११ श्रावण २०८१, शनिबार

मृतक रमेश सिंहकाे नाममा संकलित रकम उनका परिवारलाई हस्तान्तरण गरियाे

जाजरकोट । गत साउन ५ गते शुक्रबार भारतकाे हरिद्वार भन्ने ठाउमा  गुडिरहेको टृकले ठक्कर दियपछि च्यापेर घटनास्थलमै मृत्यु भयका कुशे गाउपालिका वडा न २ तल्ला डाेग्रि टाेलका रमेश सिंहकाे नाममा जम्मा भयकाे संकलित रकम उनकि आमालाई हस्तान्तरण गरियकाे छ।

विभिन्न ब्यक्ति र संघ संस्थाबाट सहयोग रकम रु ३,७९८९७ जम्मा भयकाे छ ।र जसमा नगत ३,२५६२४ संकलित रकम र २७३९०काे सामान सहित आज एक कार्यक्रम गरि मृतक सिंह कि आमालाई हस्तान्तरण गरियकाे छ । भने जम्मा २६,८८३ रुपैया आफन्त  माेहन बिक्रम सिंहकाे खातामा रहेकाे र  उक्त रकम पनि निकाशा गरि मृतक रमेश सिंह कि आमालाई दिने बताएको छ ।

मृतक रमेशकी आमा र साना भाइ बहिनी: 

मृतक रमेशका बुवा काे ६ बर्ष पहिले नजिकैकाे भिरमा लडेर मृत्यु भय पछि उनका घरमा आमा र साना भाइ बहिनि छन्। उनकि आमाले गाउमै मजदुरी गर्दै उनलाई ११ कक्षा सम्म पढाईन र रमेश ठुलाे भय पछि , बर्खा बिदा र घरमा आमा र साना- साना भाइ बहिनिलाई लत्ताकपडा र पढाइ खर्च जुटाउन कालापहाड हिडे र बाटाेमै उनकाे असामयिक निधन भयाे । उनकाे पार्थिव शरीर घर सम्मा ल्याउनका लागी भनेर उनका आफन्तले सहयाेगकाे अपिल गरे पछि समाजिक संजाल , माेवाईल बैंकिङ र प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयाेग गर्ने जम्मा ३३० जनाकाे नाम लिष्ट पनि सार्वजनिक र संकलित रकम हस्तान्तरण गरियकाे सामाजिक अभियान्ता अशाेक बहादुर सिंहले बताय ।

सहयाेगका लागि विशेष गरि लाेकेन्द्र सिंह , महेन्द्र बहादुर सिंह , सुशील सिंह, गंगा शाहि (शाह) ,रमेश शाही , सुवास सिंह , हरि बहादुर सिंह र किशाेर हमालकाे विशेष पहलमा याे रकम संकलन भयकाे र सहयाेग गर्ने सबैलाई धन्यवाद प्रकट गर्दै वडा अध्यक्ष मान बहादुर सिंह मार्फत उक्त रकम हस्तान्तरण गरियकाे थियाे ।