११ श्रावण २०८१, शनिबार

सि जातिकाे अवधारणा बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी बिप्लव निकट श्रमिक समुदाय माेर्चा नेपाल केन्द्रीय समितिकाे आयाेजनामा सि जातीको अवधारणा बिषयक विचार गाेष्ठि कार्यक्रम मंगलबार  कमलादीस्थित प्रज्ञाप्रतिष्ठानकाे भवनमा सम्पन्न भयकाे हाे ।

कार्यक्रममा प्रमुख बक्ताकाे रुपमा बाेल्दै नेपाल  कम्युनिस्ट पार्टीका महासचिव विप्लव ले नेपाली समाजमा विद्यमान जातव्यवस्थाको समाधानका लागि नेपाल कम्युनिस्ट पार्टीद्वारा प्रस्तुत सी जातिको अवधारणा भनेको क्रान्ति , निकास ,नयाँ शुरुवात र एउटा उन्नत सभ्यता निर्माणको अभियान भएको बताए।

श्रमिक समुदाय मोर्चा नेपालद्वारा आयोजित बिचार गोस्टीलाई सम्बोधन गर्दै महासचिव विप्लवले – पछिल्ला ४ हजार बर्षको इतिहास जातिय संङ्घर्षकाे  इतिहास हो, यहाँ बर्ग संघर्षको इतिहासको कुरा गरेर मात्रै इतिहास अपुर्ण रहन्छ , भारतवर्षमा विभिन्न जातिहरु बिच संघर्षहरु हुँदै आएका छन , त्यसैले यसलाई निकास र हल दिन जरुरी रहेको बताए।

नेपालमा विद्यमान जातव्यवस्थाको समाधान गर्नेबारे विभिन्न दृष्टिकोण र मान्यता रहेको र हालसालै पुर्वमा चलिरहेको पहिचानको आन्दोलनतर्फ संकेत गर्दै महासचिव विप्लवले -आजको नेपालको राज्यसत्ता ३/४ सय जनाको कब्जामा भएको दलालहरुको सत्ता हो, यसलाई बदल्न पहिचानको आन्दोलन जरुरी छ तर पहिचानवादी भएर होइन, त्यसले मात्रै जातिय मुक्ति हुदैन।जातीय मुक्ति पुजीवादी संघियताबाट पनि सम्भव छैन त्यसको दिगो र प्रगतिशील समाधान समाजवादी संघियताबाट मात्र संभव रहेको उनले ठोकुवा गरे।

कार्यक्रममा नेकपा स्थायी समिति सदस्य सन्तोष बुढा , पुर्व राजदुत डा निर्मल बिश्वकर्मा, डा खगेन्द्र प्रसाई, लेखक तथा बिश्लेषकहरु तुला नारायण साह, कमला हेम्चुरी, सहप्राध्यापक अब्दुल खान, सह प्राध्यापक डा श्यामु थापा मगरले अवधारणा पत्रमाथि टिप्पणी गरेका थिए । बिचार गोष्टीमा बिक्रमले स्वागत मन्तव्य र निशानले कार्यक्रमको सञ्चालन गरेका थिए भने श्रमिक समुदाय मोर्चा नेपालका अध्यक्ष रामलालले अध्यक्षता गर्दैअवधारणा पत्र पेश गरेका थिए।