२३ भाद्र २०८१, आईतवार

माओवादी आन्दोलनलाई धरासायी पार्न प्रचण्डमाथि मुद्दा लगाईएका हाे : कन्चन

काठमाडौँ ।  नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला कन्चनले गणतन्त्र नेपाल र पुरै माओवादी आन्दोलनलाई धरासायी पार्ने योजना अनुरुप प्रधानमन्त्री प्रचण्डमाथि मुद्दा लगाइएको बताएका छन् ।

बिहीबार राजधानीको संवाद डबलीमा पार्टीको केन्द्रीय प्रचार- प्रसार तथा प्रकाशन ब्युरोले आयोजना गरेकाे जनवादी क्रान्तिका अभियान्ता तथा  प्रकाशन ब्युराे का सदस्य राेहित र मानव प्रकृति संरक्षणकी अभियान्ता शारदा बिच प्रगतिशील वैवाहिक कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन ।

संयोजक कन्चनले  प्रचण्डमाथिको मुद्दा राजनीतिक भएको तर त्यसलाई व्यक्तिगत बनाई कानुनीरुपमा अगाडि ल्याएर पुरै माओवादी आन्दोलनलाई सखाप पार्ने कदमको विकास गर्न खोजेको आरोप लगाए । यस विषयमा सबै एकजुट भएर मुकाविला गर्नुपर्नेमा जोड दिए ।

माओवादी आन्दोलन निरन्तर प्रगतिको बाटोमा लम्किरहेकाे ले  त्यसलाई जसरी पनि रोक्नु प्रतिक्रियावादीहरुको लक्ष्य भएकाले षड्यन्त्र रच्ने काम भएको बताए ।

पछिल्लो विकसित घटनाका विरुद्ध मिल्नसक्ने जति सबै शक्तिहरु एकठाउँमा आउनु नै क्रान्तिकारिता हुने बताउँदै उनले भने,“प्रचण्डसँग हाम्रा आआफ्नै किसिमका विमति हुँदाहुँदै पनि हाम्रो धरातलमाथिको हमलालाई निस्तेज पार्न एकजुट हुनुको विकल्प छैन ।”

उक्त कार्यक्रममा नेकपा बहुमतका प्रवक्ता हेमन्त प्रकाश ओली सुदर्शन र  जनसाँस्कृतिक महासंघ का संयाेजक खेम थपलियाले  पनि जनवादी संस्कृतिबारे  आफ्नो धारणा राखेका थिए । कार्यक्रम काे संचालन अम्बिका चन्द (ओेलि) र सभापति अशाेक सुवेदीले गरेका थिए ।