२३ भाद्र २०८१, आईतवार

एमालेकाे रकमबाट माओवादी पार्टी चलेकाे थियाे : ओेलि

काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता हुनै नसकेको बताएका छन्।आफ्नो हिसाबकिताब बुझाएनन्, रकम बुझाएनन् । एमालेको रकम लिए, एमालेको रकममा चले, एमालेको रकम खाए, पिए, सबै गरे’ ओलीले भने ।

शुक्रबार काठमाडौंमा भयकाे जनसंगठन समन्वय संयन्त्रको बैठकमा ओलीले पार्टी एकता प्रचण्डको चाहना नै नरहेको बताए ।

माओवादीसँग एकता भनिए पनि एकता हुँदै भएन’ ओलीले भने, ‘हामीले छुट्टै भेला गरेनौं । प्रचण्डले आफ्नो पार्टी जिवितै राखे । बैठक गरे ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदा एमालेकै रकममा प्रचण्ड चलेको पनि ओलीले आरोप लगाए ।

प्रचण्डले माओवादीको पार्टी कार्यालय समेत जिवितै राखेको ओलीको भनाइ थियो ।

पार्टी कब्जा गर्न नसके फेरि अलग हुनुपर्ने बुझेर प्रचण्डले हिसाबकिताब र पार्टी कार्यालय अलग गरेको ओलीले बताए ।