२ कार्तिक २०८१, शुक्रबार

छेडागाड न.पा.जाजरकोटले ६९कराेड,६८ लाख, ८७ हजार,७ सय ३८रुपैयाँको बजेट सार्वजनिक गरेकाे छ

जाजरकोट ।छेडागाड नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ६९ करोड बढीको बजेट प्रस्तुत गरेको छ । १४ औ नगरसभामा नगर उपप्रमुख चन्द्र बहादुर थापाले ६९ करोड ६८ लाख ८७ हजार ७ सय ३८ रुपैयाँको बजेट प्रस्तुत गरेका हुन ।

संघीय सरकारबाट प्राप्त बित्तिय समानिकरण अनुदान १२ करोड ४५ लाख, संघीय सरकार शसर्त अनुदान ३६ करोड ४४ लाख, संघीय सरकार विशेष अनुदान १ करोड, समपुरक ५० लाख, संघीय सरकार राजस्व बाँडफाँड १२ करोड ९६ लाख ४५ हजार गरी जम्मा ६३ करोड ३५ लाख ४५ हजार रहेको छ ।

यस्तै प्रदेश सरकार समानिकरण अनुदान १ करोड २५ लाख ९० हजार, शसर्त अनुदान ३ करोड ५७ लाख, प्रदेश सरकार राजस्व बाँडफाँड ९ लाख ५२ हजार ७ सय ३८ गरी ४ करोड ९२ लाख ४२ हजार ७ सय ३८ रहेको छ । यस्तै नगरपालिकाको आन्तरिक श्रोत सबै १ करोड ४१ लाख गरी आर्थिक वर्ष २०८०/०८१ का लागि उपप्रमुख चन्द्र बहादुर थापाले जम्मा ६९ करोड ६८ लाख ८७ हजार ७ सय ३८ रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । बजेटमा विशेषगरि कृषि, शिक्षा, स्वास्थ्य, राेजगारी, साँस्कृति, पर्यटन र भाैतिक पुर्वाधार निर्माणमा प्राथमिकता दिइएको छ ।

नगरसभाका प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख काली बहादुर खत्री रहेको थिए भने सभा अध्यक्षता नगर प्रमुख रत्न बहादुर खडकाले गरेका थिए । कार्यक्रमका अन्य अतिथिहरुमा माओबादी केन्द्रका केन्द्रीय सदस्य यज्ञ बहादुर खत्री, एकीकृत समाजबादीका केन्द्रीय सदस्य कृष्णबहादुर बि.सी., एमाले नगर कमिटी अध्यक्ष गणेश थापा, काँग्रेस क्षेत्रिय सभापति जनक शर्मा लगायत रहेका थिए ।