११ श्रावण २०८१, शनिबार

अखिल नेपाल जनसाँस्कृतिक महासंघद्वारा २५ ओै साँस्कृतिक प्रतिरोध दिवस समपन्न

काठमाडौं । नेकपा बहुमत निकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय समितिले आइतबार काठमाडौँकाे  संवाद डबलीमा २५ औँ सांस्कृतिक प्रतिरोध दिवसका मनायकाे छ।

महासंघले २०५५ साल चैत ५ गते काभ्रेपलान्चोक जिल्लाकाे अनेकाेटमा तत्कालीन राज्य पक्षवाट  प्रगतिशील र क्रान्तिकारी सात जना जनकलाकारहरुकाे सामुहिक हत्या काे स्मृतिमा प्रतिरोध दिवश मनाउदै आईरहेकाे छ  ।

२०३८ सालमा पारिजात काे नेतृत्वमा स्थापना भयकाे जन साँस्कृतिक महासंघ २०४८ सालमा कृष्ण सेन ई्च्छुकले नेतृत्व समाले पछि महासंघ क्रियाशिल हुँदै विभिन्न उत्तारचढापकाे बिचवाट आज ४१ ओैँ वर्षमा आईपुगेकाे र  हाल सम्मा महान साँस्कृतिक याेद्दा कृष्णसेन इच्छुक ,हष्त बहादुर शाहि , च्याङवा लामा , चुनु गुरुङ , जयन्ता घर्ती रमा  लगायत १सय ७० जना भन्दा बढि साँस्कृतिक कर्मिहरुले  बलिदान गर्नुभयकाे र उहाहरुकाे स्मृतिमा उहाहरुका सपनाहरूकाे सिढि निर्माणका लागि याे प्रतिरोध दिवश मनाउने गरेकाे र अनेकाेट घटनाको २५ ओैं वर्षकाे याे अवसरमा दिवश मनाउन लागियकाे  महासंघका अध्यक्ष तथा कार्यक्रमका संचालक अध्यक्ष  खेम थपलियाले बताए ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा बहुमत का संयाेजक धर्मेन्द्र बास्तोला कन्चन , केन्द्रीय सदस्य गुणराज लाेहनि , बरिष्ट पत्रकार तथा राजनीतिक बिश्लेषक नरेन्द्र जंग पिटर र विभिन्न जवस माेर्चाका प्रमुख , कवि कलाकार र  पत्रकारहरुकाे सहभागी रहेकाे थियाे ।

कार्यक्रम मा बाेल्दै पार्टी संयाेजक बास्तोलाले भने आफूहरू बलिदान भएर पनि सहिदका सपना पूरा गरेरै छोड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कञ्चनले अवसरवादी र संशोधनवादीहरूले महान् जनयुद्धका सहिदका चिहानलाई पनि भागबन्डा र व्यापार गरेको भन्दै नेकपा (बहुमत) मात्र सहिदका सपना पूरा गर्न क्रान्तिमा लामबद्ध इमानदार मालेमावादी पार्टी भएको धारणा राखे ।
चिनियाँ पुँजीवादले महान् माओको तस्बिरलाई तासको बादशाहका रूपमा समेत प्रयोग गरेर व्यापार गरिरहेको सन्दर्भ राख्दै संयोजक कञ्चनले सहिद कहिल्यै भागबन्डा नहुने, तिनका सपना पूरा नहोउन्जेल संशोधनवादी र अवसरवादीलाई सताइरहने र क्रान्तिकारीहरूलाई ऊर्जा र प्रेरणा दिइरहने प्रस्ट पारे । क्रान्ति सम्पन्न भएपछि सहिदका चिहानहरू व्यापारीकरण हुनबाट रोकिने धारणा राख्दै संयोजक कञ्चनले भने, ‘माओवादी नामका अरू पार्टीभित्र रहेका क्रान्तिकारीहरूले पनि सहिदको चिहानको व्यापार बन्द गर्न र क्रान्तिकारी आन्दोलनका लागि क्रान्तिकारी एकता र ध्रुवीकरणका लागि पहल गर्नुपर्छ ।’

पेरिस कम्युनका कम्युनार्डहरूले जस्तै आफ्नो वर्गका लागि सम्झौताविहीन सङ्घर्ष गर्ने र प्रतिरोध तथा बलिदानको बाटो रोज्ने अनेकोटका महान् सहिदहरूले रोजेको बाटो क्रान्तिकारीहरूका लागि स्वीकार्य रहेको पनि पार्टी संयोजक कञ्चनले बताए । माओले एक देशमा एउटा मात्र कम्युनिस्ट पार्टी हुन्छ भनेको सन्दर्भ दोहोर्याउँदै संयोजक कञ्चनले नेपालमा कम्युनिस्टको व्यापार बढेको र आफूहरूले क्रान्तिकारी ध्रुवीकरणको माध्यमबाट त्यो व्यापार बन्द गरिदिन लागेको पनि बताए । नेकपा (बहुमत) ले विशिष्ट प्रकारको समाजवादी संस्कृति निर्माणका लागि आह्वान गरेको स्मरण गराउँदै कञ्चनले कम्युनिस्ट पार्टीको नेतृत्वका सीमा र समस्याहरूको खुला आलोचना नगरिए पोलपोट र चाउचेस्कु जन्मिने खतरा रहिरहने प्रस्ट पारे । आफूहरूले प्रचण्डका विचार र कार्यशैलीको समयमै आलोचना गर्न नसक्दा उनले सिङ्गो आन्दोलनलाई नै अवसरवाद र संशोधनवादमा पतन गराउनेतिर लगेको भन्दै संयोजक कञ्चनले सबै प्रकारका वर्गविभेद गर्ने उत्पादन सम्बन्धको अन्त्य नभएसम्म, वर्गविभाजनबाट उत्पन्न सामाजिक सम्बन्ध अन्त्य नभएसम्म, जनतामा समाजवादी संस्कृति स्थापित नगरेसम्म राजनीतिक–सांस्कृतिक प्रतिक्रान्तिको खतरा रहिरहने पनि बताए । यति बेला सत्तामा नभएर माओवादी आन्दोलनमा प्रतिक्रान्ति भएको प्रस्ट पार्दै उनले क्रान्तिकारी मालेमावादी पार्टीहरूबीचको एकता र ध्रुवीकरणले क्रान्तिलाई नयाँ शिराबाट अघि बढाएर सार्थक निष्कर्षमा टुङ्ग्याइने पनि बताए ।

वाम विश्लेषक एवम् युद्धपत्रकार नरेन्द्रजङ्ग पिटरले सहिदका सपना र चिहानहरू भागबन्डा गरिनु नहुने बताए । जनयुद्धमा भएका कारबाहीहरूलाई अपराध कायम गर्दै सिंहदरबारवरिपरि घुमिरहेका प्रचण्ड वा कुनै एकाध पात्रहरूमाथि लाद्ने विषय सही नभएको र जनयुद्धको एक योद्धा हुनुको नाताले आफू र अरू माओवादी पनि त्यसको भागीदार रहने उनको भनाइ थियो।

अनेकोटमा बलिदान गर्नेलगायत सम्पूर्ण सहिदहरूको सपना पूरा गर्न माओवादी आन्दोलनबाट आएका सबै क्रान्तिकारीहरू एक भएर सडकमा उत्रिनुपर्ने पिटरले बताए । ‘के हामी बहुलाएर माओवादी बनी जनयुद्धमा हिँडेका थियौँ ?’, प्रश्न गर्दै वामपन्थी बुद्धिजीवी पिटरले भने, ‘मभन्दा बढी नैतिकवान् पात्र मात्र मेरो नेता हुन सक्छ, अरू कोही हुन सक्तैनन् । त्यसैले अहिले म स्वतन्त्र छु । सहिदका सपना पूरा हुनुपर्छ र त्यसका लागि क्रान्तिकारीहरू एक भएर अघि बढ्नुपर्छ भन्ने मेरो दृढ मान्यता छ । सहिदको स्मृति पनि एक भएर गर्नुपर्छ । विभाजित हुनु भनेको आन्दोलनमा क्षति पुग्नु हो ।’

नेकपा (बहुमत) का केन्द्रीय कार्यालय सचिव गुणराज लोहनीले जनयुद्ध निर्मित प्रतिरोध संस्कृतिको महत्वको चर्चा गर्दै सुप्रिमाे शिर्षककाे जनवादी कविता वाचन गरे ।
नेकपा (बहुमत) केन्द्रीय प्रचार, प्रसार तथा प्रकाशन ब्युरो संयोजक अशोक सुवेदीले २५ वर्षअघि अनेकोटमा सातजना निहत्था कलाकारले सशस्त्र प्रहरी जत्थासँग गरेको प्रतिरोध र बलिदानले जनयुद्ध अवधिभर र आजसम्म पनि क्रान्तिकारीहरूलाई ऊर्जा दिइरहेको बताए । प्रतिरोध संस्कृति क्रान्तिकारीहरूको नयाँ संस्कृतिका रूपमा विकास भएको र त्यसैले इच्छुक, चुनु, मस्त, शारदालगायत एक सय साठीभन्दा बढी सांस्कृतिक सहिद जन्माएर देश, जनता र श्रमिक वर्गको समस्या जनसमक्ष पुर्याउन सहयोग पुर्याएको उनले बताए ।
अनेकोटमा सातजना कलाकारको बलिदानको प्रकृति र त्यसको सन्देशका बारेमा धारणा राख्दै संयोजक सुवेदीले संशोधनवादीहरूमाथिको सङ्कटमा क्रान्तिकारीहरू मलामी जान नहुने र सहिदका सपना साकार पार्न पेरिस कम्युन, मकैको खेतीका कृष्णलाल अधिकारीदेखि दोरम्बासम्मका विद्रोह र बलिदानलाई ऊर्जा दिने बताए । सांस्कृतिक मूल्य विघटन हुँदै पतनको पराकाष्टा झेलिरहेको आन्दोलनमा प्रतिरोधी र बलिदानी चेतना र क्षमता निर्माण गर्न अनेकोटको बलिदानले प्रेरित गरिरहने बताए ।

कार्यक्रममा पार्टी नवौँ महाधिवेशन आयोजक समितिका सदस्यहरू देवकला अधिकारी, विनोद थापा, हरि श्रेष्ठ, सल्लाहकार समितिकी सदस्य पवित्रा फुयाललगायले बलिदान दिवसको महत्वका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा खेम थपलिया, पार्टी सल्लाहकार समितिका सदस्य ढुण्डीराज अधिकारीले दुईवटा जनवादी गीत र एउटा कविता तथा अग्निराज पौडेल ‘अराप’, रोजन रखाल, रणबहादुर विक, रामबहादुर सिंह ‘रेडियम’ लगायतले माक्र्सवादी कविता वाचन गरेका थिए ।