११ श्रावण २०८१, शनिबार

जाजरकोटमा १३ बर्षिया बालिका बलत्कृत, अभियुक्त फरार

जाजरकोट ।जाजरकोटमा एक जना बालिका बलात्कृत भएकी छन् । जिल्लाकाे कुशे गाउपालिका वडा न. ८ का बिजुली डाँडाका ३० वर्षीय दीपक रोकायले साेहि वडा कफल्ला टाेल बस्ने बर्ष १३ कि बालिका जानुका राेकायकाे घरमा कोही नभएको अवस्थामा रातिकाे १ बजे तिर झ्याल फाेडेर भित्र पसेर बलात्कार गरेको घटना सार्वजनिक भएको हो ।

बालिकाका बुवा गोठ गएको र आमा उपचारका लागि भारत रहेका बेला साउन ६ गते राति १ बजे बालिकामाथि बलात्कार भएको बालिकाका आफन्तले बताएका छन् ।बालिकाका आफन्तका अनुसार घटना मिलापत्रका लागि बालिकाको परिवारलाई चौतर्फी दबाब आइरहेको छ, घटना भयकाे दाेश्राे दिन सम्मा पनि पिडित बालिका न्याय खाेज्न जादा गाउकै केही मान्छेले हाेल्डमा राखेर फकाउने काेसिस गरेकाे बुझिएको छ । घटना भएको ३ दिनपछि प्रहरीले मुद्दा दर्ता गरे पनि घटनाबारे चासो नदेखाएको उनले गुनासो गरेका छन् ।

उनले भने, ‘सुरुमा घटना भएपछि बालिकाका बुवालाई बलात्कार गर्ने पुरुषको आमाले तिलहरी दिएर बिहे गर्ने आश्वासन दिइन् । बालिकाका बुवाले नमानेपछि ३ लाख जति पैसा लिएर पनि आएका थिए ।

सँगै बालिकालाई ई–कोन (आकस्मिक गर्भनिरोधक चक्की) खुवाउनु भनेको भिडियो पनि सार्वजिक भएको छ । ‘बालिकाका बुवालाई जिल्ला प्रहरी कार्यालयबाट फोन गरेर एक प्रहरीले डाक्टरले इकोन खुवाउनु भनेका छन्,’ भनिएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डिएसपी सन्तोष रोकाले बालिका बलात्कारको जाहेरी आएपछि दर्ता भएर घटनाबारे थप अनुसन्धान भइरहेको बताए । उनका अनुसार २ जनालाई पक्राउ पुर्जी पनि जारी भएको छ । उनीहरु अहिलेसम्म पक्राउ भने परेका छैनन् । प्रहरी खटिएर खोजी गरिरहेको उनले बताए ।

प्रहरीले ई-कोन खानु भनेको बारे भने आफूलाई जानकारी नभएको डिएसपी रोकाले बताए ।

गाउपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले भने म पालिका भन्दा बाहिर भयकाले  घटना बारे आफुलाई जानकारी नभयकाे र दाेसिलाई कानुनि कटघरामा ल्याउन सहयाेग गर्ने बतायका छन ।