११ श्रावण २०८१, शनिबार

प्रधानमन्त्री प्रचण्ड इटलिबाट स्वदेश फिर्ता

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” इटलीबाट आज बिहान स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उनले भ्रमण सफल भएको बताए ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट’मा सहभागी हुन यही साउन ६ गते त्यसतर्फ गएका थिए । प्रचण्डले राजनीतिक उद्देश्यको निम्ति मन्त्रीहरुको राजीनामा मागिहाल्ने संस्कृति राम्रो नभएको बताएका छन् ।

शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसित उनले राजनीतिक उद्देश्यको निम्ति हत्तपत्त प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार बस्नु राम्रो नभएको र मन्त्रीहरुलाई स्पष्टीकरण राख्न दिनुपर्ने बताए ।

स्पष्टीकरण राम्रोसँग दिने मौका पनि नदिकन राजीनामा दिने भए देउ नत्र सदन चल्न दिँदैनाै भनेर पहिल्यै घोषणा गर्ने कल्चरले हामीलाई राम्रो ठाउँतिर लैजाँदैन,’ उनले भने ।