६ आश्विन २०८१, आईतवार

Breaking News

कर्णालीकै नमुना बन्दै जुम्लाको चन्दन्नाथ सहकारी

कर्णालीकै नमुना बन्दै जुम्लाको चन्दन्नाथ सहकारी

Breaking News, अर्थवाणिज्य, शिक्षा, समाचार
गिता कुमारी शाही । ८ पुस जुम्ला । कर्णाली प्रदेश अन्तरगत जुम्ला जिल्लाकाे सदरमुकाम खलंगामा केन्द्रीय कार्यलय  रहेकाे चन्दन्नाथ बहुउद्देश्यीय  सहकारी संस्था लिमिटेड पछिल्लो समय कर्णाली प्रदेशकै नमुना सहकारीका रुपमा अघाडि बढेको छ । विशेष गरि माथिल्लो कर्णालीका  मुगु ,कालिकोट र जुम्लाका ग्रामीण भेगमा गएर त्यहाका महिलाहरुलाई आर्थिक श्राेतमा वृद्धि र उनिहरुलाई आत्मनिर्भर बनाउनका लागि शिपमुलक तालिम , जनचेतनामूलक कार्यक्रम हरु संचालन गर्दै आयकाे सहकारी संस्थाका ब्यवस्थापक ऋषिराम पाण्डेले जानकारी दिनु भयाे । सहकारीमा बीस हजार भन्दा बढि सदस्य रहेको र यसले कर्णाली , बागमती ,लुम्बिनी र गण्डकी  लगायतका ३८ जिल्लामा सेवा केन्द्र स्थापनाकाे स्वीकृत पायकाे सहकारी संस्थाका अध्यक्ष दुर्गा न्याैपानेले जानकारी दिनु भयाे । सहकारी काे जम्मा कर्जा रु १ अर्ब ५८ कराेड ८ लाख ७२ हजार ६ सय रहेकाे , कर्जा ...
पत्रकार महासंघकाे केन्द्रीय साधारण सभा   राष्ट्रपतिद्वारा  उद्घाटन

पत्रकार महासंघकाे केन्द्रीय साधारण सभा राष्ट्रपतिद्वारा उद्घाटन

Breaking News, समाचार, सुचना संचार
८ पुस, सुर्खेत । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सभाकाे उद्घाटन गरेकी गरेकी छिन् । साधारणसभामा नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवन बहादुर शाहीलगायतका नेताहरु सहभागी भएका छन्। कार्यक्रममा देशभरका ६ सय बढी पत्रकारहरु सहभागी भएका छन् ।महासंघको साधारण सभा दुई दिन चल्नेछ।...
तीन कम्युनिस्ट पार्टीले १३० ओैँ माओ दिवश भब्यरुपमा मनाउने

तीन कम्युनिस्ट पार्टीले १३० ओैँ माओ दिवश भब्यरुपमा मनाउने

Breaking News, मनाेरन्जन, राजनीति, राष्ट्रिय, समाचार
 ८ पुस काठमाडौँ : नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा मशालले यही पुस ११ गते १२ बजे काठमाडौँ जमलस्थित राष्ट्रिय नाचघरमा संयुक्त रूपमा १३० औँ माओ दिवस भव्यतापूर्वक मनाउने भएका छन् । नेकपा (बहुमत) को केन्द्रीय कार्यालयले दिएको जानकारीअनुसार तीनै पार्टीले काठमाडौँमा केन्द्रीय स्तरमा भव्य गोष्ठीसहित १३० औँ माओ दिवस मनाउन लागेका हुन् । तीनै पार्टीले काठमाडौँका साथै देशभर विभिन्न सिर्जनात्मक कार्यक्रमका साथ संयुक्त रूपमा माओ दिवस मनाउने निर्णय भएको छ । संयुक्त रूपमा १३० औँ माओ दिवस मनाउन नेकपा (बहुमत) का प्रवक्ता सुदर्शन, नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सीपी गजुरेल र नेकपा मशालका नेता चिन्तामणि पौडेलको नेतृत्व रहेको १३० औँ माओ दिवस आयोजक समिति गठन गरिएको छ । प्राप्त समाचारअनुसार तीन पार्टीले केन्द्रीय रूपमा काठमाडौँमा र स्थानीय स्तरमा देशैभर माओका योगदान, माओ...
जाजरकोटमा यस  बर्ष ३३ कराेड बराबरको सुन्तला उत्पादन

जाजरकोटमा यस बर्ष ३३ कराेड बराबरको सुन्तला उत्पादन

Breaking News, अर्थवाणिज्य, कृषि, समाचार
८ पुस, जाजरकोट । जाजरकोटमा यस वर्ष ३३ करोड रुपैयाँ भन्दा बढी सुन्तला उत्पादन भएको छ । गत वर्षको तुलनामा १६ प्रतिशत उत्पादन बढेको जिल्लामा ३३ करोड भन्दा बढीको सुन्तला उत्पादन भएको हो । पराम्परागत खेती प्रणालीलाई किसानहरुले बर्षेनी परिवर्तन गर्न थालेका छन् । धान, मकैं, गहुँ खेती जस्ता अन्न बाली उत्पादन गर्दै आएको जमिनमा किसानहरुले बर्षेनि व्यावसायिक सुन्तला खेतीको क्षेत्र विस्तार गर्न थालेका छन् । जसले गर्दा यो वर्ष ६ हजार ७५० मेट्रिक टन सुन्तला फलेको छ । सुन्तला उत्पादनको लागि यस वर्ष राम्रो सिजन भएको बताउदै प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यान्वयन इकाई जाजरकोटका निमित्त प्रमुख दिपेन्द्र पोखरेलले प्रत्येक वर्ष भइरहेको सुन्तला खेतीको क्षेत्र विस्तारले उत्पादन बढेको बताए । कुशे गाउँपालिकाका वडा नं. १ देखि ९ सम्म, भेरी नगरपालिका–१, २, ३, ४, ५, ६, ७ र १० नम्बर वडा, न...
माओवादी केन्द्र काे संसदीय दलकाे नेता  प्रचण्ड ,

माओवादी केन्द्र काे संसदीय दलकाे नेता प्रचण्ड ,

Breaking News, राजनीति, समाचार
७ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गर्ने भएको छ । पार्टी कार्यायल पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले उनलाई दलको नेता बनाउने निर्णय गरेको हो । यसलाई बिहीबार नै बस्ने संसदीय दलको बैठकले चयन गर्ने छ । प्रमुख सचेतक भने हितराज पाण्डे बन्ने भएका छन् । त्यस्तै बैठकले राष्ट्रियसभा संसदीय दलको नेतामा नारायणकाजी श्रेष्ठलाई चयन गर्ने निर्णय गरेको छ ।...
कुशे गाउपालिका जाजरकोटद्वारा भाडा निर्धारण :

कुशे गाउपालिका जाजरकोटद्वारा भाडा निर्धारण :

Breaking News, अर्थवाणिज्य, समाचार
जाजरकोट । जाजरकोट कुशे गाउपालिका थर्पु भार्मा  द्वारा भाडा निर्धारण गरियकाे छ । निमित्त प्रमुख प्रशासकिय अधिकृत कृष्ण बहादुर राेकाय  द्वारा हस्ताक्षरित सुचनापत्र अनुसार  खलंगा देखि कुशेका विभिन्न टाेेलकाे भाडा निर्धारण गरियकाे हाे । बिगत लामाे समय देखि कुशेवाँसी हरुले भाडाकाे बिषयमा सास्ती खेप्नुपरेको थियाे । खलंगा देखि कुशेका बिभिन्न गाउटाेलहरुमा पुग्न करिव १ हजार देखि ३ हजार सम्मा भाडा तिरेर जाेखिम पुर्ण यात्रा गर्नु परेकाे थियाे , माैसमि राेड गाउँ- गाउमा पुगेता पनि अझै सम्मा हिडेर खलंगा सम्मा आउनु पर्ने बाध्यता रहेकाे छ । भाडा निर्धारण गरे पछि अब सबैकाे मनमा खुसिकाे दियाे बल्ने त छ??  , तर जाेखिमपुर्ण यात्राले मनमा डर काे वास त रहिरहने छ । सुचना हेर्नुहाेस : ...
जिल्ला अस्पताल डाेल्पा द्वारा हाल सम्मा दिईएका सेवा सुबिधा हरु ।

जिल्ला अस्पताल डाेल्पा द्वारा हाल सम्मा दिईएका सेवा सुबिधा हरु ।

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार, स्वास्थ
 डोल्पा जिल्ला अस्पतालको वार्षिक उत्सब, यस वर्ष विविध कारणबस औपचारिक रुपमा केहि कार्यक्रम हरु नभएतापनि गएको आर्थिक वर्ष र यस साउन बाट मंसिर सम्म यस अस्पतालले दिएका सेवा हरुको बारेमा सानो जानकारि दिन गईरहेका छौँ ।                                                                          कुनै समय १ जना डाक्टर अनि थोरै संख्यामा र्नसिंग स्टाफ र पारामेडिक्स बाट सञ्चालन हुदै आईरहेको जिल्ला अस्पताल डोल्पाले विभिन्न उतार चढाब सहदै हाल २४ घण्टा सातै दिन एम.बि.बि.एस डाक्टर अनि एक जना गाईनोकोलोजिष्ट र अन्य नर्सिंग स्टाफ र पारामेडिक्स बाट जनतालाई सेवा दिदै आईरहेको कुरा सर्वविदितै छ । १५ शैयाको रुपमा सञ्चालन हुने अस्पतालमा समयक्रम र घटनाक्रम अनुसार सिमित स्रोत साधनको भरपुर उपयोग गर्दै २५ शैया सम्ममा बिरामि राखेर उपचार सेवा दिदै आएको कुरा पनि जानकारि गराउन चाहान्छौ ।                                  ...
जाजरकोमा राष्ट्रपति रनिङ्ग सिल्ड हुने ।

जाजरकोमा राष्ट्रपति रनिङ्ग सिल्ड हुने ।

Breaking News, खेल, राष्ट्रिय, शिक्षा, समाचार
जाजरकोट । जाजरकोट जिल्लाका ७ वटै स्थानिय तहमा राष्ट्रपति  रनिङ सिल्ड हुने भयकाे छ ।बुधबार जाजरकोट जिल्ला खेलकुद बिकास समितिले एक सुचना जारि गर्दै आगामी चैत देखि जेठ सम्ममा मा.वि. स्तरकाे बार्षिक परिक्षालाई मध्यनजर गर्दै रनिङ सिल्ड हुने जनाएकाे हाे । माघ महिनाकाे दाेश्राे साता सम्मा सबै  पालिकाहरुमा कार्यक्रम गरिसक्नु पर्ने र माघ अन्तिम साताबाट जिल्ला स्तरिय कार्यक्रमहरु संचालन गर्नु पर्ने सुचनामा उल्लेख गरियकाे छ । सुचना हेर्नुहाेस :...
चिनमा काेराेनाकाे नयाँ लहर फैँलदाे WHO द्वारा चिन्ता

चिनमा काेराेनाकाे नयाँ लहर फैँलदाे WHO द्वारा चिन्ता

Breaking News, अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ
७ पाैष , काठमाडौं । चीनमा कोरोना संक्रमणको नयाँ लहर फैलिंदै गएपछि विश्वभरबाट चिन्ता व्यक्त हुन थालेको छ । विश्व स्वास्थ्य संगठन( who)ले चीनको कोरोना लहरप्रति चासो व्यक्त गरेको छ । WHO इमरजेन्सी चिफ डाक्टर माइकल रायनले चिनियाँ अधिकारीहरुले बिरामीहरुको संख्या कम भने पनि अस्पतालका आईसीयू बेड भरिंदै जानु चिन्ताको विषय भएको बताएका छन् । जेनेभाको एक कार्यक्रममा उनले भनेका छन्, ‘निकै संक्रामक कोरोना भाइरसलाई सार्वजनिक स्वास्थ्य र सामाजिक नियमहरुबाट मात्रै रोक्न निकै मुस्किल छ । खोप अभियान यसबाट जोगिने उपाय हुनसक्छ ।’ चिनियाँ अधिकारीहरुले कोरोनाको पछिल्लो लहरका कारण मंगलबार ५ जना र सोमबार दुई जनाको मृत्यु भएको बताएका छन् । तर अहिलेको संक्रमणको प्रभावलाई हेर्दा यति थोरै संख्यामा शंका गर्न सकिने बीबीसीले जनाएको छ । बीबीसीका अनुसार चीनमा कोरोना महामारी बढेपछि राजधानी बेइजिङसहितका शहरहरुका अस...
प्राकृति श्राेतमा भयकाे दाेहन बिरुद्ध नेकपा बहुमत ललितपुरद्वारा  बिज्ञप्ति

प्राकृति श्राेतमा भयकाे दाेहन बिरुद्ध नेकपा बहुमत ललितपुरद्वारा बिज्ञप्ति

Breaking News, अर्थवाणिज्य, राजनीति, समाचार
ललितपुर । नेकपा बहुमत ललितपुरद्वारा गाेदावारि नगरपालिका लेले मा भयकाे अवैध ढंगले ढुंगा खानि संचालन गरि प्राकृतिक रुपमा दाेहन भईरहेकाे भन्दै प्रेस बिज्ञप्ति मार्फत बन्द गर्न आव्हान गरियकाे छ । लेलेलाई खानि  क्षेत्रमा घाेषणा गरिनुले ले त्यहाका केही सिमित ब्यवसायि  ब्यक्ति र नगरपालिकाकाे मिलेमतोमा भयकाेले आम लेले बासिकाे भबिष्यमा प्रश्नचिह्न खडा भयकाे ललितपुर जिल्ला इन्चार्ज कुमाल सिलवाल द्वारा जारि बिज्ञप्तिमा भनियकाे छ। बिज्ञप्ति हेर्नुहाेस : ...