११ श्रावण २०८१, शनिबार

क्रान्तिकारी कम्युनिस्ट पार्टी, कर्णाली प्रदेश कमिटीको एकता अधिवेशन तथा प्रशिक्षण सम्पन्न

सुर्खेत । माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालकाे कर्णाली प्रदेश, एकता अधिवेशन सम्पन्न गरेको छ । पार्टीका कार्यालय सदस्य तथा पार्टी प्रवक्ता धर्मेन्द्र बास्तोला “कञ्चन”को प्रमुख आतिथ्यता र पार्टीका कार्यालय सदस्य राजवीर र दिपकको विशेष आतिथ्यतामा पार्टी कर्णाली प्रदेशले आयोजना गरेको एकता अधिवेशन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

मंगलबार सम्पन्न कार्यक्रमकाे अध्यक्षता प्रदेशका पार्टी संयोजक पल बहादुर रावतले गरेका थिय, भने सञ्चालन पार्टीका प्रदेश सहसंयोजक दीपकबहादुर शाहीले गरेका थिय।  प्रदेश सहसंयोजक प्रेम चलाउने ‘अनन्त’ ले पार्टीका दस्तावेज र केन्द्रीय सर्कुलर प्रस्तुत गरेका थियो ।

कार्यक्रममा प्रमुख अतिथि कञ्चन, विशेष अतिथि राजवीर, अतिथिहरु कार्यालय सदस्य दिपक, पार्टीका केन्द्रीय सचिवालय सदस्य चक्रपाणि शर्मा लगायतका नेताहरुले राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको चर्चा गर्दै नयाँ जनवादी क्रान्ति तथा वैज्ञानिक समाजवादी व्यवस्थाको अपरिहार्यताको विषयमा महत्वपूर्ण प्रशिक्षणात्मक मन्तव्य राखेका थिय ।

थप प्रदेश कमिटीको बैठक बसी पार्टीको केन्द्रीय सचिवालय बैठकले लिएका विचार, राजनीतिक, संगठन र संघर्षसम्बन्धी योजनाहरु कार्यान्वयनका लागि प्रदेश सदस्यहरुको कार्यविभाजन, जिल्लाका अधिवेशन लगायतका विषयहरु ठोस गरिने सम्बद्ध स्रोतले जानकारी दिएको छ ।