२३ भाद्र २०८१, आईतवार

थाहा छ कि ? छैन: “कविता “

लेखक : निर्मल कुमार रेग्मी

थाहा छ कि ? छैन !

छिमेकीले सिमाना सारिरहेपछि,
कुबचन, दुब्र्यबहारमा पारिरहेपछि,
बिनाकारण मुद्दा गरिरहेपछी,
बिनाकारण तारिख धाउनु परिरहेपछि,
के सोच्ला जवानले,
के गर्ला जवानले,
थाहा छ कि ?छैन !,

नलिएको ऋण तिर्नुपरेपछी,
समाजको अगाडि बेईज्जत भै गिर्नुपरेपछी,
बाबुको अपहरण गरेपछि,
आमाको चिरहरण गरेपछि
के सोच्ला जवानले?
के गर्ला जवानले?

थाहा छ कि? छैन !,

आफ्नो घर भत्काई दिएपछि,
बारीमा आगो लगाई दिएपछि,
खसी बाख्रा बलजफ्ति लिएपछि,
बन्दुकको कुन्दाले छातिमा दिएपछि,
के सोच्ला जवानले,
के गर्ला जवानले,

थाहा छ कि ? छैन !

मलामी गएका दाजुभाई मारिएपछि,
जंगल गयका दिदिबहिनी बेपत्ता पारियपछि,
पढ्न गयकि छोरी बलात्कार भएपछि,
बेहुली ‌ल्याऊन गएको छोरामाथि अत्याचार भएपछि,
के सोच्ला जवानले,
के गर्ला जवानले,

थाहा छ कि ?छैन !

आफु मालिक अरुलाई दास बनायपछि,
पराई फेल आफ्नालाई पास बनाएपछि,
जातभातको आधारमा भेदभाब गरेपछि,
कुटपिट, दुर्ब्यबहार पछि मील्न दबाब गरेपछि,
के सोच्ला जवानले,
के गर्ला जवानले,

थाहा छ कि ?छैन !
थाहा छैन भने सुन्नुहोला,
थाहा छ भने मनैमनले गुन्नुहोला,

शोसन,दमनको प्रतिकार गर्छ जवानले,
शोसक,शामन्त हरु माथि प्रहार गर्छ जवानले,
गरिब, उत्पीडित,श्रमीकहरुको बिचमा जान्छ,
क्रान्तिकारी बिचारको संचार गर्छ जवानले,
अन्यायमा परेका, अत्याचार मा परेका हरुलाई,
एकजुट बनाउछ,स्याहार सुसार गर्छ जवानले,
सहिद, बेपत्ता,घाईते परिवार हरु संग एकाकार हुदै,
दुस्मन हरुको छाति वारपार गर्छ जवानले,
नजिस्काउ,नचलाऊ,अपमान नगर बिरहरुलाई,
दिमागमा हतियार छ,उसैलाई प्यार गर्छ जवानले,
यहि सोच्छ जवानले,
यहि गर्छ जवानले,,
धन्यवाद,,,

लेखक : निर्मल  कुमार रेग्मी 

भेरि नगरपालिका १ ,कालेगाउँ, जाजरकोट