
धादिङमा बस दुर्घटना आठ जनाकाे मृत्यु बीस जना घाईते , हाल सम्मा ५ जनाकाे सनाखत
काठमाडौं ।धादिङको गजुरी गाउँपालिका,२ चालिसेस्थित बस दुर्घटना हुँदा मृत्यु भएका आठ जनामध्ये पाँच जनाको सनाखत भएको छ।
काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान पृथ्वी राजमार्गको गजुरी नजिकै त्रिशूली नदीमा खसेको हो। जसमा मृत्यु हुनेमध्ये पाँच जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख डीएसपी गौतम मिश्रले जानकारी दिए।
दुर्घटनामा मृत्यु भएकामध्ये म्याग्दी रघुगङ्गा–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वत मोदी–१ की १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङ गजुरी–८ का अन्दाजी २० वर्षीय सुशील रम्तेल, कास्की फूलबारी–११ का अन्दाजी २४ वर्षीय सुमन थापा र पर्वत जलजला गाउँपालिका ६ बस्ने ४२ बर्षीया राधिका सापकोटाको सनाखत भएको डीएसपी मिश्रले नेपालखबरलाई जानकारी दिए।
‘दुई महिला छ जना पुरुषको दुर्घटनास्थलमै मृत्यु भएको थियो,’ उनले भने, ‘मृतक तीन जना प...