११ श्रावण २०८१, शनिबार

“महागफाडी” टेलिभिजन रियालिटि शाे औपचारिक घोषणा, साेमबार देखि अडिसन हुने

काठमाडौं ।टेलिभिजन रियालिटी शो “महागफाडी”को औपचारिक घोषणा गरिएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच शोको घोषणा गरिएको हो । साउन १५ गतेबाट डिजिटल अडिसन सुरु हुने शोको प्रसारण शुभारम्भ असोज तेस्रो साताबाट गरिने छ ।

टेलिभिजन रियालिटी शो ‘महागफाडी’लाई नरेश नाथ योगीले निर्देशन गर्दैछन् । उनी सिनेमा लेखक, कोरियोग्राफर र फाइट डिरेक्टर समेत हुन् । उनी भन्छन्, ‘मनोरञ्जनका विविध विधामध्ये वाक कला पनि एक हो । जो अहिलेसम्म सही प्लेटफर्म नपाएर चुपचाप बसेका र बोलेर नै जीवनमा केही गर्छु भन्नेहरुका लागि महा गफाडी उपयोगी र नविन प्लेटर्फम सावित हुने बताउँछन् ।’

ढाकाटोपी फिल्मसको ब्यानरमा निर्माण हुने रियालिटी शोमा संसारभर रहेका नेपालीभाषा तथा नेपाली नागरिकले सहभागीता जनाउन सक्नेछन् । यो शोमा आफ्नो मातृभाषामा समेत अडिसन दिन मिल्ने सुविधा आयोजन कम्पनीले दिएको छ । तर प्राथमिकता भने नेपाली भाषा नै रहनेछ । निर्माण कम्पनिका अनुसार सहभागीले शोको सिजन अवधिभर आफ्नो ज्ञान, गफप्रतिको ध्यान र गफको विज्ञानका आधारमा आफूलाई ‘महागफाडी’को रुपमा प्रस्तुत गनुपर्ने छ ।

टेलिभिजन रियालिटी शो ’महागफाडी’को प्रोजेक्ट हेटमा दिपक आरजे, प्रोजेक्ट म्यानेजरमा समिर खरेल, क्रियटिभ हेजमा मनोज केसी, कन्टेन्ट राइटर तथा मेन्टर हेडमा सुमन कोइराला, डिओपी निश्चल पौडेल, आईटी हेडमा बोनिस श्रेष्ठ, स्टाइलिसमा जेनिशा निरौला र मेन्टर हेडमा प्रदीप चौधरी रहेका छन् ।