१९ फाल्गुन २०८०, शनिबार

मर्द मरेकाे रात : पबित्र राना ( बिनय)

लेखक : पबित्र राना ( बिनय )

 

प्रिय मर्द….!
भावबिहल छु आफै -आफैमा !!
बियोगी आत्माबाट निस्केका
स्मरणका उछालहरु,
तिम्रो उदायमान लक्ष्यको
पिंध पिंध सम्म पुगेर
सफल जिबनका पुर्ण नमुनाहरु,
यो सन्नाटाको बगरमा
फिजाउने प्रयत्न छु ।

असामानताले बजारियको
एउटा ख्याउटे बस्तीभित्र
उकुस मुकुस भएर जन्मियको
तिम्रो डाईनामेट बिचारले ,
सायद सेता घोडामा बिराजमान
हैकमी मान्छेहरुका बिरुद्ध
मुक्तिको रोडम्याप तयार गर्यो
र तमाम भोका मान्छेहरु,
एकाएक समर्पित भए
तिम्रो बटोमा …!

सामान्त र सुद्खोर लाई
च्वास्स च्वास्स पोलिरह्यो
आगो बोकेको तिम्रो झोलाले
रात निदाएको एक दिन,
आँखामा पट्टि बाँधेर घिसार्दै
पुर्यायो अँधेरी खोलाको खोंचमा
अपराध बोकेका बगरेहरुले
पड्कायो बन्दुक ड्याम्म -ड्याम्म !!

बगे हजारौ अभिलाषाहरु,
अँधेरी खोलाको रातो पानी संग
बिजय उत्सब मनाए,
उनै सेता ब्वासांका बथानहरुले
निरलज्ज बगरमा
डङरङग पल्टियो
तिम्रो पार्थिब शरीर !

पल्टेको छ उत्तानो
सिलाहरुमा लेखिएको भित्ते लेखन
अझै आसा पलाए झै देखिने
खाटा उप्केका तर चम्किला
उनैताका मरेका,
मर्दहरुका लामबद्द नाम
अब कसरी अंकुरित हुन्छ र
मर्द मरेपछि
बिलय तिर उन्मुख भए
अतृप्त सपनाका ताँतीहरु !!

निष्पट्ट रातबाट  उज्यालोमा कसरी चम्केलान र ती झरेका पातहरु /

प्रिय मर्द ! प्रिय मर्द रात !!!

लेखक :कवि राना गुलरिया ८ सुरजपुर बर्दियाका हुन ।