२ कार्तिक २०८१, शुक्रबार

बिकल्पकाे बाटाे खाेज्न शहर छिरेका युवाले आफ्नै गाउमा बिकल्प राेजे

जाजरकोट :बिकल्पकाे खाेजि गर्दा गर्दै शहर छिरेका एक युवा पुन आफ्नाे गाउँ  फर्केर “बिकल्प युवा क्लब” खाेलेर समाजका युवाहरुलाई एउटा बिकल्पकाे बाटाेमा लागाै भन्ने सन्देश दिईरहेका छन् ।

उमेरले २४ पुगेका छेडागाड -१० जाजरकोटका स्थायि बासिन्दा गाेपाल बिक्रम शाही बिकल्पले देखेकाे शहर र बिकास भएकाे विभिन्न बस्तिलाई मध्यनजर गरेर एउटा बिकल्पकाे रुपमा आफू जन्मेकाे गाउँ र समाजकाे आजकाे अवस्थालाई लिएका हुन् ।

बिकल्प भन्छन् “आज शहर र गाउँ बिग्रनुकाे मुल कारण विभिन्न नामधारी पार्टीहरुकाे राजनैनिक प्रतिस्पर्धा र लुछाचुडि हाे। यसलाई क्रश गरेर लैजानुपर्छ र अब बिकल्पकाे रुपमा युवाहरु सचेताका साथ उभिनु पर्छ”। छेडागाड -१० कै पहिलाे क्लब “बिकल्प युवा क्लब” नाम राखेर पहिलाे काम परम्परागत रुपमा संचालन हदै आएकाे ऐतिहासिक एंव साँस्कृतिक धराेहर भनेर चिनिने पुनि भदाै पुर्णिमा मेलामा भलिबल आयाेजना गरेकाे छ । क्लवकाे अध्यक्ष समेत रहेका गाेपाल बिक्रम शाहीले यहि भदाे २ गतेबाट खेल संचालन गर्ने समेत जानकारी गरायका छन् ।