११ श्रावण २०८१, शनिबार

रिटर्नी फेडरेशन नेपाल जाजरकोटकाे संयाेजकमा :नरेश थापा

जाजरकोट । नेकपा एमालेकाे कान्छाे संगठनका रुपमा स्थापित रिटर्नी फेडरेसन नेपाल जिल्ला समिति जाजरकोटकाे संयाेजक नरेश थापा रहने गरि ९ सदस्यीय जिल्ला कमिटि गठन भयकाे छ।

मंगलबार सदरमुकाम खलंगा स्थित पार्टी कार्यलयमा प्रथम भेला गरि थापालाई संयोजकमा चयन गरेकाे हाे , सदस्यहरुमा गणेश वलि , मिलन चनारा, ऐन बहादुर बिष्ट, हिरामुस्कान बटाला , ज्ञान ब सिंह, गाैरव शाह, किष्मत केसि र कर्ण बहादुर सिंहलाई चयन गरेकाे छ ।पार्टीका जिल्ला उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष गाेपाल बटालाकाे अध्यक्षतामा भयकाे भेलामा काैशिला खत्रि ,( शाही)लगायत जिल्लाका नेताहरुकाे विशेष उपस्थितिमा भेला सम्पन्न भयकाे थियाे ।बैदेशिक राेजगार पछि स्वदेश फर्केर बसिरहेका युवा-युवतिहरुकाे ज्ञान, सिप र दक्षतालाई संस्थागत गर्न र स्वदेशमै राेजगारी सिर्जना गरि आत्मनिर्भर बन्नका लागि  याे रिटर्नि फेडरेशन नेपालकाे गठन गरियकाे नेकपा एमालेका युवा नेता तथा जिल्ला पार्टी उप सचिव गाेपाल नेपालीले बताय । अहिले प्रत्येक पालिकाहरुमा प्रतिनिधित्व हुने गरि तदर्थ समिति बनेकाे र निकट भबिस्यमै भेला गरि कार्यकरी समिति निर्माण गरिने नेता नेपालीले बताय ।
केन्द्रमा पनि २०७९ पुसमा केन्द्रीय तदर्थ समिति गठन गरि चन्द्र बहादुर राेकायलाई चयन गरि पुन: २०७९ चैत ११, १२ गते प्रथम भेलाबाट उत्तम अधिकारीलाई संयाेजकमा चयन गरि केन्द्रीय कमिटी निर्माण गरियकाे थियाे ।