११ श्रावण २०८१, शनिबार

संघिय शिक्षा ऐन संसदमा पठाउने निर्णय भयकाे छ : प्रधानमन्त्री दाहाल

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लामो समयदेखि रिक्त रहेकाे त्रिवि सेवा आयोगको अध्यक्ष पनि पर्सिसम्म नियुक्त हुने, र संघिय शिक्षा ऐन संसदमा पठाउने निर्णय भयकाे बताय ।समाजवादी विद्यार्थी मोर्चाले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा उनले पर्सि मन्त्रिपरिषदबाट पास गरेर यो ऐन संसदमा पठाउने बताए । उनले अगाडि भने, यसले शिक्षा क्षेत्रमा देखिएका थुप्रै कुरा सम्बोधन गर्ने तागत राख्छ ।’

प्रधानमन्त्री प्रचण्डले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन खोजी भइरहेको बताए । तत्कालीन नेकपा नेतृत्वको सरकार भएको बेला तयार भएको र पार्टीको बहुमत सदस्य यसलाई सार्वजनिक र कार्यान्वयन गर्न तयार भएपनि तत्कालीन प्रधानमन्त्री तयार नभएको उनले बताए ।

प्रचण्डले अगाडि भने, ‘उहाँले त्यसलाई तकियामुनि राख्नुभयो । अहिले त्यो हराएको छ ।’ आफू प्रधानमन्त्री भएपछि लगातार त्यसको खोजी गरिरहेको भएपनि हालसम्म  नभेटिएको बताय ।