२३ भाद्र २०८१, आईतवार

निराशाउन्मुख समाजमा आशावाद जगाउनु पर्छ र पुँजीवादको विकल्प समाजवाद दिनुपर्छ : विप्लव

कपिलवस्तु : नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले निराशाउन्मुख समाजमा आशावाद जगाउनु पर्छ – पुँजीवादको विकल्प समाजवाद दिनुपर्ने कुरा बतायका छन् ।
नेकपाको केन्द्रीय कार्यालय कपिलबस्तुमा शुक्रबार सम्पन्न केन्द्रीय स्कुलिङ्ग विभागको बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लवले यस्तो कुरा बताएका हुन ।

उनले पुँजीवादी व्यवस्था जनतामाथि शोषण गर्ने प्रणालीमा आधारित व्यवस्था भएको भन्दै यो विश्वभर नकाम भएकाले समाजवाद चाहिने बताए ।

महासचिव विप्लवले नयाँ संश्लेषणबाट प्रयोगमा जाने र प्रयोगबाट नयाँ संश्लेषणमा पुग्ने सुविधा नेपाल कम्युनिष्ट पार्टीलाई भएको बताए ।

उनले भने ‘नयाँ संश्लेषणबाट प्रयोगमा जाने र प्रयोगबाट नयाँ संश्लेषणमा पुग्ने सुबिधा हामीलाई छ । त्यसैले हामीले विश्वको प्रवृत्तिलाई मध्यनजर गर्दै तर्कसहित परिणाम दिनुपर्छ । पुँजीवादको विकल्प समाजबाद उत्कृष्ट व्यवस्था भएको बताएका हुन।