२३ माघ २०८१, बुधबार

पर्यटन

सामुदायिक बनबाट समुदायलाई लाभ हुने कार्यक्रम ल्याउछाै : प्रधानमन्त्री दाहाल

सामुदायिक बनबाट समुदायलाई लाभ हुने कार्यक्रम ल्याउछाै : प्रधानमन्त्री दाहाल

Breaking News, अर्थवाणिज्य, पर्यटन, पुर्वाधार, राष्ट्रिय, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  वन क्षेत्रको पुनर्संरचना गरी स्थानीय, प्रादेशिक र संघीय सरकारको अधिकार तथा भूमिकाको स्पष्ट व्याख्या गर्ने गरी नीतिगत र कानुनी व्यवस्था गर्ने काममा सरकार अघि बढेकाे प्रतिबद्धता व्यक्त गरेका गरे ।सामुदायिक वनबाट प्राप्त हुने लाभको सदुपयोग गरी समुदायको आयआर्जन र रोजगारी वृद्धि गर्न सरकार लागि परेको बताएका छन् । काठमाडौँमा मंगलबारबाट सुरु भएको सामुदायिक वन उपभोक्ता महासंघको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले मानव र वन्यजन्तुको अन्तरद्वन्द्व व्यवस्थापनका लागि पनि सरकारको ध्यान गइरहेको बताए । प्रधानमन्त्री दाहालले स्थानीय सरकार, प्रादेशिक सरकार र संघीय सरकारले लिने करलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्न पनि सरकारले पहल गर्ने आश्वासन दिए। प्रधानमन्त्री दाहालले भने, ‘मानव र वन्यजन्तुको अन्तरद्वन्द्वको व्यवस्थापनका ...
संखुवासभा हेलिकप्टर दुर्घटना ,१ जनाको मृत्यु, चार जना घाइते

संखुवासभा हेलिकप्टर दुर्घटना ,१ जनाको मृत्यु, चार जना घाइते

Breaking News, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं ।संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका भविन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता भुवनबाबु खड्काले जानकारी दिए । मृतक गुरुङले हेलिकप्टरमा सहयोगीका रुपमा काम गर्दै आएका थिए । माथिल्लो अरुण हाइड्रो पावरका सामान गोला भन्ने स्थानबाट सिप्रुङ भन्ने स्थानमा लैजाँदै गर्दा भोटखोला गाउँपालिका वडा नम्बर ४ सिप्रुङमा हेलिकोप्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकर घाइते भएका प्रहरीले जनाएको छ । घाइते चारै जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । क्याप्टेन सुरेन्द्र पौडेल, कोपाइलट छिरिङ भोटे, सहयोगी मनोज थापालाई घटनास्थलबाटै उद्धार गरेर काठमाडौं ल्याइएको हो ।...
राताे मच्छिन्द्र नाथ , रथ जात्रा सुरु

राताे मच्छिन्द्र नाथ , रथ जात्रा सुरु

Breaking News, पर्यटन, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
ललितपुर । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथयात्रा सुरु भएको छ । रातो मच्छिन्द्रनाथको रथयात्रा वैशाख शुक्ल पक्ष प्रतिपदादेखि सुरु हुने गरेको छ । रातो मच्छिन्द्रनाथ जात्रा ललितपुरको सबैभन्दा लामो जात्रा हो ।  याे जात्रा बिशेष गरि नेवारी समुदायको लागि प्रसिद्ध धार्मिक पर्वका रुपमा पनि लिइन्छ । उक्त जात्रा ललितपुर काे पुल्चोक देखि सुरु भई विभिन्न ठाउमा परिक्रम गरि फेरि तेहि ठाउँमा  पुर्‍याउने चलन रहेकाे बाईयकाे छ । जात्रा सुरुवाती फाेटा हरु: ...
घाँस काट्न गयकी एक महिलालाई बाघले लियाे

घाँस काट्न गयकी एक महिलालाई बाघले लियाे

Breaking News, पर्यटन, पुर्वाधार, राष्ट्रिय, समाचार
महेन्द्रनगर ।कञ्चनपुरमा एक महिलालाई घाँस काट्न गएकाे बेला बाघले लगेको छ । बेलौरी नगरपालिका वडा नम्बर ८ स्थित पछुइको खप्टीनालमा घाँस काट्न गएकी ४२ वर्षीया गंगा चन्दलाई बाघले लगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ  । शुक्रवार उनलाई बाघले लगेको स्थानीयसहित नजिकैको प्रहरीले देखेपछि बाघबाट छुटाउन प्रयास भएपनि नसकिएको प्रहरीको भनाइ छ । सो क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीले ७ राउन्ड फायर गरेको थियो  । बाघले महिलालाई जंगलमा लिएर गएको र अहिलेसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।...
नयाँ वर्ष मनाउन गयका युवाकाे खाेलामा डुबेर मृत्यु

नयाँ वर्ष मनाउन गयका युवाकाे खाेलामा डुबेर मृत्यु

Breaking News, पर्यटन, पुर्वाधार, राष्ट्रिय, समाचार
काठमाडौं । नयाँ वर्ष मनाउन गएका एक युवाको खोलामा डुबेर मृत्यु भएको छ। सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहियाका ३० वर्षीय शिभम जैसवालको पाल्पास्थित भुतखोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरी चौकी दोभानका अनुसार जैसवाल घुमघामको लागि शुक्रबार बिहान पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ झुम्सास्थित भुतखोलामा पुगेका थिए। साथीहरूसँगै घुम गएका जैसवाल बिहान साढे १० बजेतिर ढुंगामा चिप्लिएर पोखरीमा खसेका थिए। उनलाई उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।...
भेरी–बबई डाईभर्सन आयोजनाबाट  इरानी कम्पनी (एमजीसी) बाहिरिदै

भेरी–बबई डाईभर्सन आयोजनाबाट इरानी कम्पनी (एमजीसी) बाहिरिदै

Breaking News, अर्थवाणिज्य, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विचार, समाचार
 काठमाडौं । अमेरिकी प्रतिबन्धका कारण आर्थिक गतिविधि ठप्प भएपछि इरानी कम्पनी कर्णाली प्रदेश सुर्खेतमा संचालित भेरी–बबई डाइभर्सनबाट बाहिरिएको छ । इरानी कम्पनी महब घोड्स कन्सल्टिङ इन्जिनियरिङ (एमजीसीई) ले भेरी–बवई राष्ट्रिय गौरवको सिंचाइ आयोजनाको हेर्डवक्स गुणस्तर परीक्षण र विद्युत परियोजनाको सिभिलतर्फको कामको ठेक्का पाएको थियो । तीन वर्ष अघि ६ असोज, २०७६ मा आयोजनाको परामर्शदाताको रुपमा कुल ३४ करोड ४० लाख ९६ हजार रुपैयाँ बराबरको खरिदमा छनोट भएको कम्पनीले २४ प्रतिशत काम गरेको छ । पछिल्लो समय अमेरिकी प्रतिबन्धका कारण नेपालमा कुनै आर्थिक गतिविधि गर्न पाएन । काम गरेको पैसा लिन समेत बैंक खाता खोल्न नसकेपछि आपसी समझदारीमै सम्झौता रद्द भएको आयोजनाका सूचना अधिकारी सिनियर इन्जिनियर लेखनाथ अधिकारीले बताए । गत ९ माघमा ठेक्का सम्झौता रद्द भएको हो,’ अधिकारीले भने, ‘उनीहरुले पैसा पाउन नसक्दा काम गर्न...
पाटन दरवार क्षेत्रमा हाेलि उत्सव रङ्ग दलेर आत्मियता साटासाट

पाटन दरवार क्षेत्रमा हाेलि उत्सव रङ्ग दलेर आत्मियता साटासाट

Breaking News, पर्यटन, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
२२ फागुन, काठमाडौं । रंगहरूको पर्व होली काठमाडौं उपत्यकासहित देशका पहाडी भू-भागमा उत्साह र उमङ्गका साथ मनाइएको छ । फागु अर्थात् होलीको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रङहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । विभिन्न ठाउँमा विशेष कार्यक्रमको आयोजना गरेर होली मनाइएको हो ।ललितपुरकाे पाटन  दरवार  कृष्णमन्दिर मा  होली विशेष कार्यक्रमको आयोजना गरिएको छ, जहाँ युवायुवतीहरु आपसमा रंग, अबीर दलेर आत्मीयता साटासाट गरिरहेका छन् । पाटन दरवारका कृष्ण मन्दिर नजिकै होली मेला लागेको छ । युवादेखि वृद्धसम्म होलीमा रमाइरहेका छन् भने कोहीले सेल्फी लिइरहेका छन् । पाटन दरवार क्षेत्रमा  होलीमा सधैं जस्तो यसपटक पनि व...
बारेकाेट जन्ते लेखमा नेपाल टेलिकमकाे फाेरजि सेवा सुचारु

बारेकाेट जन्ते लेखमा नेपाल टेलिकमकाे फाेरजि सेवा सुचारु

Breaking News, अर्थवाणिज्य, पर्यटन, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकोट । जिल्लाको बारेकोट गाँउपालिकाको जन्ते लेकमा नेपाल टेलिकमको फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा आएको छ । मंगलबार गाउपालिकाकाे  सेपूखोलामा कर्णाली प्रदेशका प्रदेशसभा सदस्य बेदराज सिंहले एक कार्यक्रमका विच टावरको उद्घाटन गर्दै फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा आएको हो । उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य सिहंले जन्तेलेकको टावर सञ्चालनमा आएपछि बारेकोट र नलगाडका जनतामा संचारको पहुँच  पुगेकोमा खुसी ब्यक्त गर्दै नेपाल टेलिकमलाई धन्यवाद दिनुका साथै अन्य क्षेत्रमा पनि टावर निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । जिल्लाका ७ वटै स्थानीय तहमा फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालन गर्ने लक्ष्य लिएको टेलिकमले जन्ते लेकमा नेपाल टेलिकमको फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा ल्याइएको र यसबाट बारेकोट गाँउपालिका र नलगाड नगरपालिकाका अधिकांश भेगका सेवाग्राही लाभ...
पाेखरा बिमानस्थल नजिकै जहाजमा चरा ठाेक्कियाे ।

पाेखरा बिमानस्थल नजिकै जहाजमा चरा ठाेक्कियाे ।

Breaking News, पर्यटन, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
९ फागुन, काडमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै उडिरहेको बेला जहाज चरासँग ठोक्किन पुगेको छ । बुद्ध एयरको जहाज विमानस्थलमा अवतरण गर्ने क्रममाचराको यति बाक्लो गतिविधि हवाई सुरक्षालाई चुनौती हो,’ उनले भने, ‘यसलाई गम्भीर रुपमा लिनुपर्छ ।’ चरासँग ठोक्किएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । फेसबुकमा ‘इस्यू ब्रो’ नामक प्रयोगकर्ताले यो भिडियो अपलोड गरेका छन् । उनले भिडियोमा उल्लेख गरेजस्तै पोखरा विमानस्थलको नजिक चराको गतिविधि अत्यधिक हुने गरेको छ । यसले उडान सुरक्षालाई चुनौती दिइरहेको छ । भिडियोमा अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताले भनेका छन्, ‘प्लेन खस्नु भन्दा त चिल नै खसेको ठिक हो नी ।’ केही प्रयोगकर्ताले पोखरा महानरगपालिकाका मेयर धनराज आचार्यलाई मेन्सन गर्दै फोहोर व्यवस्थित बनाउन जोड दिन अनुरोध गरेका छन् । बुद्ध एयरका सूचना अधिकृत दीपेन्द्र कर्णले आफूले पनि यो भ...
जुनि जन कम्युन  युग परिवर्तनको  उर्जा हाे  : महेश अधिकारी

जुनि जन कम्युन युग परिवर्तनको उर्जा हाे : महेश अधिकारी

Breaking News, पर्यटन, पुर्वाधार, शिक्षा, संस्कृति, समाचार
जीवन यस्तो रोजियो जहाँ मानवलाई जीवनभरी कुनै न कुनै रूपमा सेवा गरिरहने । जीवनमा पुग्नुपर्ने , गर्नुपर्ने, जान्नुपर्ने, विषय, क्षेत्र र स्थान असीमित छन् तर मेरो बाल्यावस्थामा निकै सुनेको, निकै चर्चा र गौरवका साथ लिने नाम जुनी, जन कम्युन, जुनी वस्ती पुग्ने नजिकबाट हेर्ने, त्यो ईतिहासको गौरवगाथा बोकेको सम्भावनाको खानी २८ औं वसन्त कुर्दै १० वर्षे महान जनयुद्धको पुर्व सन्ध्यामा त्यहाँ पुगियो । विगतमा धेरै पटक योजना बनाउँदा बनाउँदै विविध कारणले त्यो ठाउँसम्म पुग्न सकिएको थिईन । अहिले पुगियो । वर्षमा मुस्किलले ६ महिना मात्र चल्ने मोटरबाटो, विद्युतको पहुँच नपुगेको, उजाड भिरालो जमिन , गाउँमा उर्जाशिल उमेरका मानिस नभएको, पाटन लेखमा हिउँदमा हुनुपर्ने जति हिउँ नभएको दृश्यहरू अवलोकन गर्दै अगाडि बढियो । मेरो मानसपटलमा जुनी नाम, शब्द सँग छुट्टै माया, प्रेम, आस्था, विश्वास रहेको छ । जब मैले आफुले आ...