२३ माघ २०८१, बुधबार

पर्यटन

एक महिनामा एक लाख १७ हजार ३ सय सात जना पर्यटक नेपाल भित्रिय

एक महिनामा एक लाख १७ हजार ३ सय सात जना पर्यटक नेपाल भित्रिय

Breaking News, पर्यटन, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं । पर्यटन बोर्डका अनुसार अक्टोबरमा एक लाख १७ हजार ३०७ पर्यटक नेपाल घुम्न आएका छन्। यो एक महिनामा नेपाल आएका पर्यटकको हालसम्मकै उच्च संख्या हो।यसअघिका महिनाहरूमा मासिक एक लाखसम्म पर्यटक घुम्न आएका थिए। अक्टोबरमा भने पर्यटकको 'फ्लो' बढेको छ। कोभिडअघिको तुलनामा अक्टोबरमा १०६.०४ प्रतिशतले बढेको बोर्डले जनाएको छ। कोभिडअघि अर्थात् सन् २०१९ को अक्टाेबरमा एक लाख १० हजार ६२२ पर्यटक आएका थिए।त्यसपछि क्रमशः २०२० मा एक हजार ८३१, सन् २०२१ मा १५ हजार ७१५ र सन् २०२२ मा ५२ हजार १२१ पर्यटक आएका थिए। तथ्यांकअनुसार सन् २०२३ को जनवरीदेखि अक्टोबरसम्ममा आठ लाख ९ हजार ६७८ पर्यटक भित्रिएका छन्। कुन मुलुकबाट कति पर्यटक भित्रिए? भारत : १८ हजार ४८० अमेरिका : १४ हजार ८७९ बेलायत : ८ हजार २१७ चीन : ६ हजार ८८० अष्ट्रेलिया : ६ हजार ०७५ जर्मनी : ५ हजार ९१६ फ्रान्स : ५ हजार २७१ बंगलादेश : ४ हज...
आज महा नवमि देशै भरिका मठ मन्दिरमा भक्तजनहरु काे भिड

आज महा नवमि देशै भरिका मठ मन्दिरमा भक्तजनहरु काे भिड

Breaking News, पर्यटन, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं । नवरात्रीको महाअष्टमी पर्वका अवसरमा देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । दसैँको आठौँ दिन अर्थात महाअष्टमीका दिन देशभरका शक्तिपीठमा भक्तजनको भिड लागेको हो । नवरात्रको सुरुवात् अर्थात घटस्थापनादेखि नै नवदुर्गाको पूजा, आराधना सुरु हुने भएपनि महाअष्टमी, महानवमी र विजयादशमीका दिन विशेष पूजा आराधना गर्ने सनातनदेखिको परम्परा रहि आयकाे छ। राजधानीका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, बगलामुखी, टोखा चण्डेश्वरीलगायत मन्दिरमा भक्तजनको भीड छ । शक्तिपीठ तथा देवी मन्दिरलाई ध्वजापताकाले सिँगारिएको छ । देवीका भजन, मङ्गल धुन तथा देवी स्तोत्र वाचनले भक्तजनलाई मन्त्रमुग्ध बनाउँछ । मैतीदेवी मन्दिर छिर्ने सडकमा आकर्षक द्वा...
चार बर्ष भित्र कुशेलाई नमुना पालिका बनाउने अठाेटका साथ लागिरहेका छाैं : अध्यक्ष हरिचन्द्र बस्नेत

चार बर्ष भित्र कुशेलाई नमुना पालिका बनाउने अठाेटका साथ लागिरहेका छाैं : अध्यक्ष हरिचन्द्र बस्नेत

Breaking News, अर्थवाणिज्य, कृषि, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विचार, समाचार
जाजरकोटको कुशे गाउँपालिका पर्यटकीय क्षेत्रका रूपमा परिचित छ । कृषि, पर्यटन र खानी खनिजका क्षेत्रमा विकासको फड्को मार्दै गरेको कुशे गाउँपालिकाको दोस्रो कार्यकालको अध्यक्षका रूपमा हरिचन्द्र बस्नेत हुनुहुन्छ । प्रस्तुत छ, नेपाली कांग्रेसका तर्फबाट अध्यक्षमा निर्वाचित बस्नेतसँग  कुराकानी : जनप्रतिनिधिका रूपमा एक वर्षको अनुभव कस्तो रह्यो ? पालिकाको दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि विगतकै कार्यक्रम र योजनालाई प्राथमिकतामा राखेर काम गरिरहेको छु । अनुभवका हिसाबले जनताको अपेक्षा र हाम्रो पालिका, प्रदेश र सङ्घबाट आउने बजेटको मात्राले ती अपेक्षा पूरा गर्न नसकिने खालका छन् । योजनाको प्राथमिकीकरण गरी एक वडामा एक प्रभावकारी योजना सञ्चालन गर्न सके प्रभावकारी हुने थियो । पालिकामा देखिने खालका वर्षमा चार/पाँच वटा मात्र योजना छनोट गरेर कार्यान्वयन गर्दा पालिकालाई राम्रो हुने अनुभव मैले गरेको छु ...
आज श्रीकृष्ण जन्मअष्टमि मनाउदै

आज श्रीकृष्ण जन्मअष्टमि मनाउदै

Breaking News, पर्यटन, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं ।वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्दछ । पाटन कृष्ण मन्दिरमा दर्शन गर्न राष्ट्रपति जाने चलन छ । यसैगरी राजधानीका विभिन्न स्थानमा रहेका ठूला, साना श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ । यसै उपलक्ष्यमा काठमाडौंका विभिन्न धार्मिक संघ संस्थाले झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।...
गाैरा पर्वमा खेलिने देउडा लगायतका नाँच हाम्रा अमुल्य साँस्कृतिक सम्पदा हुन : प्रधानमन्त्री दाहाल

गाैरा पर्वमा खेलिने देउडा लगायतका नाँच हाम्रा अमुल्य साँस्कृतिक सम्पदा हुन : प्रधानमन्त्री दाहाल

Breaking News, खेल, पर्यटन, राष्ट्रिय, संस्कृति, समाचार
‘यस पर्वमा समाजका सम्पूर्ण सदस्य घरपरिवारमा एकत्रित हुने र सामूहिकरूपमा समुदायपिच्छे मुख्य चाडका रूपमा मनाउने परिपाटीले सामाजिक सद्भाव, समुदायको एकता तथा आपसी सहकार्यसहित सामाजिक सम्बन्धलाई जीवन्त बनाउन विशेष भूमिका खेलेको छ’, शुभकामना सन्देशमा उल्लेख छ । प्रधानमन्त्री दाहालले बहुजातीय, बहुभाषिक एवं बहुसांस्कृतिक विशेषतायुक्त नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक अनुभूति सबै तहमा गराउन यस्ता पर्वले महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरेका छन्। नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेश तथा भारतको कुमाउँ, गढवाल क्षेत्रमा मुख्य सांस्कृतिक चाडको रुपमा गौरा पर्व मनाउने गरिन्छ ।...
गाैरा पर्वकाे अवसरमा राष्ट्रपति पाैडेलद्वारा शुभकामना ब्यक्त

गाैरा पर्वकाे अवसरमा राष्ट्रपति पाैडेलद्वारा शुभकामना ब्यक्त

Breaking News, पर्यटन, राष्ट्रिय, संस्कृति, समाचार
गौरा पर्वका अवसरमा आज शुभकामना दिँदै उनले हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म सुदूरपश्चिम क्षेत्रमा विशेष रुपमा मनाइने यस पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए । शक्ति र प्रकृतिका रुपमा शिव र पार्वतीको पूजा गरी पाँच प्रकारका अन्नबाट बनेको ‘बिरुँडा’ लाई अर्पण गरेपछि प्रसादका रुपमा ग्रहण गरेर यो पर्व मनाउने प्रचलन रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस पर्वमा शिव र पार्वतीको आराधनासहित व्रत बस्ने तथा यसको फलस्वरूप शिव र पार्वती तथा इष्ट र कुल देवता प्रशन्न भई सुख शान्ति प्राप्त हुने जनविश्वास रहेको बताएका छन् । राष्ट्रपति पौडेलले गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षणमा थप योगदान गर्दै सम्पूर्ण नेपालीमा आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावनाका साथै बृहत राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्...
धादिङमा बस दुर्घटना आठ जनाकाे मृत्यु बीस जना घाईते , हाल सम्मा ५ जनाकाे  सनाखत

धादिङमा बस दुर्घटना आठ जनाकाे मृत्यु बीस जना घाईते , हाल सम्मा ५ जनाकाे सनाखत

Breaking News, पर्यटन, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं ।धादिङको गजुरी गाउँपालिका,२ चालिसेस्थित बस दुर्घटना हुँदा मृत्यु भएका आठ जनामध्ये पाँच जनाको सनाखत भएको छ। काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान पृथ्वी राजमार्गको गजुरी नजिकै त्रिशूली नदीमा खसेको हो। जसमा मृत्यु हुनेमध्ये पाँच जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख डीएसपी गौतम मिश्रले जानकारी दिए। दुर्घटनामा मृत्यु भएकामध्ये म्याग्दी रघुगङ्गा–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वत मोदी–१ की १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङ गजुरी–८ का अन्दाजी २० वर्षीय सुशील रम्तेल, कास्की फूलबारी–११ का अन्दाजी २४ वर्षीय सुमन थापा र पर्वत जलजला गाउँपालिका ६ बस्ने ४२ बर्षीया राधिका सापकोटाको सनाखत भएको डीएसपी मिश्रले नेपालखबरलाई जानकारी दिए। ‘दुई महिला छ जना पुरुषको दुर्घटनास्थलमै मृत्यु भएको थियो,’ उनले भने, ‘मृतक तीन जना प...
युवा संघ नेपाल जाजरकोटद्वारा वृक्षारोपण कार्यक्रम

युवा संघ नेपाल जाजरकोटद्वारा वृक्षारोपण कार्यक्रम

Breaking News, कृषि, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विचार, समाचार
जाजरकोट । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल जाजरकोटले वृक्षारोपण गरेका छ, । युवा संघ नेपाल जाजरकोटका उपाध्यक्ष अशाेक बहादुर सिंहकाे जन्म दिनकाे अवसरमा भेरि नगर पालिका अन्तर्गत वडा न ३ अवस्थित थाप्ले हुँदै ठाँटि जाने लभ राेड क्षेत्रमा वृक्षारोपण गरियकाे हाे । एक युवा = ५ वटा बिरुवा राेपाै भन्ने मुल नाराका साथ , विभिन्न जातका लिभ्टिस, बकाईनाे , सल्ला, डाले घाँस गरि ३ सय वटा बिरुवा वृक्षारोपण गरियकाे र बिरुवाहरु डिभिजन वन कार्यलय जाजरकोटले उपलब्ध गरायकाे , उपाध्यक्ष सिंहले बातय ।...
बिद्युुत प्राधिकरणद्वारा देशै भरि वृक्षाराेपन गरेर बार्षिकाेत्सव मनाईयाे

बिद्युुत प्राधिकरणद्वारा देशै भरि वृक्षाराेपन गरेर बार्षिकाेत्सव मनाईयाे

Breaking News, कृषि, पर्यटन, मनाेरन्जन, राष्ट्रिय, विचार, विज्ञान प्रबिधि, शिक्षा, संस्कृति, समाचार
काठमाडौं ।नेपाल विद्युत् प्राधिकरणले आफ्नो ३८औँ वार्षिकोत्सवको अवसरमा देशभरका कार्यालयहरूमार्फत सोमबार वृक्षरोपण गरेको छ। प्राधिकरणका वितरण तथा ग्राहक सेवाअन्तर्गत प्रादेशिक तथा डिभिजन कार्यालयहरू, वितरण केन्द्र–उपकेन्द्र, प्रसारण सेवाअन्तर्गत ग्रिड कार्यालयहरू, सबस्टेसन कार्यालयहरू, उत्पादन सेवाअन्तर्गतका विद्युत् उत्पादन गृहहरूमा कार्यरत कर्मचारीले आफ्नो कार्यालयपरिसर तथा अन्य उपयुक्त स्थानहरूमा वृक्षरोपण गरेका हुन्। कार्यालयहरूले आ–आफ्नो क्षेत्रको हावापानी र माटोअनुरूपका एक लाखभन्दा बढी फलफूल तथा अन्य प्रजातिका बिरुवाहरू रोपेकाे प्राधिकरणले जनाएको छ। जलविद्युत्, प्रसारण र वितरणतर्फका आयोजनाहरूको निर्माण गर्दा रूख काट्ने मात्र होइन, रूख–बिरुवाको संरक्षण पनि गरिन्छ भन्ने सन्देश दिन प्राधिकरणले हरेक वर्ष साउन १५ गते देशभरका कार्यालयमार्फत वृक्षरोपण गर्दै आएको छ। प्राधिकरणको प्रधान...
बिदेशमा जादा पर्यटन र भिजिट भिसामा नजान, परराष्ट्रकाे आग्रह

बिदेशमा जादा पर्यटन र भिजिट भिसामा नजान, परराष्ट्रकाे आग्रह

Breaking News, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विचार, समाचार
काठमाडौं । विदेशमा रोजगारी गर्न जाँदा पर्यटक वा भिजिट भिसामा नजान परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ । थाइल्याण्ड र म्यानमारमा सूचना प्रविधिक क्षेत्रमा आकर्षक रोजगारीका लागि भन्दै गएका नेपाली बन्धक बनेको भन्दै श्रम स्वीकृतिबिना त्यहाँ नजान परराष्ट्र मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयले ट्राभल एड्भाइजरी जारी गर्दै रोजगारीका लागि विदेश जानुअघि सरकारका सम्बन्धित कार्यालय र विदेशस्थित नियोगमा सम्पर्क गरेर रोजगारदाता कम्पनीबारे बझ्न पनि भनेको छ । आफैंले समेत सम्बन्धित कम्पनी, रोजगारदाताबारे वेवसाइट, टेलिफोन र इलमेलमार्फत जाँच गर्नुहुन अनुरोध गरिन्छ’, परराष्ट्र मन्त्रालयले भनेको छ, ‘नक्कली रोजगारीका विज्ञापनहरु प्रायः सामाजिक सञ्जालमा आउने गरेका देखिएकाले यस्ता झुठा आश्वसनमा नपर्न नेपाली नागरिकहरुलाई अनुरोध गरिन्छ ।’...