भर भराउदो जिबनको एक साँझ
अध्यारो छिपीदै गर्दा
झ्याउकिरीको बासस्थान हुँदै
लुसुक्क झोला बोकेर
गाउँ देखि बिदा भए
घर देखि बिदा भए
परिवार देखि बिदा भए
अनिश्चित सपना बोकी
आफ्नै दुनियाँ देखि बिरानो भए /
मुक्ति र मृत्युको संगित बजाउने
हारमोनियम बोके
मादल र बाँसुरी बोके
भिमदत्त र कामी बुढाको
बिरताको गाथा बोके
सुनमायाँ र मनमायाँको
बिधुवाको आँसु बोके
बारुद र संगिनको बहादुरी बोके
बोकीरहे अनिश्चित सपनाका ताँतीहरु /
साम्यबादको थाती बैदाङग
झोलामा बोकेर
प्रतिरोधको डाईनामेट बनी
होलेरी बेथान हुँदै
सोलु सल्लेरी भिमान हुँदै
सदबरिया र सतिपोलेमा दौडिए
अरुण तमोरको किनारा हुँदै
सेती र भेरीका छालहरुमा दौडिए
शैपाल रमका सिस्ने हिमाल हुँदै
धौलागिरी र जलजलाका
शिर हरुमा दौडिए
दौडिरहे अनबरत
अनिश्चित सपना बोकी /
जन समरको यात्रामा
अनिश्चित सपना बोकेका
सयौ सहयात्री कमरेडहरु अस्ताए
नयाँ जनबादको आसामा
सुनौलो भबिश्य पर्खी बसेका
थबाङ कि आमाहरु
जनयुद्धकी बिधुवाहरु
बलिदानकी मनसराहरु
शहिदका सपना हरु
सबै सबै अस्ताए /
उहीँ पुरानो बार्दली
बारुदले जलेका दल्यानका तल
बेवारिसे पल्टिरहेको जिन्दगी
अनिश्चित सपनाको
जाल मै बल्झिरहेको छ
अब न उ संग
कृष्ण सेन र जितहरु छन
न उ संग
बादल र प्रचण्डहरु छन
एक्लो छ बिल्कुल एक्लो
न नयाँ यात्राको सम्भब छ
केवल अनिश्चित सपनाले
बेरिरहे बेरिरहे बेरिरहे /
पबित्र राना (बिनय )
हाल गुलरिया ८ बर्दिया