११ श्रावण २०८१, शनिबार

राष्ट्रिय यूवा संघ जाजरकोटको अध्यक्षमा मेरो उम्मेदवारी रहन्छ : अशाेक बहादुर सिंह

जाजरकोट । नेकपा एमाले निकट यूवा संगठन राष्ट्रिय यूवा संघ जाजरकोटको अध्यक्षमा कुशे गाउपालिकाका  यूवा नेता अशाेक बहादुर  सिंहले दावी गर्ने बताएका छन् । तुफान न्युज डटकम सँगको कुराकानीमा सिंहले आगामी चैत्र ४,५र ६ गते खलंगामा हुने अधिवेशनमा राष्ट्रिय यूवा संघ जाजरकोटको अध्यक्षमा आफ्नो दावी रहने बताएका हुन ।

२०६३ सालमा ९ कक्षामा पढ्दै गर्दा  नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू मान्ने ढुङ्गा माद्यामिक विद्यालय ईकाइ कमिटी बाट राजनीतिक यात्रा सुरु गरेका सिंह पछिल्लो समय यूवाहरुमा निकै लोकप्रिय मानिन्छन् । यूवा साथीहरुले यसपटक न्याय गर्ने र राष्ट्रिय यूवा संघको अध्यक्ष आफुलाई बनाउने विश्वास दिएको उनले  बताए ।

उनकाे  बाल्यकाल / पृष्ठभूमि 
जन्म २०४७/०४/२९ गतेका दिन कुशे गाउपालिका २ , साविक  टालेगाउँ गाविमा झारगाउमा  आमा कल्धरा सिहं र बुवा वीर बहादुर सिहंकाे साईलाे छाेराकाे रूपमा जन्म लिई मध्यम परिवारमा हुर्किदै बाल्यकाल ६/७ बर्षकाे उमेरमा भगवती प्रथामिक विध्यालयमा कक्षा १ मा भर्ना भई औपचारिक शिक्षा सुरूवात गरे, र बिद्यालय  जानु अगाडि विहान वेलुका मेला,पाखा, घाँस ,दाउरा, गाई बस्तु घरयासि काम काज गर्दै मान्ने ढुङ्गा माविवाट २०६५ सालमा कक्षा १० slc दिएर २०६६ असारमा slc  पास भई अनि उच्च शिक्षा पढ्न खलंगा जाजरकोट त्रिभुवन उच्च माविमा २०६६ साउनमा ११ कक्षामा भर्ना भई २०६८ सालमा आएड पास गरे अनि भेरी ज्ञानाेदय क्याम्पस  खलंगामा २०६९ सालमा विएड प्रथम बर्षमा भर्ना भई २०७२/०७३ सालमा तीन बर्ष विएड उतिर्ण गरी हालसम्म समाज सेवा तथा कम्युनिस्ट  राजनीतिमा आबद्ध छन  ।

उनकाे  हालसम्मको जिम्मेवारी :

अध्यक्ष : युवा संघ नेपाल टालेगाउँ  गाविस कमिटी जाजरकोट, युवा संघ नेपाल जिल्ला कमिटी जाजरकोट सदस्य भेरि ज्ञानाेदय क्याम्पस एकाई कमिटी सदस्य
कुशे २ जाजरकोट पार्टी वडा कमिटी सचिव कुशे गाउँ कमिटी सदस्य राष्ट्रिय युवा संघ नेपाल कुशे गाउँ कमिटी संयोजक राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी सदस्य कुशे २ वडा कमिटी पार्टी अध्यक्ष जाजरकोट राष्ट्रिय युवा संघ नेपाल कुशे गाउँ कमिटी सह-इन्चार्ज नेपाल कम्युनिस्ट पार्टी एमाले कुशे गाउँ कमिटी उपसचिव
जिफन्ट नेपाल जिल्ला कमिटी जाजरकोट सचिव ,२०७९ बैशाख ३० गते  दाेस्राे स्थानीय वडा  निर्वाचनमा वडा सदस्य उमेदवार । हाल राष्ट्रिय युवा संघ नेपाल  जाजरकोट जिल्ला आयोजक कमिटी सह -संयाेजककाे जिम्मेवार मा छन ।