२३ भाद्र २०८१, आईतवार

गणतन्त्र नेपालका तेस्रो राष्टपतिमा : रामचन्द्र पाैडेल

काठमाडौं ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गणतन्त्र नेपालीको तेस्रो  राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

पौडेलले ३२ हजार ८०२ मतभार पाएर बिजयी भयका छन  । आफ्नै उम्मेदवार उठाएको नेकपा एमाले, तटस्थ बसेका राप्रपा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाहेक सबै दलले पौडेललाई मत दिएका छन् ।

सरकारको नेतृत्व गरेको माओवादी केन्द्रसहित ७ दलका नेताहरु पौडेलेको समर्थक ,प्रस्तावक बसेका थिए । अन्तिम समयमा प्रतिनिधिसभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि पौडेललाई नै मत दिएको छ ।

नेकपा एमालेका उपाध्यक्ष तथा राष्ट्र पतिका  उम्मेदवार सुवासचन्द्र नेम्वाङले भने आफ्नो दलको मात्र १५ हजार ५१८ मत मात्रै पाएर पराजित भयका छन ।प्रतिनिधि सभाको ४ मंसिरको चुनावपछि नयाँ सरकारको गृहकार्यमा लाग्दा एमालेले राप्रपा र रास्वपाका नेताहरुको साथ पाएको थियो।

यस चुनावमा एमालेका महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित एमाले सांसद लक्ष्मी कोइरी अनुपस्थित रहे।राप्रपाका प्रतिनिधि सभाका १४ र प्रदेश सभाका २८ सांसदले मतदानमा सहभागीता जनाएनन्। यस्तै नेपाल मजदूर किसान पार्टीले पनि चुनावमा भाग लिएन। उसको प्रतिनिधि सभामा १ र प्रदेश सभामा ३ सांसद छन्।

त्यही साथले १० पुसमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा ती सबै एउटै गठबन्धनमा उभिए।

तर, राष्ट्रपति चुनावमा भने एमाले एक्लै भएको छ। एमालेसँगको समझदारी तोड्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कांग्रेससँग मिलेपछि अन्य दलले साथ छाडेका थिए।