२३ भाद्र २०८१, आईतवार

क्रान्तिकारी युवा संगठन नेपालकाे संयाेजकमा हरिश भट्ट

काठमाडौं । माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे भातृ संगठन क्रान्तिकारी युवा संगठन नेपालकाे संयाेजकमा हरिष भट्ट चयन भयका छन ।काठमाडौंकाे नयाँ बसपार्क नजिकै रहेकाे तमु हलमा मंगलबार देखि बुधबार सम्म चलेकाे एकताको राष्ट्रिय भेलाले ८५ जना राष्ट्रिय अधिवेशन आयाेजक समिति सदस्यीय सहित हरिष भट्ट लाई संयाेजकमा चयन गरेकाे हाे ।

पुर्व क्रान्तिकारी माओवादी र नेकपा बहुमत पार्टी एकता भई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बने पछि दुई युवा संगठन :राष्ट्रिय युवा जन स्वयम् सेवक र क्रान्तिकारी युवा लिग नेपालकाे बिच राष्ट्रिय एकताको भेला गरि क्रान्तिकारी युवा संगठन नेपाल नामकरण गरियकाे छ।

भेलाबाट निर्वाचित कमिटिलाई बधाई दिदै पार्टीका कार्यालय सदस्य तथा युवा संगठनका फ्रयाक्सन इन्चार्ज उदयबहादुर चलाउने “दिपक”ले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुलाई लिएर युवाहरुलाई संघर्षमा उत्रन निर्देशन दिनु दिए ।
उनले दलाल संसदीय व्यवस्थाले गरेका जनघात, राष्ट्रघात, भ्रष्टाचार, सुदखाेर, मिटरब्याजी, माफियाहरुका विरुद्ध क्रान्तिकारी युवाहरुले सडकमा सशक्त उपस्थिति देखाउनु पर्ने, सडक संघर्ष चर्काउनुपर्ने आवश्यकता रहेकाे कुरा ब्यक्त गरे ।
नव निर्मित कमिटिकाे तर्फबाट प्रतिबद्धता मन्तव्य राख्दै क्रान्तिकारी युवा संगठन, नेपालका संयाेजक हरिश भट्टले पार्टी, क्रान्ति र आन्दाेलनले सुम्पिएकाे जिम्मेवारीमा आफू र सिंगाे संगठनलाई सशक्त रुपमा उतार्ने प्रतिबद्धता ब्यक्त गरु ।
एकताको राष्ट्रिय भेलाकाे उद्घाटन सत्रलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष माेहन वैद्य किरण, पार्टी प्रवक्ता धर्मेन्द्र बास्तोला, पार्टीका कार्यालय सदस्य तथा प्रदेश ३ का इन्चार्ज सुदर्शन, कार्यालय सदस्य तथा युवाका फ्र्याक्सन इन्चार्ज दिपक, कार्यालय सदस्य तथा प्रदेश ३ का संयोजक अटल पार्टी सचिवालय सदस्य समरजंग लगायतका नेताहरुले शुभकामना तथा वैचारिक राजनीतिक महत्वको प्रशिक्षणात्मक मन्तव्य राखेका थिय ।