११ श्रावण २०८१, शनिबार

जुछे विचार श्रमजीवी जन्ताकाे महान विचार हाे : पुर्व सभामुख महरा

काठमाडौं । उत्तर काेरियालि नेता किम इल सुङकाे १११ओैँ शुभ जन्माेत्सव तथा अन्तर्राष्ट्रिय जुछे विचार प्रतिष्ठान स्थापनाकाे ४५ ओैँ वर्ष गाँठकाे अवसरमा नेपाल जुछे विचार प्रतिष्ठानले बुधबार काठमाडौंकाे भृकुटीमण्डपमा रहेकाे नेपाल पर्यटन वाेर्डकाे सभा हलमा जुछे विचार सम्बन्धि राष्ट्रिय गाेष्ठि कार्यक्रममा बाेल्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र का उपाध्यक्ष तथा पुर्व सभामुख कृष्ण बहादुर महराले जुछे विचार श्रमजीवी जन्ताकाे महान भयकाे कुरा ब्यक्त गरे ।

सिद्धान्त र ब्यवहारकाे तालमेल नहुनुले नेपाली राजनीति र अवस्था ओेझेलमा परेकाे बताय। महराले थप भने उत्तर काेरियाले छाेटाे समय भित्र महान बिचारकाे बिकाश र प्रयाेग गरेर  साम्राज्यवादी देशलाई चुनाैति दिईरहेकाे  उत्तर काेरिया एक बिशिस्ट महत्त्व बाेकेकाे समाजवादि मुलुक बन्न सफल भयकाले हामिले त्यस देश र त्यस देशका नेता बाट सिक्नु पर्ने कुरा ब्यक्त गरे। ईतिहासका निर्माता जन्ता हुन र सबै कुरा जन्तामा निर्भरता रहन्छ , जुछे विचार संसारभरका श्रमजिवि जन्ताकाे लागि निर्माण भयकाे महान विचार हाे र हामी पनि जुछे बिचारलाई अंगाल्दै सबैले मनन् गर्नु पर्ने कुरा ब्यक्त गरे ।

बिशिष्ट अतिथि नेकपा माले का महासचिव  सिपि मैनाली, नेपाल काेरियाका राजदुत जाे याेङ माङ, साम्राज्यवादी बिराेधि माेर्चा नेपाल का अध्यक्ष नरेन्द्र जंग पिटर , पुर्व मेयर सुवास काजि श्रेष्ठ , संघुन समितिका अध्यक्ष मणिक लामा ,  नेपाल काेरिया लेखक मंचका अध्यक्ष अशाेक सुवेदी ,नेपाल काेरिया मन्चका अध्यक्ष  चेतन कुवर ,समाजवादी पत्रकार सुदर्शन मंगाेल बसन्त श्रेष्ठले जुछे विचार का बिषयमा आआफ्नो धारणा राखेका थिय । र रश्मि श्रेष्ठले काेरियालि भाषामा सबैले जुछे बिचार अंगाल्नु पर्ने राष्ट्र भक्ति गित प्रस्तुत गरेकि थिईन ।कार्यक्रमकाे अध्यक्षता ,स्वागत मन्तब र परिपत्र प्रस्तुत  प्रतिष्ठानका अध्यक्ष नरेन्द्र खड्काले गरेका थिय ।