सुर्खेत : जाजरकोटकि एक युवतीले सुर्खेत जिल्ला अदालत अगाडि बीस सेवन गरि आत्महत्याको प्रयास गरेकि छिन ।
जाजरकोट जिल्ला जुनिचाँदे गाउपालिका वडा न- ९ कि हाल बिरेन्द्रनगर नगरपालिका -७ सुर्खेतमा अध्यनकाे सिलसिलामा बस्दै आएकी सरा कुमारी शाहीले आफुले न्याय नपाएको भन्दै अदालत अगाडि बीस सेवन गरि आत्महत्या गर्न खाेजेकि हुन ।
सुर्खेत बसिरहेकाे अवस्थामा २०७९ साल मंसिरमा दार्चुला जिल्ला महाकाली नगरपालिका -५ का प्रहरी जवान भुपेन्द्र सिंह ठगुन्ना संग सामाजिक संजालबाट प्रेम सम्बन्ध जाेडियपछि , ललाई फकाई , शाहीलाई मन पराउछु , बिहे गर्छु भनी २०८० वैशाख २ गते सुर्खेत मै बसिरहेकाे डेरामा पुगि युवतीको मन्जुरी वेगर करणि गरेकाे र तेहि दिन देखि शारीरिक तथा मानसिक यातना दिदै आइरहेकाे र उता प्रहरी जवान ठगुन्नाका घर परिवारले पनि कतै उजुरी गरेमा ज्यान समेत लिने धम्की दिय पछि न्याय माग्न शाहीले ज्यान बचाउन र जवरजस्ति करणी सम्बन्धि जाहेरी दरखास्त सहित जिल्ला प्रहरी कार्यलय सुर्खेतमा मिति २०८० कार्तिक १९ गते उपस्थित हुदा उक्त जाहेरी दर्ता गर्न नमाने पछि , जाहेरी दर्ता र निज अन्यायिलाई आवस्यक कार्वाही गरि पाऊ भनि कार्तिक २० गते नै सुर्खेत जिल्ला अदालत पुगिन ।
उक्त जाहेरि निवेदनकाे सुनुवाइमा आवस्यक कार्वाही गर्न लापरबाही गरेकाे र आफुलाई कतै वाट पनि न्याय हुने खालकाे अवस्था नभय पछि शाहीले अदालत अगाडि नै बीस सेवन गरेकाे बुझिएको छ । युवतीलाई अहिले प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको छ ।
