११ श्रावण २०८१, शनिबार

दुई साँस्कृतिक महासंघ बिच एकता सम्पन्न

काठमाडौं :अलग- अलग रहेका दुई साँस्कृतिक महासंघ- अखिल नेपाल जनसाँस्कृतिक महासंघ र अखिल नेपाल जनसाँस्कृतिक महासंघ बिच एकता भयकाे छ ।बुधबार काठमाडौंको घट्टेकुलाे स्थित इच्छुक साँस्कृतिक  प्रतिष्ठानको “चुनु शिल्पा कक्ष” हलमा भयकाे कार्यक्रममा दुई महासंघकाे एकता भेला गरि एउटै महासंघ बनाईयका हाे।
माेहन वैद्य “किरण” नेतृत्वको  क्रान्तिकारी ( माओवादी ) र धर्मेन्द्र बास्ताेला “कन्चन” नेतृत्वको  नेकपा (बहुमत) काे गत वैशाख १८ गते पार्टी एकता भई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बने पछि अलग- अलग रहेका दुई साँस्कृतिक महासंघ अखिल नेपाल जनसाँस्कृतिक महासंघको एकता आज भयकाे हाे ।

कार्यक्रममा पार्टीका अध्यक्ष माेहन वैद्य “किरण” , केन्द्रीय कार्यलय सदस्य तथा ३ नम्बर प्रदेश इन्चार्ज : हेमन्त प्रकाश ओली “सुदर्शन” पार्टी कार्यलय सदस्य तथा अखिल नेपाल टृेड युनियन महासंघका संयाेजक: दिनेश शर्मा ( सागर ) महिला नेतृ  सरला रेग्मी , अखिल नेपाल महिला संगठन कि केन्द्रीय उपाध्यक्ष सारदा महत,नेपाल राष्ट्रिय प्रध्यापक संघका अध्यक्ष डा. जगदीशचन्द्र भण्डारी , इच्छुक साँस्कृतिक प्रतिष्ठान का अध्यक्ष : डा.ताराकाण्त पाण्डे , अखिल क्रान्तिकारी का केन्द्रीय संयोजक मिलन  राई ,लगायत देशै भरिका जनसाँस्कृतिक कर्मि , कवि , लेखक , समालोचक , कलाकार र पत्रकार हरुकाे उपस्थित रहेकाे थियाे ।एकताको भेलाकाे अध्यक्षता तथा प्रतिवेदन प्रस्तुत  हिरामणि दुखीले गरेका थिय र संचालन तथा विधान प्रस्तुत खेम थपलियाले गरेका थिय भने स्वागत मन्तब्य माेदन नाथ मरहट्ठाले गरेका  थिय ।  एकताको भेलाले हिरामणी दुखि संयोजक र खेम थपलिया सह-संयाेजक रहने गरि , ५५सदस्यीय  केन्द्रीय कमिटी र  ७ सदस्यीय सल्लाहकार  कमिटी निर्माण गरेकाे छ ।महासंघको नाम अखिल नेपाल जनसाँस्कृतिक महासंघ राखीएकाे छ ।