२३ भाद्र २०८१, आईतवार

भेरि ज्ञानाेदय क्याम्पस जाजरकोटमा नेविसंघका प्रकाश सिंह विजयी

जाजरकोट । मध्यपश्चिम विश्वविद्यालय अन्तरगत आंगिक क्याम्पसका रुपमा सदरमुकाम खलंगामा रहेको जाजरकोटकाे पहिलाे क्याम्पस भेरी ज्ञानोदय बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा  नेपाल बिद्यार्थी संघका प्रकाश सिंह विजयी भयका छन ।आईतबार भएको निर्वाचनमा सिंहले ११० मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका प्रतिस्पर्धी अनेरास्ववियूका छविराज सिंहले ८० मत प्राप्त गरेका छन् । एकीकृत समाजवादी निकट अनेरास्ववियूका प्रेम विश्वकर्माले ४० मत प्राप्त गरेका छन् । यस्तै सचिवमा अखिल क्रान्तिकारीका भुपेन्द्र नेपाली निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी अनेरास्ववियूका मालबहादुर सिंहले ६१ मत प्राप्त गरेका छन् । एकीकृत समाजवादी निकट विद्यार्थी संगठनका पुष्पराज वलीले ५१ मत प्राप्त गरेका छन् ।
कोषाध्यक्षका अखिल क्रान्तिकारीका विनोद राज गोसाई निर्वाचित भएका छन् । उनले १२९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी प्रतिमा खत्रीले ७१ मत ल्याएकी छन् । सदस्यहरुमा यूवराज सिंह र रमेश जैशी निर्वाचित भएका छन् । सिंहले १४२ मत प्राप्त गरेका छन् भने जैशीले १११ मत ल्याएर विजयी भएका हुन् ।

सदरमुकाम खलंगामा रहेको क्याम्पसमा नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारी वीच चुनावी तालमेल भएको थियो । वाम लोकतान्त्रिक गठबन्धनको पुरै प्यानलै विजयी भएको निर्वाचन अधिकृत भिमेनन्दनाथ योगीले जानकारी दिए ।