२३ भाद्र २०८१, आईतवार

भुकम्प गयकाे दुई महिना बितिसक्दा पनि अस्थायी घर बनाउने प्रक्रिया कागज मै घुम्दै

जाजरकोट :गत कात्तिक १७ गते राति ११:४७ बजे तिर जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्यूडको भूकम्प गएको पुस १७ गते दुई महिना पुगेको छ । तर अस्थायी घर बनाउने प्रक्रिया कागजमै घुमिरहेकाे छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार जाजरकोट र रुकुम पश्चिमसहित पाँच जिल्लाका ५९ हजार १६२ परिवार भूकम्पबाट घरबार विहीन बनेका छन् ।काेहि पाल मुनि त काेहि काठकाे गाेठ र ढुङ्गाकाे ओडार मुनि  याे जाडाे माैसममा कष्टकर जीवन बिताईरहेका छन ।

जाजरकोटमा मात्र ३५ हजार १ सय ४० भूकम्प पीडित लाभग्राही कायम भएका छन्। हाल सम्म ८४ करोड ९५ लाख ७५ हजार विभिन्न पालिकाको खातामा अस्थायी आवासका लागि रकम गएपनि  ११ हजार ५ सय ५७ लाभग्राहीको खातामा २८ करोड ८९ लाख २५ हजार मात्र गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ। 

खुल्ला आकाश र त्रिपाल मुनिकाे  चिसोले धेरै बिरामी परेका छन्। तीन बालबालिका,दुई सुत्केरी र बृद्धबृद्धासहित जाजरकोटमा ३० जना र रुकुम पश्चिममा ५ गरी ३५ जनाको मृत्यु भइसकेको छ।

अहिलेसम्म सरकारले दिने भनेको पहिलो किस्ताकै अुनदान रकम पाउन सकेका छैनन्। अनुदान नपाउँदा अस्थायी आवास निर्माण प्रक्रिया समेतमा ढिलाई भएको छ।

संघ संस्था, रेडक्रस,राजनैतिक दलहरुका स्वंयमसेवकहरुले र पिडितले आफै गरि जम्मा ८ हजार २ सय  अस्थायी आवास (टहरा) बनायता पनि ,अधिकांश भुकम्प पिडितहरु अहिले सम्म अस्थायी आवासमा याे जाडाेका कारण सरेका छैनन्। अधिकांश पिडितहरु अस्थायी आवासका लागि आवश्यक मालसामान र मजदुरको समेत अभाव हुँदा निर्माण कार्यमा ढिलाई भएको  बताउछन्। मापदण्ड अनुसार र बैंक खाताकाे समस्याले पिडितहरु अझै पहिलाे किस्ताकाे २५ हजार पाउन नसकेकाे बताउँछन् । स्थानीय सरकार र राजनैतिक दलका नेता कार्यक्रताहरुले फरक-फरक प्रक्रिया का कुराहरु सुनाय पछि झन पिडितहरु अल्झनमा परेकाे बताउछन ।