२३ भाद्र २०८१, आईतवार

कविता

बिरानाे शहर

बिरानाे शहर

कविता, समाचार
बिरानो शहर पुर्खाहरु ले भन्ने र सुन्ने गरेको शहर मेरो पौज भन्दा धेरै टाढा ठानिएको शहर । गाउका लज्जाउने र शहरका ले गिज्याउने प्रचलनै बसालिएको मेरो शहर ठुला ठुला अपरिबर्तनिय पर्खालहरु भत्ताउदै रोल्पाको झुपडी बाट ढाडमा हसियाँ र कटी भिरेर निस्क्यो र भन्यो महिले नचिनेको र बिरानो शहर खै ? उस्लाई कस्ले के भने ईतिहास भैसक्यो तर उस्ले जे चाहेको थियो त्यो पूरा भएर छाड्यो । गाउर शहरको अपत्यारिलो भेद मेटिने दिशामा उद्दत छ । गाउमा रहेका शोषणरुपी कुरुप अनुहारहरु शहरका गल्ली गल्ली चोक चोकमा छन त्याहाँ गरिबी छ याहाँ गरिबी छ हुदाहुदा नियाले हेर्दा त्याहाँ भन्दा याहाँ पो बढी छ । बहुजाती बहुभाषा बहु सस्कृती को धनी मेरो शहर साझा फुलबारीका थरिथरिका फुलहरुलाई एउटै मालमा उईनिएर पहिरने ईक्छा राख्दछ उड्ने गुड्ने र भारी बोक्नेहरुको दिनचर्यामा समानता को संसार बनाउने ध्याय राख्छ मेरोशहर हिमालक...
सहिद राष्ट्र नायक हुन ।

सहिद राष्ट्र नायक हुन ।

कविता, राष्ट्रिय, विगन्यूज, विचार, शिक्षा, संस्कृति, समाचार
सहिद राष्ट्र का नायक हुन । सहिद त महान हुन ।। जिवनकाे प्रवाह नगरि, समयकाे वेगवान गति संगै, परिस्थितिकाे अपरिहार्यता संगै, शिरमा कफन बाँधेर, काधमा राईफल भिरेर, अन्तिम प्रण रहुन्जेल, थाेपा रगत चुहुन्जेल, लडिरहने ती सहिद राष्ट्रका नायक हुन । भिडिरहने ती सहिद हाम्रा प्रतिबिम्ब हुन । बिरता र काैशलता संगै, शाहासि र विवेकता संगै, बैरिका किल्ला खालि नहुन्जेल, पन्चायत , बहुदल र सामन्तले, थलाे नछाेडुन्जेल, भाेकै र अनिदाे रहि, कुदिरहेका , भिडिरहेका, ती ,,सहिद सबैका प्रेरणादायी हुन । ती ,,सहिद सबैका उत्तरदायी हुन । रगतकाे आहलमा पाैडिदै , बम बारुदकाे धुँवामा माैलिदै , सामुहिक भावनाले ओेतप्राेत , बर्गिय मायामा बाँधियर , धावा बाेल्दा- बाेल्दै , मैदानमै कुर्वानि गर्ने , ती सहिद समाजवादका दाता हुन । ती सहित साम्यवादका छाता हुन । सहिद महान छन । सहिद राष्ट्रका न...
सपनाहरु त आगाे हुन ….

सपनाहरु त आगाे हुन ….

कविता, शिक्षा
सपनाहरु त आगो हुन्, आगोले पोल्छ, सपना लत्याउन खोज्नेको मृत्यु दर्दनाक हुन्छ । ११ रगत बगाएर जिवित बनेका शहिद बोले उनका साथी बोले समाज र देश पनि बोल्यो उनि सँगै उनको समाज संगै । एउटै स्वर भएका, श्रमजिवि,सर्बहाराहरु, भुमीहिन र भुमिका बिहिनहरु आत्मसम्मान खोज्दा खोज्दै प्रदेश पुगेका देशप्रेमी बोले मान्छेहरुको भिड्बाट मसानघाटको नजिक बाट चिता भित्रको लास बोल्यो जेल भित्रका कैदी बोले खबरदार सपना लत्याउन खोज्नेको मृत्यु दर्दनाक हुन्छ । देउडा र हुड्केउली बाट सिङ्गारु र टप्पा बाट ख्याली र सोरठिहरु बाट पन्चेबाजा र सेलोको बाटो हुँदै मधेसका अप्ठ्याराहरु बोले रगत(पसिना छर्किदै छिमेकी ऐठ्यायर साध(सिमा जोगाउनेहरु बोले पहाडीया चिन्तनको बाहुलिबाट खपी नसक्नुको छोइ नसक्नुको अपमान भोगेकाहरु आफ्नै आँगनमा आजादी कल्पिरहेकाहरु कथा कविता र अक्षरहरुबाट निर्धक्क बोल्न थाले खबरदार सपना ल...
यसकारण अवज्ञाको भागीदार छ राष्ट्र र राष्ट्रियता नै होमिने ‘महायज्ञ’ समय समीक्षा

यसकारण अवज्ञाको भागीदार छ राष्ट्र र राष्ट्रियता नै होमिने ‘महायज्ञ’ समय समीक्षा

कविता, मनाेरन्जन, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार
समय बाङ्गोटिङ्गो र अस्वाभाविक रूपमा बहिरहेको छ । आफू माओवादी हौँ भन्दै कम्युनिस्टको झन्डा बोकेर हिँडिरहेका हिजोसम्मका ‘कमरेड’ हरू आज काङ्ग्रेसको चारतारे झन्डा बोकेर ‘जय नेपाल’ भन्दै हिँडिरहेका छन् । त्यस्तै केही समयअघिसम्म दुस्मन सत्ताविरुद्ध लड्दा जङ्गलको एउटै ध्वान्द्रोमा रात बिताएका कमरेडहरू ज्यानी दुस्मन बनेर अर्को कमरेडमाथि साङ्घातिक आक्रमणमा उत्रिएका छन् । एकातिर दलाल पुँजीवादी सत्ता चुनाव अवज्ञा पोस्टर टाँस्ने क्रान्तिकारीहरूमाथि आक्रमण गरिरहेको छ र अर्कातिर हिजोसम्मका वर्गमित्रहरू नै क्रान्तिकारीमाथि धावा बोलिरहेका छन् र भनिरहेका छन्– कपिलवस्तु आक्रमण त कास्टिङ मात्रै हो, अझै ठोकिन्छ, हानिन्छ । धर्मेन्द्र–सुदर्शनहरूले संसदीय सुधारवादी करार गरेर आफूहरूलाई निष्कासन गर्नु र क्रान्ति अघि बढाउनु विप्लव समूहका लागि असह्य बनेको छ । त्यसैले संसदीय चुनावमा जान नपाएको झोक नेकपा (बहुमत) का...
याे शहरमा

याे शहरमा

कविता
याे सहरमा झूट मूल्यवान् हुन्छ सत्यको लिलामी हुन्छ न्याय बन्धक बनाइन्छ अन्याय स्वतन्त्रतापूर्वक विचरण गर्छ घृणाको आगोमा जलेर प्रेम खरानी हुन्छ सहरको कोलाहललाई समेत मात दिँदै साइरनको गुन्जायमान ध्वनिले आमजनलाई त्रसित पार्दै शासकहरूको सवारी हुन्छ मान्छेले आफ्नो सबै आत्मस्वाभिमान बन्धकी राखेर आफैँलाई बेच्छ– देश बेच्छ र लम्पसार पर्छ भनेर साध्य नहुने अरू नि धेरै थोक हुन्छ नि महोदय यो सहरमा ! यो सहरमा नहुने त केवल गरिखानेहरूका लागि एउटा कुना नसिब हुँदैन खाडी पस्न लागेको युवाको आँसुको कुनै मोल हुँदैन साहूले सताएका किसानको रुवाइ र चिच्याहटको कुनै सुनवाइ हुँदैन सर्वस्व त्यागेर अन्यायका विरुद्ध लड्न हिँडेकाहरूलाई कसको साथ हुँदैन ! यस्तै हो संवेदनहीनताले भरिएको यो सहर जहाँ आमजनका न्यायपूर्ण आवाजहरू विलोप पारिदिने कर्कश ध्वनिको कोलाहल मात्रै छ !!...
ब्युँझ, अब त ब्युँझ

ब्युँझ, अब त ब्युँझ

Breaking News, कविता, राष्ट्रिय, विगन्यूज, समाचार
उद्देश्य देखिएन पटके निर्वाचनको बदलिएन अनुहार सत्ता र सिंहासनको कुनै परिवर्तन ल्याउँदैन निर्वाचनले विद्रोह गर्नैपर्छ भोका–नाङ्गाहरूले रक्तरञ्जित परिवर्तन माग्दैछ फेरि एकपटक समयले । ब्युँझ, अब त ब्युँझ कवि, कलाकार, गुरु, विद्यार्थी ब्युँझ मजदुर, किसान, हरुवा, चरुवा ब्युँझ पद, पैसा र शक्तिका अगाडि झुक्न, बिक्न, लम्पसार पर्न होइन दुर्जनलाई सज्जन देखाउन पनि होइन गरिब, दुःखीको सारथि हुन ब्युँझ अझ सशक्त क्रान्तिको ज्वाला दन्काउन ब्युँझ ब्युँझ, अब ब्युँझ कलमका पण्डित ब्युँझ सूदखोरको तमसुक लेख्ने मतियार मात्र होइन कलम कलम शब्दको दीपशिखा हो उज्यालो फैलाउने अग्निज्वाला हो कलमले आगो ओकल्न सक्नुपर्छ भ्रष्टलाई भ्रष्ट नै लेख्न सक्नुपर्छ जति लेख्यौ, अपूरो भो अब पूरा लेख विद्रोही बन्दुकको कानुन लेख गाउँगाउँमा दन्किएको आगोको आवाज लेख छातीमा दागिएको गोलीको चित्कार लेख छरपस्...