२३ भाद्र २०८१, आईतवार

नलगाड नगरपालिकाले ६०कराेड, ७८ लाख, २२ हजारकाे बजेट विनियोजन गरेकाे छ ।

जाजरकोट ।कर्णाली प्रदेश अन्तर्गत, नलगाड नगरपालिका जाजरकोटले आ.व.२०८०/८१का लागि ६० कराेड भन्दा बढि बजेट ल्यायकाे छ ।

शुक्रबार देखि सनिवार सम्म चलेकाे १२ ओैं नगर सभामा ६० कराेड ७८ लाख २२ हजारकाे वजेट ल्यायकाे हाे । जस अनुसार संघिय सरकारबाट प्राप्त ३१ कराेड १लाख, शसर्त अनुदान ९ कराेड २६ लाख रुपैयाँ समानिकरण अनुदान, बिशेष अनुदान ८० लाख र राजस्व बाडफाडबाट प्राप्त रकम ११कराेड ४७ लाख ७१ हजार रहेकाे छ ।

प्रदेश सरकारबाट प्राप्त रकम १कराेड १ लाख ५६ हजार समानिकरण अनुदान, ३कराेड ६ लाख ९५ हजार शसर्त अनुदान, १कराेड २५ लाख समपुरक अनुदान,गत वर्षको माैज्दात ६० लाख र  १ कराेड ५ लाख आन्तरिक राजस्व संकलन गर्ने गरि नगर उप प्रमुख सरिता सिंहले उक्त वजेट नगरसभामा प्रस्तुत गरेकि हुन ।

बजेटमा विशेष गरि कृषि , शिक्षा ,स्वास्थ्य,राेजगारी, साँस्कृति,पर्यटन र भाैतिक पुर्वाधार निर्माणमा प्राथमिकता दिईयकाे छ । कृषि उपजका लागि शीतगृह निर्माण गरि कृषि एम्बुलेन्स संचालन गरिने नगरले बजेटमा उल्लेख गरेकाे छ ।साँस्कृति तथा पर्यटन तर्फ नलगाड साँस्कृतिक महाेत्सवका लागि ५ लाख र लाेक साँस्कृति पहिचान, संरक्षण र प्रचारप्रसार गर्न ३ लाख बिनियाेजन गरियकाे छ ।  सामाजिक बिकाश तर्फ ८० लाख रुपैया विनियोजन भयकाे छ,शैक्षिक क्षेत्रलाई गुणस्तर बनाउन ४० लाख विनियोजन भयकाे छ, विशेष श्राेत कक्षा संचालन र ब्यवस्थापनमा १० लाख , नगर प्रमुख खेलकुद प्रतियोगिताका लागि १० लाख विनियोजन र बालबिकाश शिक्षकलाई १५ हजार तलब दिने ब्यवस्थापन गरिने बताईयकाे छ।

विपन्न नागरिक र दिर्घराेगिहरुलाई सहायताका लागि २० लाख रुपैयाकाे आकष्मिक काेषकाे ब्यवस्था गरियकाे छ । न्यायिक समितिका लागि १० लाख र सामाजिक न्यायका लागि १२ लाख ब्यवस्थापन गरियकाे छ । नगरपालिकाले पुर्वाधार तर्फ १ कराेड ८० लाख बिनियाेजन गरियकाे र संघिय र प्रदेश सरकार तथा अन्य विभिन्न निकायसंग साझेदारीमा आयाेजना म्याँचिङ्का लागि १ कराेड ४० लाख समपुरक रकम विनियोजन गरियकाे  उप- प्रमुख सिंहले बताईन ।

त्यस्तै सुशासन तथा सार्वजनिक सेवा प्रवाहक्षेत्रमा २५ लाख, वातावरण विपत ब्यवस्थापनमा ४० लाख ,नगर रेडक्रस साेसाईटिकाे भवन निर्माणका लागि १२ लाख ,प्राकृति तथा गैर प्राकृतिक प्रकाेपका कारणले मर्मत गर्नु पर्ने आयाेजनाहरुका लागि ९०लाख काेष ब्यवस्थापनमा बिनियाेजन गरियकाे नगर प्रमुख डम्बरबहादुर रावतले बताय।

संघिय सरकारका उर्जा जलश्राेत तथा सिचाइ मन्त्री शक्ति बहादुर बस्नेत र कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा याेजना मन्त्री वेद राज सिंहले गमलामा पानी हालेर शुक्रबार बाह्रौं नगर सभा उद्घाटन गरेका थिय।