११ श्रावण २०८१, शनिबार

विश्व हिन्दू परिषद जाजरकोटले बुझायाे, जिल्ला प्रशासन कार्यलयमा ज्ञापनपत्र

जाजरकोट : विश्व हिन्दू परिषद नेपाल जाजरकोट शाखाले जिल्ला प्रशासन कार्यलयमा साँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतिकाे अभिब्यक्ति दुर्भाग्यपूर्ण भयकाे भनी ज्ञापनपत्र बुझाएको छ ।शुक्रबार परिषदका अध्यक्ष केशव बहादुर सिंहकाे नेतृत्वमा गयकाे टाेलिले जिल्ला प्रशासन कार्यलय जाजरकोट खलंगामा पुगेर उक्त ज्ञापनपत्र बुझाएकाे हाे ।अध्यक्ष सिंहद्वारा हस्ताक्षरित पत्रमा भनियकाे छ “नेपाल बहुसंख्यक सनातनिहरुकाे बसाेबास भयकाे राष्ट्र हाे , नेपाल सरकारको जिम्मेवारी पदमा रहेका बहालवाला साँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले बहुसंख्यक सनातनिहरुकाे आस्था एवं मनाेभावना माथि चाेट पुग्ने गरि दिएकाे गैरजिम्मेवारी एवम् अभिब्यक्ति प्रति हाम्राे ध्यानाकर्षण भयकाे छ “। परिषदले तत्काल साँस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री किराँतिले राजिनामा नदिए थप कठाेर कदम चाल्ने बताएको छ ।

मन्त्री किराँतीले काठमाडौंको एक कार्यक्रममा ख्रिसियन धर्म नमान्ने सबै संविधान बिराेधि हुन, राष्ट्रघाँति हुन भने पछि , हिन्दू धर्म मान्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय  स्तरबाट मन्त्रीले राजिनामा गर्नु पर्ने माग राख्दै आयका छन।

ज्ञापन पत्र हेर्नुहाेस –