११ श्रावण २०८१, शनिबार

अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन उद्घाटन गर्न प्रधानमन्त्री दाहाल पुगे खप्तड

धनगढी ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड  सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल  खप्तड पुगेका छन् ।

खप्तडको गङ्गा दशहरा मेला उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड सुर्खेतको वीरेन्द्रनगरबाट नेपाली सेनाको हेलिकप्टरमा खप्तड गयका हुन् । उक्त मेला खप्तड राष्ट्रिय निकुञ्जमा आयोजना गरिएको छ । निकुञ्जले बझाङ, बाजुरा, अछाम र डोटी जिल्लालाई ओगटेको छ।

प्रधानमन्त्री प्रचण्डसँगै पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पराराष्ट्रमन्त्री एनपी साउद, नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकलगायत नेता पनि खप्तड पुगेका हुन । यसअघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, प्रदेशका मन्त्रीलगायतका प्रदेशका नेताहरु पनि खप्तड गयका थिय।

खप्तड क्षेत्रमा पहिलो पटक आयोजना गरिएको अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनमा भाग लिन भारतीय योगगुरु बाबा रामदेव, पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्ण लगायत मंगलबार हेलिकप्टरमा खप्तड पुगेका छन् । सम्मेलनको पहिलो दिन मंगलबार बाबा रामदेव र त्यसपछिका दुई दिन आचार्य बालकृष्णले योगा गराउने कार्यक्रम रहेको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर सिंहले जानकारी दिए ।