११ श्रावण २०८१, शनिबार

जाजरकोट कुशेमा गर्भवती र बिधुवा महिलासंग उपाध्यक्ष कार्यक्रम सम्पन्न

जाजरकोट । कुशे गाउँपालिकामा  गर्भवती र बिधुवा महिलासंग उपाध्यक्ष कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाले आर्थिक बर्ष २०७९/०८० का लागि तय गरेको  गर्भवती र बिधुवा महिलासंग उपाध्यक्ष कार्यक्रम सम्पन्न भएको हो ।

गाउँपालिकाका ९ वटै वडामा रहेका दिदी–बैनीसंग भेटघाट गरेर “ गर्भवती र एकल महिलासंग उपाध्यक्ष कार्यक्रम” सम्पन्न गरेको उपाध्यक्ष देविका सिंह आरसीले जानकारी दिएकी छन् । उपाध्यक्ष सिंह आरसीले दिएको जानकारी अनुसार गाउँपालिकाका ९ वटै वडामा रहेका ६० बर्षमुनिका २८६ जना एकल महिलालाई न्यानो सउल वितरण गरिएको छ । त्यसैगरी ९ वटै वडामा रहेका प्रति बिधुवा तथा गर्भवती महिलालाई ३ लिटर खाने तेल, ३ पोका आयोडिनयुक्त नुन, ३ चक्की सावुन र १ नङकट वितरण गरिएको उपाध्यक्ष सिंहले बताएकी छन् । महिला दिदी–बैनीहरुको घरमा आफै पुगेर उक्त सामाग्री वितरण गरेकी उपाध्यक्ष सिंहले वितरण गरेर मौजदात रहेको सबै सामाग्री सम्बन्धित वडामा कार्यरत कर्मचारी र वडाका जनप्रतिनीधिको जिम्मामा छोडेको जानकारी दिएकी छन् ।

गर्भवती र बिधुवा महिलाहरुको पीडा र दुखेको मनलाई थोरै भएपनि सान्त्वना दिन तथा भेटघाट गर्न र उनीहरुको अबस्था पहिचान गर्नलाई सहज बनाउन  गर्भवती र एकल महिलासंग उपाध्यक्ष कार्यक्रम तय गरिएको उपाध्यक्ष सिंहले बताईन् । एकल महिलाको लागि आगामी दिनमा गाउँपालिकाले आयआर्जन सम्बन्धिका कार्यक्रमलाई प्राथमिकतामा राख्ने योजना रहेको उपाध्यक्ष सिंहले बताईन् । नवजात शिशु र मातृत्व सुरक्षाका लागि संस्थागत सुत्केरी, नियमित गर्भ जाँच, बृद्धि अनुगमनलाई नियमित गराउन गर्भवती तथा सुत्केरीसंग उपाध्यक्ष कार्यक्रमले मद्धत गर्ने उपाध्यक्ष सिंहले विश्वास व्यक्त गरेकी छन् । कार्यक्रम पछि लाभान्वित सबै महिला दिदी बहिनिहरु हर्षित भयका छन ।र कार्यक्रम प्रभावकारी भयकाे सबैकाे सुझाव रहेकाे छ।