आरसिपि नेपाल,जाजरकोटको पहलमा भुकम्प पिडित विपन्न परिवारलाई रु ३०,३०० नगद हस्तान्तरण
जाजरकोट :क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल,जाजरकोटको पहलमा राहत स्वरुप भुकम्प पिडितलाई नगद हस्तान्तरण गरियकाे छ।
गत कार्तिक १७ गते राति जिल्लाको बारेकाेट गाउपालिकाकाे रामिडाँडा केन्द्र विन्दु भयर गयकाे विनासकारी भूकम्पका कारण जाजरकाेट, रुकुम लगायतका जिल्लामा सयौंको संख्यामा मानविय क्षती र करोडौंको भौतिक संरचनाहरु ध्वस्त भएको थियो।
भुकम्पका कारण थिलोथीलो परेका जनताको मलमपट्टि लगाउन दिनरात नभनी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निरन्तर जनसेवामा लागिपरेको छ। यसै सिलसिलामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, जाजरकाेटको विशेष पहलमा नलगाड नगरपालिका वडा नं ६ गराग्ली बस्ने कृति बहादुर रावल र भारगाउ बस्ने निर्मला बुढाको परिवारलाई तीस हजार तीन सय रुपैयाँ हस्तान्तरण गरिएको छ।
उक्त रकम जाजरकोट जिल्ला घर भई हाल कतारमा बस्ने विनोद ओलीबाट रु ६,१२० जाजारको जिल्ला घर भई कुवेत बस्ने महेन...









