११ श्रावण २०८१, शनिबार

क्रान्तिकारी युवा संगठन नेपालकाे राष्ट्रिय भेला काठमाडौं मा

काठमाडौं । क्रान्तिकारी युवा संगठन नेपालकाे एकताकाे राष्ट्रिय भेलाकाे उद्घाटन सत्र सम्पन्न भयकाे छ ।
मंगलबार काठमाडौं काे बालाजुस्थित नयाँ बसपार्क नजिकै रहेकाे तमुसमाजकाे सभाहलमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट , युवा संगठन क्रान्तिकारी युवा संगठन नेपालकाे एकताको भेला भयकाे हाे ।
माेहन वैद्य ( किरण ) नेतृत्वको क्रान्तिकारी (माओवादी) र धर्मेन्द्र बास्तोला ( कन्चन)ले नेतृत्व गरेकाे नेकपा बहुमत पार्टी बिच एकता भई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बने पछि उक्त पार्टीका युवा संगठन जनस्वयंम सेवक नेपाल र क्रान्तिकारी युवा लिग नेपाल दुई युवा संगठन बिच एकता भई क्रान्तिकारी युवा संगठन नेपाल नाम राखियकाे छ ।

पार्टीका अध्यक्ष माेहन वैद्य किरणकाे प्रमुख आतिथ्यतामा र विशेष अतिथि पार्टीका कार्यलय सदस्य तथा ३ न प्रदेश ईन्चार्ज हेमन्त प्रकाश ओलि ( सुदर्शन ) ,पार्टी कार्यलय सदस्य तथा युवा संगठन का फ्र्याक्सन ईन्चार्ज उदय बहादुर चलाउने दिपक,कार्यलय सदस्य , बसन्त , अटल , पार्टी सचिवालय सदस्य समरजंग , रक्तिम , लगायतका नेता तथा देशै भरिका युवा प्रतिनिधि हरुकाे सहभागीतामा भेलाकाे उद्घाटन सत्र सम्पन्न गरियकाे थियाे ।

नेपालको कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद झाँङ्गिएर गएको चर्चा गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य किरणले नेपालमा फेरि अर्को क्रान्तिको खाँचो रहेकाे  बताय। उनले भने, “त्यो क्रान्ति पूरा गर्ने दायित्व युवाहरूको हो ।”

हालै नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले मार्क्सवादको आधारभूत मान्यतामाथि गरेको हमलाप्रति इङ्गित गर्दै उनले भने, “मार्क्सवाद, लेनिनवाद, माओवाद भन्ने, दीर्घकालीन जनयुद्ध पनि भन्ने तर, हददर्जाको दक्षिणपन्थी अवसरवादी/संशोधनवादी चरित्र देखाउने । नेपालको कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद झाँगिएको छ । यसलाई चिरेर क्रान्तिकारी अगाडि बढ्नुपर्छ ।

अध्यक्ष किरणले देश, समाज र पार्टी बनाउने दायित्व युवाहरूको भएको भन्दै उनले आफूभित्रका अन्तरविरोध हल गर्दै नयाँ ढङ्गले क्रान्तिको तयारीमा लाग्न युवाहरूलाई निर्देशन दिए । सङ्ख्यामा थोरै भएपनि क्रान्तिकारी युवाहरूको भविष्य उज्वल रहेको पनि बताए ।

एकता भेलाको अध्यक्षता हरिश भट्ट, सञ्चालन तिलक अधिकारी र स्वागत अविनाश कुवँरले गरेका थिए ।