११ श्रावण २०८१, शनिबार

जाजरकोट छेडागाडकाे चंखिलामा ईलाका प्रशासन कार्यलय स्थापना

जाजरकोट: जाजरकोटकाे पश्चिम छेडागाड नगरपालिकाकाे चंखिलामा ईलाका प्रशासन कार्यलय स्थापना तथा उद्घाटन गरियकाे छ ।बुधबार एक औपचारिक कार्यक्रम गरि उक्त कार्यलय उद्घाटन गरियकाे हाे ।  इलाका प्रशासन कार्यालयको नेपाल सरकारका उर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले प्रशासनिक सेवा प्रारम्भ गर्ने मतदातालाई दिएको प्रतिबद्धता पूरा गरिएको बताय । निर्वाचनका बेलामा हुने राजनैतिक प्रतिस्पर्धा एक किसिमको भएपनि जनतालाई सेवा दिने र विकास गर्ने कुरामा सबै दलहरू एकताबद्ध भएर जानुपर्नेे बताए । ‘सबैलाई सँगै लिएर जानु मुलुकको आवश्यकता हो,’ उनले भने ।

यसअघि खलंगास्थित जिल्ला प्रशासन कार्यालयबाट प्रशासनिक सेवा लिइरहेका छेडागाड नगरपालिका,जुनीचाँदे, कुशे र शिवालय गाउँपालिका स्थानीले अब चंखिला बाटै सेवा लिन पाउने छन् । कुशे गाउँपालिका भित्रका वडा नं. १,२,३ र ४ का जनताले सेवा चंखिबाट सेवा पाउने छन भने कुशेका ५,६,७,८,र ९ का जन्ताले खलंगा मै सेवा पाउने छन।

कार्यालय सञ्चालनमा आएपछि पश्चिम जाजरकोटका नागरिकहरू हर्षित भएका छन् ।  सेवा प्रारम्भ दिनको अवसरमा आज एउटा ओटा नागरिकता समेत वितरण गरिएको छ ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी सुरेश सुनारकाे हातबाट स्थानीय सीता कुमारी गिरीले नागरिकता प्राप्त गरेकी छिन् । नागरिकता प्राप्त गरेपछि स्थानीय गिरीले खुसी व्यक्त गरिन् ।

उक्त कार्यालयबाट प्रशासनिक कार्यहरू अन्तर्गत नयाँ नागरिकता, सिफारिस र प्रतिलिपीको कामहरू सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । उनका अनुसार क्रमश, राहदानी, मतदाता नामावलीको काम समेत सञ्चालन हुनेछ ।