापमा पारि शून्य रनमै आउट गरि १ विकेट हात पारे भने पन्द्राै ओभरको तेस्रो बलमा क्रिजमा जमेका ब्याट्सम्यान गजेन्द्र बाेहरालाई ३३ रनमा क्याच आउट पारे ।

१७ ओैं ओभरमा बसन्त खत्रि (३)र हेमन्त धामि (४)काे महत्त्वपूर्ण २ विकेट लिई सिंहले खेललाई बिजय तर्फ उन्मुख गरायका थिय प्रतियोगितामा १५ विकेट लिई दाेश्राे स्थानमा रहे।उत्कृष्ट खेलाडी अनिल खरेलले पनि कुल १५ विकेट लियका थिय । उनि कर्णाली प्रदेशकाे टिमबाट नियमित खेलमा भिडिरहेका खेलाडि हुन । सिंहले कर्णाली प्रदेशको टिमकाे नेतृत्व गरि यु-१६ ओैँ राष्ट्रिय प्रतियोगिता , आठाैँ राष्ट्रिय खेलकुद प्रतियोगिता ,मनमाेहन यु- १६ओैँ राष्ट्रिय प्रतियोगिता लगायतका खेलहरुमा सहभागी भई खेलमा आफ्नाे कला प्रदर्शन गरिसकेका छन ।यु -१९ जिल्ला छनाेट प्रतियोगिता रुकुमबाट खेलि सबै भन्दा उत्कृष्ट खेलाडीमा छनाेट भयका थिय ।उनकै कप्तानिमा रुकुम चाैरजहारिमा प्रदेश स्तरिय क्रिकेट प्रतियोगितामा जाजरकोट बाट उपबिजेता बनेका सिंहले केही दिन अगाडि पाेखरामा डि २ विन्टर कप २०७१मा उनी उत्कृष्ट बलर घाेषित भयका थिए ।सिंह संग खेल सम्बन्धि नेपाल राष्ट्रिय क्रिकेट टिम र इन्डियन प्रिमियम लिगकाे काेलकत्ता नाइट राईडर एकेडेमीको नेट बलिङ समेत गरेकाे अनुभव छ।