२०८३ असार ११, बिहीवार

Breaking News

अखिल (क्रान्तिकारी)का अध्यक्ष मिलन राई र कुशुम गुरुङ बिच प्रगतिशील बिवाहा सम्पन्न

अखिल (क्रान्तिकारी)का अध्यक्ष मिलन राई र कुशुम गुरुङ बिच प्रगतिशील बिवाहा सम्पन्न

Breaking News, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं :क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का अध्यक्ष मिलन राई र कुशुम गुरुङ बिच प्रगतिशील विवाह सम्पन भयकाे छ।पार्टीका अध्यक्ष मोहन वैद्य किरण लगायत शीर्षनेताहरू काे उपस्थितिमा अध्यक्ष राईले गाेरखाकि कुसुम गुरुङसँग प्रगतिशील विवाह गरेका हुन् । पुँजीवादी विवाहमा जस्तो कुनै तडकभडक नगरी सामान्य सयपत्री फूलको माला र अवीर एकअर्कामा साटासाट गरि मिलन राई र कुसुम गुरुङ वैवाहिक जीवनमा बाँधिएका हुन । शुक्रबार इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहलमा सम्पन्न भएको प्रगतिशील विवाह कार्यक्रममा पार्टी अध्यक्ष मोहन वैद्य किरण, पार्टीका कार्यालय सदस्यहरु सीपी गजुरेल, धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश ओली,उदय बहादुर चलाउने,गुणराज लाेहणि, इन्द्रमोहन सिग्देल, दिनेश शर्मा लगायतका नेताहरु वैवाहिक कार्यक्रममा सहभागी रहेका थिए। अध्यक्ष किरण लगायतका नेताहरुले प्रगतिश...
जाजरकोट भूकम्प : गम्भिर चेतावनी र नवनिर्माणको कार्यभार: “दिपक”

जाजरकोट भूकम्प : गम्भिर चेतावनी र नवनिर्माणको कार्यभार: “दिपक”

Breaking News, पुर्वाधार, विचार
गत कार्तिक १७ गतेको भूकम्पले क्षेतविक्षेत घरहरुको भग्नाववशेषमा फेरिएको जाजरकोटको पूर्वि क्षेत्र र पश्चिम रुकुमको पश्चिमी गाउँहरुमा पुग्ने जोकोहि मानिसहरुको मनमा एक प्रकारको प्रश्न उब्जिन्छ– यदि केहि मिनि सेकेण्ड मात्रै कम्पन बढेको भए ? मध्य रातको समय, ढुंगा र माटोका कमजोर घर, छितरिएको बस्ती, यातायातको असुविधा एउटा भयावह परिणामको कल्पनाले जिऊ सिरिङ्ग हुन्छ र मुटुको धड्कनले गति तिब्र बनाउन थाल्दछ । बाँचेका मानिसहरु ती सबै घरभित्रै थिए, जुन घर भूकम्पले चिरा पारेर जीर्ण बनाईदिएको छ । उनीहरु तब मात्रै घरबाट बाहिर निस्किए, जब कम्पन सुस्त भयो । उपर्युक्त स्थितिसँग तुलना गर्दा जे जति जन–धनको क्षति भयो, त्यो वास्तवमा न्यून हो ।२०७२ सालको भूकम्प पश्चात् पश्चिम नेपाल भूकम्पको उच्च जोखिममा रहेको बारे प्रसस्तै बहसहरु भएका थिए । आवासीय नवनिर्माणको गीत पनि प्रशस्तै गाइएको हो । तर, त्यो क्रमशः दिन, महिना ...
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागी दल दर्ताको समय आज सकिदै

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागी दल दर्ताको समय आज सकिदै

Breaking News, निर्वाचन, राष्ट्रिय, समाचार
काठमाडौं :निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ताका लागि दिएको समय आज सकिँदै छ ।संविधानको धारा २७१ बमोजिम निर्वाचनमा सहभागी हुन चाहने दलले आज कार्यालय समयभित्र दल दर्ता गरिसक्नु पर्ने आयोगले जनाएको हो । आयोगका अनुसार मंसिर २४ देखि २९ गतेसम्म दर्ता भएका दलले मात्रै राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन पाउनेछ । एमाले, माओवादी केन्द्र, राप्रपा, जनमत पार्टी र नेमकिपा, जसपा, लोकपा नाउपा लगायतका दलले दर्ताको निवेदन दिएका छन् । नेपाली कांंग्रेसले आज कार्यसम्पादन समिति बैठकपछि दल दर्ता गराउने तयारीमा छ ।...
शिक्षक सेवा आयाेगले निमावि तृतीय श्रेणी नेपाली बिषयकाे नतिजा सार्वजनिक गरेकाे छ

शिक्षक सेवा आयाेगले निमावि तृतीय श्रेणी नेपाली बिषयकाे नतिजा सार्वजनिक गरेकाे छ

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं :शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी नेपाली विषय शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । बिहिवार खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।आयोगले पहिलो चरणमा कोशी, मधेस र बागमती प्रदेशको नतिजा सार्वजनिक गरेको छ । गत वैशाख ९ र भदौ ९ गते लिइएको लिखित (सामान्य र विषयगत) परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।सार्वजनिक गरिएको नतिजा अनुसार कोशी प्रदेशमा खुला र आरक्षण गरेर २३ जनाको लागि विज्ञापन गरिएको थियो । जसमा ३५ जना पास भएका छन् । त्यस्तै मधेस प्रदेशमा १५ सिटका लागि विज्ञापन आह्वान गरिएको थियो । जसमा २६ जनाको नाम निकालिएको छ । बागमती प्रदेशमा २५ सिटका लागि विज्ञापन गरिएकोमा २१ जनाको नाम सार्वजनिक गरिएको छ ।अन्तर्वार्ताको लागि छनौटमा परेकाहरूको परीक्षा पुस २२ गतेका लागि तोकिएको छ ।...
जाजरकोटकि एक युवतीले सुर्खेत जिल्ला अदालत अगाडि आत्म हत्याको प्रयास गरिन्

जाजरकोटकि एक युवतीले सुर्खेत जिल्ला अदालत अगाडि आत्म हत्याको प्रयास गरिन्

Breaking News, मनाेरन्जन, संस्कृति, समाचार, स्वास्थ
सुर्खेत : जाजरकोटकि एक युवतीले सुर्खेत जिल्ला अदालत अगाडि बीस  सेवन गरि आत्महत्याको प्रयास गरेकि छिन । जाजरकोट जिल्ला जुनिचाँदे गाउपालिका वडा न- ९ कि  हाल बिरेन्द्रनगर नगरपालिका -७ सुर्खेतमा अध्यनकाे सिलसिलामा बस्दै आएकी सरा कुमारी शाहीले आफुले न्याय नपाएको भन्दै अदालत अगाडि बीस सेवन गरि आत्महत्या गर्न  खाेजेकि हुन ।सुर्खेत बसिरहेकाे अवस्थामा २०७९ साल मंसिरमा दार्चुला जिल्ला महाकाली नगरपालिका -५ का प्रहरी जवान भुपेन्द्र सिंह ठगुन्ना संग सामाजिक संजालबाट प्रेम सम्बन्ध जाेडियपछि , ललाई फकाई , शाहीलाई मन पराउछु , बिहे गर्छु भनी २०८० वैशाख २ गते सुर्खेत मै बसिरहेकाे डेरामा  पुगि युवतीको मन्जुरी वेगर करणि गरेकाे र तेहि दिन देखि शारीरिक तथा मानसिक यातना दिदै आइरहेकाे  र उता प्रहरी जवान ठगुन्नाका घर परिवारले पनि कतै उजुरी गरेमा ज्यान समेत लिने धम्की दिय पछि न्याय माग्न शाहीले  ज्यान बचाउन र जव...
जाजरकोट छेडागाडकाे चंखिलामा ईलाका प्रशासन कार्यलय स्थापना

जाजरकोट छेडागाडकाे चंखिलामा ईलाका प्रशासन कार्यलय स्थापना

Breaking News, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार
जाजरकोट: जाजरकोटकाे पश्चिम छेडागाड नगरपालिकाकाे चंखिलामा ईलाका प्रशासन कार्यलय स्थापना तथा उद्घाटन गरियकाे छ ।बुधबार एक औपचारिक कार्यक्रम गरि उक्त कार्यलय उद्घाटन गरियकाे हाे ।  इलाका प्रशासन कार्यालयको नेपाल सरकारका उर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले प्रशासनिक सेवा प्रारम्भ गर्ने मतदातालाई दिएको प्रतिबद्धता पूरा गरिएको बताय । निर्वाचनका बेलामा हुने राजनैतिक प्रतिस्पर्धा एक किसिमको भएपनि जनतालाई सेवा दिने र विकास गर्ने कुरामा सबै दलहरू एकताबद्ध भएर जानुपर्नेे बताए । ‘सबैलाई सँगै लिएर जानु मुलुकको आवश्यकता हो,’ उनले भने । यसअघि खलंगास्थित जिल्ला प्रशासन कार्यालयबाट प्रशासनिक सेवा लिइरहेका छेडागाड नगरपालिका,जुनीचाँदे, कुशे र शिवालय गाउँपालिका स्थानीले अब चंखिला बाटै सेवा लिन पाउने छन् । कुशे गाउँपालिका भित्...
दुई साँस्कृतिक महासंघ बिच एकता सम्पन्न

दुई साँस्कृतिक महासंघ बिच एकता सम्पन्न

Breaking News, राजनीति, संस्कृति, समाचार
काठमाडौं :अलग- अलग रहेका दुई साँस्कृतिक महासंघ- अखिल नेपाल जनसाँस्कृतिक महासंघ र अखिल नेपाल जनसाँस्कृतिक महासंघ बिच एकता भयकाे छ ।बुधबार काठमाडौंको घट्टेकुलाे स्थित इच्छुक साँस्कृतिक  प्रतिष्ठानको "चुनु शिल्पा कक्ष" हलमा भयकाे कार्यक्रममा दुई महासंघकाे एकता भेला गरि एउटै महासंघ बनाईयका हाे। माेहन वैद्य "किरण" नेतृत्वको  क्रान्तिकारी ( माओवादी ) र धर्मेन्द्र बास्ताेला "कन्चन" नेतृत्वको  नेकपा (बहुमत) काे गत वैशाख १८ गते पार्टी एकता भई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बने पछि अलग- अलग रहेका दुई साँस्कृतिक महासंघ अखिल नेपाल जनसाँस्कृतिक महासंघको एकता आज भयकाे हाे । कार्यक्रममा पार्टीका अध्यक्ष माेहन वैद्य "किरण" , केन्द्रीय कार्यलय सदस्य तथा ३ नम्बर प्रदेश इन्चार्ज : हेमन्त प्रकाश ओली "सुदर्शन" पार्टी कार्यलय सदस्य तथा अखिल नेपाल टृेड युनियन महासंघका संयाेजक: दिनेश शर्मा ( सागर ) महिला ...
राजनीतिक अस्थिरता, पश्चगामी कदमहरूका विरुद्धको सङ्घर्ष र अग्रगमनको आवश्यकता : धर्मेन्द्र बास्तोला

राजनीतिक अस्थिरता, पश्चगामी कदमहरूका विरुद्धको सङ्घर्ष र अग्रगमनको आवश्यकता : धर्मेन्द्र बास्तोला

Breaking News, राजनीति, विचार
भनिन्छ, ‘जब कोही अप्ठेरोमा पर्छ, त्यति बेला ऊ पछाडि फर्कन्छ ।’ हामी मार्क्सवादी–लेनिनवादी–माओवादी दर्शनको वैज्ञानिकता पछ्याउनेहरूले यो तथ्यलाई नेपाली समाजमा प्रयोगका रूपमा देख्न सक्छौँ । नेपाली राजनीतिमा केही सर्वसाधारण मानिसहरूको राजनीतिक मनोदशा त्यही हालतमा देखिन थालेको छ । हरेक मानिस आफ्नो समस्या र स्वार्थबाट जुर्मुराउँछ र ऊ सामूहिक समस्या र स्वार्थको केन्द्रमा पुग्छ । कम्युनिस्ट र अकम्युनिस्टबीचको भेद यही बिन्दुमा छुट्टिन पुग्छ– कम्युनिस्टहरू सामूहिक समस्या र स्वार्थलाई सामूहिक रूपमा, सङ्गठित भएर, निरन्तर सङ्घर्षको प्रक्रियाद्वारा निष्कर्षमा पुर्‍याउन सङ्घर्षरत हुन्छन्, गैह्कम्युनिस्टहरू अथवा पुँजीवादीहरू, निम्नपुँजीवादी विद्रोहीहरू, हेपिएका उत्पीडितहरू आफ्नो र केवल आफ्नो निश्चित स्वार्थका कारण उठ्छन् । जब त्यो सामूहिक स्वार्थको घेरामा प्रवेश गर्छ र शक्ति आर्जन गर्छ, तब त्यो साम...
अमेरिका बस्ने सिंहले भुकम्प पिडितलाई ८० हजार नगत सहयाेग

अमेरिका बस्ने सिंहले भुकम्प पिडितलाई ८० हजार नगत सहयाेग

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, समाचार
जाजरकोट :  कुशे गाउपालिका वडा न.- २ निवासी (हाल अमेरिका बस्ने)  सुरेन्द्र बहादुर सिंहले आफ्नाे  वडाका भुकम्प पिडितहरुलाई नगत ८० हजार रुपैया सहयाेग गरेका  छन । आईतवार उक्त रकम साेहि वडाका हरिचन्द्र जैसि र दिनेश सिंहले वडाकाे बर्खाले टाेलका पिडितलाई प्रति ब्यक्ति २/२ हजारकाे  बितरण गरेका हुन ।गत कार्तिक १७ गते जाजरकाेट जिल्लाको बारेकाेट गाउपालिकाकाे रामीडाँडामा केन्द्र बिन्दु भयर गएको बिनाशकारी भुकम्पले कुशे गाउपालिकामा पनि  पनि त ठुलो धन जनकाे क्षति भयकाे थियाे ।उक्त वडाका सबै घरहरु चर्कियर हाल सबै वडा बासिहरु परम्परागत गाेठ र पाल मुनि बसिरहेकाे अवस्था छ ।  वडाकाे (साविक) टालेगाउँ- ५ नम्बर वडा बर्खाले टाेलमा जनजाति हरुकाे बसाेबास रहेकाे छ । साेहि  वडालाई लक्षित गरि मनकारी सिंहले सहयाेग गरेका हुन् । याे विपत्तकाे घडिमा सहयाेग गर्ने सिंह लाई सबैले हृदयदेखि धन्यवाद र आभार प्रकट गरेका छन्...
धिताेपत्र बाेर्डले शेयर बजार प्रभावित पार्न खोज्नेहरूलाई कारबाही गर्ने

धिताेपत्र बाेर्डले शेयर बजार प्रभावित पार्न खोज्नेहरूलाई कारबाही गर्ने

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार
काठमाडौं :विभिन्न सञ्चारमाध्यम तथा फेसबुक, युट्युब, क्लबहाउसजस्ता सामाजिक सञ्जालमा शेयर बजारलाई प्रभावित पार्ने गतिविधि बढ्न थालेकोभन्दै नेपाल धितोपत्र बोर्डले त्यस्ताे कार्यमा संलग्नमाथि कारबाही गर्ने चेतावनी दिएकाे छ ।बोर्डका अनुसार कसैलाई धितोपत्र कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैंले वा अरूसँग मिली धितोपत्र किन्न वा बेच्न उत्साहित गराउने कार्य धितोपत्र सम्बन्धी ऐन, २०६३ ले बर्जित गरेको छ । साथै त्यस्ता कार्य गरेमा धितोपत्र कारोबार सम्बन्धी कसूर गरेको मानिने समेत बोर्डले जनाएको छ । “सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट टिकाटिप्पणी तथा सूचना सम्प्रेषण गरी निश्चित शेयरहरू खरिद तथा विक्री गर्न वा नगर्न अभिप्रेरित गर्ने वा बजारको स्वतन्त्र रूपमा सञ्चालन हुने व्यवस्थालाई प्रभाव पार्ने उद्देश्यले त्यस्तो कार्य नगर्न/नगराउन तथा त्यस्ता कार्यहरू अविलम्ब रोक्...