११ श्रावण २०८१, शनिबार

पशुचाैपायमा “लम्पि स्किन”ले सताउदा किसानलाई सास्ती

जाजरकोट ।यतिवेला किसानहरु बिहानै खेतवारिमा देखिन्छन् बैसाख देखि असार मसान्तसम्म सम्म मकैछर्ने ,राेपाई गर्ने, खेतीपातीकाे सिजन हाे, पशुमा लाग्ने “लम्पि  स्किन”’ राेगको सङ्क्रमणबाट  हजारै भन्दा बढी पशु चौपायाको मृत्यु भएको छ। भने कयाैमा सङ्क्रमण देखियर थलाेमै थला परेका छन। खेतिपातिकाे लागि गाेरु नै मुख्य किसानका सारथि हुन । एक हल गाेरुलाई पचास हजार भन्दा बढि मूल्य पर्छ ।

जिल्लाको छेडागाड नगरपालिका वडा न ६ सुवानाउलिमा अहिले जाेत्नका लागि गाेरु नै बिरामि भय पछि , कसरी खेति पाति गर्ने र भ्याक्सिन दिदा पनि राेग निकाे नहुदा  किन्नलाई पनि गाेरु नपाईने अवस्था रहेकाे स्थानीयकाे  गुनासाे रहेकाे छ।,गाउगाउमा सबैका घरमा कयाैँ पशुचाैपायहरु मरेका कयाै बिरामि परेर सिजनकाे खेतीपाती गर्न किसानलाई सास्ती भईरहेकाे छेडागाडबाट सुशील खड्काले जानकारी दिए ।