११ श्रावण २०८१, शनिबार

चिहानकाे खाेजि :पवित्र राना (विनय )

लेखक : पवित्र राना ( विनय )

चिहानको खोजी !!!

युद्धको राप सेलायो,
कल्पना भित्रका समाजबादको
मान्छेहरु शहर पसे
अनि समय शुन्य बन्यो ।

कतै कतै त्रासका बाछिटाहरुले
धमिल्याउथे मस्त सुतिरहेका
समुन्द्रका तरङ्ग हरुलाई
क्रम भंङ्ग हुन्थ्यो बगरेहरुको मन
फेरि लुकाउन खोज्थे हिटलरको स्वभाव ।

सुनौलो सपनाका आशा बोकायर
अबोध बुद्दीहरुलाई
गरिबका झुपडीहरुलाई
निमुखा मनहरुलाई
असरल्ल छोडे
चिहानका भट्टीहरुमा ।

कति धेरै खोजे
भक्खरै जिबनको पोथ्रा पलाएका
भोलिको आस गरेर बाँचेका
निर्दोष आत्माहरुलाई
कतै भेटेन र देखेन पनि ।

बारुदले मरेका जुवाहरु
लन्चरले भक्नाअबशेष भित्ताहरु
सबै सबै उदीने
बाजे बसेको घाम थारी
बसन्त तुहिएर झोक्राएको
वर र पिपल चौतारी
अँधेरी खोलाको पातलंगा
जहाँ तही छाँद मारे
कतै भेटेन र देखेन पनि ।

छोरा छोरी फर्कने आशामा
हेर्दा हेर्दै बार्दलीका दल्यानहरु
कुहियर गली सके
सालघारीका केही
आदिवासी रुखहरु ढलीसके
बुईगलका एक जोडी परेवाहरुले
कयौ जुनि फेरि सके
माटो बोक्दा बोक्दै
कुमालकोटी र गौंथलीले
हिले खालीको हिलो सुक्यो
तर
कोही भेटिएनन् र फर्किएनन् पनि ।

अब
रक्तसंग्रामका नायक खल नायक
सासकहरुलाई
सोध्नु छ,
खोज्नु छ तिनीहरुको डायरिमा
बेपत्ता मान्छेहरुको जिबनी
यदी कुनै जबाफ फर्कियन भने
अब त अबश्य
प्रक्षेप गर्ने छौ बिद्रोहका गोलाहरु।।

(शसस्त्र युद्धको बेला बेपत्ता पारियका याेद्दाहरुको सम्झनामा )

पबित्र राना (बिनय)
हाल गुलरिया ८ सुरजपुर बर्दिया